९९ वन्यजन्तुको उद्धार
डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष ०८०/०८१ मा जिल्लाका विभिन्न स्थानबाट विभिन्न प्रजातिका ९९ वटा वन्यजन्तुको उद्धार गरेको छ ।
बिपी स्मृति दिवस पारेर ‘मिलन मन्त्र’ सार्वजनिक
स्याङ्जाका युवा साहित्यकार मिलन समीरको नयाँ कृति ‘मिलन मन्त्र’ विमोचन गरिएको छ । वैकल्पिक बाटो पृथक पाइलाअन्तर्गत ‘समीर साँझ २०८१’ अर्थात् एकल मुक्तक वाचन का अवसरमा मिलनमन्त्र विमोचन तथा विमर्श गरिएको हो ।
भ्रष्टाचार गर्दैनौं, सहँदैनौं र कसैलाई गर्न दिँदैनौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नगर्ने, नसहने र कसैलाई भ्रष्टाचार गर्न नदिने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभामा विश्वासको मत माग्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान यो सरकार बनेको हो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा आशा र उत्साहको सञ्चार गराई देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान वर्तमान सरकार बनेको बताउनुभएको छ।
मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु
शुक्रबार राती भएको सवारी दुर्घटनामा घाइते भएकी महिलाको आइतबार बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं. २, आँपटारीस्थित बाइपास सडकमा विशोलचोकबाट आँपटारी तर्फ गइरहेको मोटरसाइकलको ठक्करबाट ४२ वर्षीय सुष्मा श्रेष्ठ गम्भीर घाइते हुनुभएको थियो ।
‘ज्येष्ठ नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य लिनुपर्ने व्यवस्था हटाउनुपर्छ’
सत्तारुढ नेकपा (एमाले)मा सांसद रघुजी पन्तले ज्येष्ठ नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने व्यवस्था हटाउन सरकारसँग माग गर्नुभएको छ ।
उपसभामुख रानालाई पदबाट राजीनामा दिन माग
सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिनु माग गर्नुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले राजीनामा माग गर्नुभएको हो ।
महिला एसिया कप : दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै नेपाल
एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा आइतबार नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको डम्बुला स्टेडियममा नेपाल र पाकिस्तानको खेल साँझ ७ः१५ बजे सुरु हुँदैछ।
‘बिपी कोइराला साहित्यकार, ‘साइकोलोजिस्ट’ सबैमा योग्य’
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिपी कोइरालाको स्मरण गर्नुहुँदै उहाँ साहित्यकार, ‘साइकोलोजिस्ट’ सबै कुरामा योग्य रहनुभएको बताउनुभएको छ ।
सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री पौडेल
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेण्टका लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताउनुभएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेस संसदीय दलको निर्णय
कांग्रेस संसदीय दलको आज बसेको बैठकले सो निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्नु हुनेछ ।
बङ्गलादेशबाट ५७ जना विद्यार्थी काठमाडौँ फर्किए
बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् ।
१६ सयभन्दा बढीमा डेंगु पुष्टि
देशभर एक हजार ६५७ मा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रअन्तर्गका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले हालसम्म ७३ जिल्लाबाट एक हजार ६५७ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
मातृशक्तिले गरे विष्णुसहस्रनामको पाठ
एक जना बालिकाको संस्कृत शिक्षाको प्रश्नले एउटा अभियानको थालनी गरेको छ । त्यही अभियान अन्तर्गत सञ्चालन भएको घर–घरमा गुरुकुल शिक्षाबाट घरमा नै बसेर संस्कृत अध्ययन गरेको १०८ मातृशक्तिले शनिबार १०८ आवृत्ति विष्णुसहस्रनाम स्तोत्र एक स्वर र लयमा पाठ गरेका हुन् ।
आषाढ पूर्णिमाका अवसरमा भारतीय दूतावासद्वारा कार्यक्रम
यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागिता जनाएका थिए ।
सिमलताल पहिरो : बेपत्ता यात्रुको खोजीमा दुई सय सुरक्षाकर्मी खटिए
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् ।
बङ्गलादेशमा रोजगारीको कोटासम्बन्धी नियमबारे आइतबार अदालतले फैसला सुनाउने
बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर गरिएको अपिलबारे आइतबार सुनुवाइ गर्ने भएको छ । प्रहरी र विश्वविद्यालयका विद्यार्थीबिच देशव्यापी झडप हुँदा १५१ जनाको मृत्यु भएको छ ।
युसएआइडीको नेपाल निर्देशकमा क्याटी नियुक्त
नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको अमेरिकी सहयोग नियोग युएसएआइडीको नेपाल मिसन निर्देशकमा क्याटी डोनोहोइ नियुक्त हुनुभएको छ ।
पुस्तक समीक्षाः ‘रुद्रघण्टी’ ले सर्वत्र छोएको व्यङ्ग्य
दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य क्षेत्रका सबैले जान्दछन् । हास्यव्यङ्ग्यात्मक लेखनमा रुसका निकोलस गोगल्स, चेखभ आदि लोकप्रिय छन् ।
बिपी दिवसका अवसरमा छात्रालाई स्टेसनरी सामग्री वितरण
सदरमुकाम सिमकोटस्थित महिला छात्रावासमा बस्दै आउनुभएका छात्राहरुलाई स्टेसनरी वितरण गरेर बिपी स्मृति दिवस मनाइएको छ । हिमाली जिल्ला हुम्लामा ४२ औं बिपी स्मृति दिवस मनाउने क्रममा सो स्टेस्नरी सामग्री वितरण गरिएको हो ।
प्रभावकारी रुपमा प्रतिपक्षी भूमिका निर्वाह गर्ने माओवादी केन्द्रको निर्णय
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सङ्घीय संसदमा सशक्त रुपमा प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले जनसरोकारका विषयमा प्रभावकारी ढङ्गले आफ्ना विषय राख्ने निर्णयसमेत गरेको हो ।
ब्युटिपार्लर एसोसिएसन अध्यक्षमा केसी
गण्डकी प्रदेशका व्युटिपार्लर एसोसियसनको अध्यक्षमा बबिता केसी कार्की निर्वाचित हुनुभएको छ । गण्डकी प्रदेशको कास्कीमा भएको भेलाले उहाँलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले प्रस्ताव गर्नुहुने विश्वासको मतको विपक्ष मतदान गर्ने निर्णय गरेको हो ।
त्रिपालले ढाकियो जाजरकोट दरबार
ऐतिहासिक जाजरकोट दरबारलाई मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । गत कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।