माओवादी केन्द्रको परामर्श बैठक : सुदूरपश्चिमका ६३ नेताले दिए सुझाव
नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदशस्तरीय दुई दिने परामर्श बैठक बिहीबार सकिएको छ ।
हत्यारा पक्राउ नपर्दा थप पीडामा परिवार
गत ६ महिना यता बाँके जिल्लामा भएका हत्याका दुईवटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसक्दा पीडित परिवारले आफूहरू थप पीडित बनेको गुनासो गरेका छन्।
बाँके बस दुर्घटना : मृतक दुई जनाको सनाखत
बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा मृत्यु भएका दुई जनाको सनाखत भएको प्रहरीले जनाएको छ ।
एमाले सचिवालय बैठक सुरु
सत्तारुढ दल नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बेनी जोमसोम सडक अझै खुलेन
हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडक खण्ड अझै खुल्न सकेको छैन ।
नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएकोमा सांसद झाको आशङ्का
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले नेपाल एयरलाइन्सका सबै जहाज ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
होटलमा अखाद्य रङको बिगबिगी, छैन बजार अनुगमन
नवलपुर सदरमुकाम कावासोतीका विभिन्न होटल, रेष्टुरेन्ट र मिठाई पसलले अखाद्य रङsf] अत्यधिक प्रयोग गरेको उपभोक्ताले गुनासो गरेका छन्। विशेष गरी मासु र मिठाइका विभिन्न परिकारमा अत्याधिक अखाद्य रङ्गको प्रयोग गरिएको हो।
भैरहवामा दुई सय १० बोरा चिनी बरामद
भैरहवा भन्सार कार्यालयले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ । लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले बेथरीबाट भन्सार छली नेपाल भित्रिएको दुई सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिनुभयो ।
अपर म्याग्दीखोला–१ जलविद्युत आयोजनाको सुरुङ निर्माण सुरु
म्याग्दीको धवलागिरि गाउँपालिका ४ मा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दीखोला– १ जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ ।
हवाई सुरक्षाको नियम पालना नगर्दा धेरै दुर्घटना भयो : महानिर्देशक अधिकारी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई सुरक्षाको नियम पाइलटहरूले पालना नगर्दा धेरै हवाई दुर्घटना भएको बताउनुभएको छ ।
डढुवा गाउँ पहिरोको उच्च जोखिममा
धनकुटाको साँगुरीगढी गाउँपालिका सात डढुवा गाउँका फुलमाया राईको घरै नजिकै सुख्खा पहिरो झरिरहेको छ । पहिरो घरभन्दा करिब ५० मिटर पर छ । पहिरोकै कारण घरसँगै जोडिएको घडेरी झरेर करिब १० मिटर तल पुगेको छ ।
प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सुझाव
प्रतिनिधि सभा सदस्यहरूले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरूले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो ।
गुजरातमा मनसुनी बाढीका कारण २८ जनाको मृत्यु
भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनीसमेत दिएको छ ।
उद्योगमन्त्री भण्डारीद्वारा मन्त्रालयको सुधार कार्ययोजना तयार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयको सुधार कार्ययोजना तयार गर्नुभएको छ ।
खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन्छौँ : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिने बताउनुभएको छ ।
म्याग्दीमा तीन सय झोलुङ्गे पुल निर्माण
हिमाली जिल्ला म्याग्दीमा रहेका साना ठुला खोला तर्नका लागि झण्डै तीन सय झोलुङ्गे पुल निर्माण भएका छन् ।
सबै पाठ्यक्रमलाई परिमार्जन गर्छौँ : मन्त्री भट्टराई
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नेगरी अगाडि बढेको बताउनुभएको छ ।
राष्ट्रिय सभा बैठक सुरु
बिहीबार दिउँसो सवा १ बजेबाट सुरु भएको बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०८०/८१ सभा समक्ष पेस गर्नुहुने कार्यसूची रहेको छ ।
अवरुद्ध विद्युत सेवा सुचारु
इस्मा गाउँपालिकामा तीन दिनदेखि अवरुद्ध रहेको विद्युत सेवा आजबाट सुचारु भएको छ ।
देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको हो : मन्त्री राणा
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्याउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
अनियन्त्रित भएर बस पल्टिँदा दुई जनाको मृत्यु, २७ घाइते
बाँकेको कोहलपुर–नेपालगन्ज सडकखण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदा दुई जना यात्रुको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार दिउँसोबाट सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगको २३ औं वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० पेश गर्नुहुने कार्यसूची रहेको छ ।
क्षमता अनुसार भण्डारण नहुँदा सङ्कटमा शीतभण्डार
विसं. २०७७ फागुनदेखि सुदूरपश्चिम मोहन्याल कृषी तथा पशुपालन व्यवसाय प्रालिले सञ्चालनमा ल्याएको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा रहेको शीतभण्डार क्षमता अनुसारको कृषी उपज भण्डारण नभएपछि सञ्चालनमा समस्या आएको छ ।
पहिरोले विद्युतका पोल ढाल्दा आठ सय घरधुरी अन्धकारमा
पर्वतको जलजला गाउँपालिका ७ स्थित केराबारीको पहिरोले विद्युतको पोल ढल्दा आठ सय घरधुरीमा दुई दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार खसेको पहिरोले प्रसारण लाइनको तीन वटा पोल र तारमा क्षति पुर्याएको थियो ।