• १८ पुस २०८१, बिहिबार

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

blog

लीलाधर वली
घोराही, भदौ २६ गते ।
लुम्बिनी प्रदेश सभा बैठक आज बस्दै छ । बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । आज बस्ने बैठक चौंथो अधिवेशनको २९ औं बैठक हो ।

बैठकमा प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने, स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नेलयातका सम्भावित कार्यसूची तय भएको लुम्बिनी प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिनुभयो ।

यस अघिको बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेश भएको थियो । प्रतिवेदनसहितको विधेयक पास गर्ने तयारी गरिएपनि  विधेयक पुनः प्रदेश मामिला तथा कानुन समितिमा पठाइएको थियो ।

प्रदेश सभाबाट पास हुनुपर्ने तर अझैसम्म सदनले पास नगर्दा कर्मचारीको वृत्तिविकासमा असर परेको भन्दै कर्मचारीले पास गर्न माग गर्दै आएका छन् । प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको संशोधन प्रस्ताव बैठकमा लैजाने तयारी गरेको छ ।