सभापति यादव र सांसद किराँतीबिच भनाभन
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा समिति सभापति राजकिशोर यादव र नेकपा (माओवादी केन्द्र)का सांसद भनाभन भएको छ ।
युवालाई साथ लिएर अघि बढ्नुपर्छ : सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवालाई साथमा लिएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
अमेरिकी सिनेटर बब मेनेन्डेजले राजीनामा दिने
अमेरिकी डेमोक्र्याटिक सिनेटर बब मेनेन्डेजले राजीनामा दिनुहुने भएको छ ।
सुनसरी जिल्ला अस्पतालमा बिहान ७ बजेबाटै ओपिडी सेवा
सुनसरी जिल्ला अस्पताल इनरुवाले साउन १ गतेबाट राति ८ बजेसम्म ओपिडी सेवा सुरु गरेको छ । जिल्ला अस्पतालमा बहिरङ्ग अर्थात् ओपिडी सेवा बिहान ७ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा ल्याएको अस्पतालका प्रशासन शाखा प्रमुख राजकुमार मेहताले जानकारी दिनुभयो ।
बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा रोपियो फलफूलका बिरुवा
गोरखाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणको लागि नगर क्षेत्र भित्रका सामुदायिक वन तथा खाली जमिनमा फलफूलका बिरुवा रोप्न सुरु गरेको छ ।
पञ्चमुलमा निःशुल्क भिडियो एक्स-रे सेवा
आँधीखोला गाउँपालिका–१ मा रहेको पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क भिडियो एक्स-रे सेवा सुरु गरिएको छ ।
फरार नक्कली परीक्षार्थी पक्राउ
लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थी आरोपी फरार रहेका एक व्यक्ति पक्राउ परेका छन् ।
सुदूरपश्चिममा बढ्दै डेङ्गु सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा डेङ्गुको सङ्क्रमण बढ्दैगएको छ । वर्षात्वसँगै डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार यो प्रदेशमा जनवरीदेखि हालसम्म १७१ जनालाई डेङ्गु सङ्क्रमण भइसकेको छ । जसमध्ये जुन महिनामा सबैभन्दा बढी ४६ जना डेङ्गुबाट ग्रसित भएका छन् ।
क्याप्टेन शाक्यको स्वास्थ्यमा क्रमिक सुधार
सौर्य एयर जहाज दुर्घटनामा घाइते हुनुभएका क्याप्टेन मनीष शाक्यको स्वास्थ्यमा सुधार आएको छ । सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचारत शाक्यको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिनुभयो ।
दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्छ : ऊर्जामन्त्री
उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुर्गमका जनतामा पुग्नेगरी वैकल्पिक ऊर्जालाई प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
खेलाडीको उपचारका लागि राहत रकम सङ्कलन
अस्पतालमा उपचाररत खोटाङका खेलाडीको लागि करिब ७ लाख आर्थिक सहयोग सङ्कलन भएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम बोहेम्माकी फुटबल खेलाडी रबिका राईको उपचारका लागि ६ लाख ९६ हजार सङ्कलन गरिएको हो ।
बङ्गलादेशमा निषेधाज्ञा आदेश खुकुलो पारियो
बङ्गलादेशमा बिहीबार राष्ट्रव्यापी निषेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको बिरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निशेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो ।
महिला क्रिकेट टोली फर्कियो
श्रीलङ्कामा भएको एसीसी महिला क्रिकेट प्रतियोगितामा भाग लिएर नेपाली टोली काठमाडौँ फर्किएको छ ।
दुर्घटनाबारे गहन अनुसन्धान हुन्छ : मन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे गहन अनुसन्धान हुने बताउनुभएको छ। बिहीबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा दु
आँधीबाट ताइवानमा बाढी, फिलिपिन्समा २२ को मृत्यु
ताइवानमा गेमी आँधी आएपछि तल्लो भेगमा बाढी आएको छ । आँधीका कारण पहिरोसमेत गएको छ । आँधीले घर र पसलमा क्षति पुगेको छ । आँधीले पश्चिमी प्रशान्त क्षेत्रलाई बगाएको छ । फिलिपिन्समा बाढी र पहिरोबाट २२ जनाको मृत्यु भएको छ ।
त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा
त्रिशूली अस्पतालले ‘सिटी स्क्यान’ सेवा सुरुआत गरेको छ । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा सिटी स्क्यान उपकरण जडान गरिएको त्रिशूली अस्पतालका निर्देशक डा राजेन्द्र लामाले जानकारी दिनुभयो ।
अस्ट्रेलियामा सडकमा मृत्यु हुनेको सङ्ख्या एक दशक यताकै उच्च
अस्ट्रेलियाको सडकमा मृत्यु हुनेको संख्या एक दशक यताकै उच्च स्तरमा पुगेको छ ।
फ्रान्सद्वारा साइबर जासुसीविरुद्ध कारबाहीको घोषणा
फ्रान्सले साइबर आक्रमणबाट समस्याग्रस्त कम्प्युटरहरू सफा गर्ने अभियान सुरु गरेको वरिष्ठ फ्रान्सेली अधिकारी लोरा बेक्आउले बताउनुभएको छ
रूसमा हेलिकप्टर दुर्घटना, चालक दलका सदस्यको मृत्यु
रूसमा एमआई–२८ सैन्य हेलिकप्टर दक्षिणपश्चिमी रूसको विकट पहाडी क्षेत्रमा दुर्घटना हुँदा चालक दलका सदस्यको मृत्यु भएको रूसी समाचार एजेन्सीले बिहीबार जनाएका छन् ।
म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र
पछिल्लो एक वर्षको अवधीमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक स्तरोन्नति गरेका हुन् ।
करिब सबै जिल्लामा डेंगु सङ्क्रमण, सबैभन्दा बढी काठमाडौँमा
देशभर ७३ जिल्लामा एक हजार ८२५ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ८२५ जनामा डेंगु पुष्टि भएको जानकारी आएको बताउनुभयो ।
सडक स्तरोन्नति सुरु भएसँगै कोदारवासी खुसी
भोजपुर नगरपालिका–७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो ।
बागमती प्रदेश सरकारद्वारा विमान दुर्घटनाप्रति दुःख व्यक्त
मुख्यमन्त्री बहादुरसिंह लामा तामाङको नेतृत्वमा नवगठित प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले विमान दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवाजनमा समवेदना प्रकट गर्ने निर्णय गरेको प्रदेश सरकारका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले जानकारी दिनुभयो ।
नेपालगन्ज नाकाबाट ७५ करोड बढीको जडीबुटी निकासी
नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/०८१ मा ७५ करोड भन्दा बढी मूल्यको जडीबुटी निकासी भएको छ । नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आर्थिक वर्षमा ७५ यो नाकाबाट करोडको जडीबुटी निकासी भएको हो।