सरकारविरुद्धको रिट संवैधानिक इजलासमा सुनुवाइ हुने
सर्वोच्च अदालतले वर्तमान सरकार गठन गर्दा संविधानको गलत धारा प्रयोग भएको उल्लेख गर्दै दायर गरिएको रिट निवेदन संवैधानिक इजलासमा पठाउने आदेश गरेको छ ।
पत्रकारितामा आकर्षण र निरन्तरताका लागि दुर्घटना बिमा
रुकुमपश्चिमका क्रियाशील पत्रकारहरूको दुर्घटना बिमा गरिएको छ । नेपाल पत्रकार महासङ्घ रुकुमपश्चिमले महासङ्घका साधारण सदस्यहरू र जिल्लामा क्रियाशील सदस्यहरूको दुर्घटना बिमा गरेको हो ।
संविधानको पुनः लेखन, संशोधन, परिमार्जन आवश्यक : अध्यक्ष यादव
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानको पुनः लेखन, संशोधन, परिमार्जन आवश्यक रहेको बताउनुभएको छ ।
राजनीतिक स्थिरताका लागि नयाँ सरकार बनेको हो : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन भएको बताउनुभएको छ ।
नयाँ सरकार गठन नभएसम्म जम्कट्टेलले नै कार्यसञ्चालन गर्ने
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामापछि अर्को सरकार नबन्दासम्म जम्मकट्टेलले नै मन्त्रिपरिषद्को कार्यसञ्चालन गर्नुहुने भएको छ ।
बंगलादेशबाट नेपाली फिर्ता ल्याउने वातावरण बनाउन कांग्रेसको आग्रह
नेपाली कांग्रेसले बंगलादेशमा भइरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी र नागरिक प्रभावित भएको भन्दै आवश्यक प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ ।
बङ्गलादेश : आरक्षणसम्बन्धी आदेश ‘गैरकानुनी’ ठहर
बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ ।
लुम्बिनीमा आठौँ वर्षावास सुरु
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आठौँ वर्षावास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । राजनीतिक बौद्ध विहारले आइतबार आयोजना गरेको कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर म्मले शिला वाचन गरी वर्षावासको सुरुवात गर्नुभएको हो ।
लुम्बिनीका मुख्यमन्त्री महराद्वारा राजीनामा
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिनुभएको छ । आइतबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्रीलाई माओवादीको प्रश्न विवादित प्रकरण के हुन्छन् ?
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति, कार्यक्रम र बजेट विपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको छ।
प्रधानमन्त्रीमा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउन आदेश
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति विवादको रिट संवैधानिक इजलासमा पठाउने आदेश दिएको छ । आइतबार सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सो रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।
वर्तमान गठबन्धन विकल्प खोज्ने प्रवृत्तिको उपज हो : एमाले सचिव विष्ट
नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताउनुभएको छ ।
एक हजार आठसय खाद्य नमुनाको विश्लेषण
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गत आर्थिक वर्ष २०८०–८१ मा एक हजार ८०२ खाद्य तथा दानाको नमूना विश्लेषण गरेको छ ।
उद्योग मन्त्रालयको समग्र सुधारका लागि १० दिने सुझाव सङ्कलन अभियान सुरु
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन आजदेखि सुझाव सङ्कलन गर्न १० दिने छलफल अभियान थाल्नुभएको छ ।
गणतन्त्र र समावेशिता सुदृढ हुनेगरी संविधान संशोधन हुन्छ : सभापति देउवा
सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलबिच संवाद र सहमति गरेर अघि बढ्ने कुरामा आफूहरू स्पष्ट रहेको बताउनुभएको छ।
राजघाट आयुर्वेद अस्पताल ४१ वर्षपछि नयाँ भवनमा
मोरङको उर्लाबारी–८ स्थित राजघाट आयुर्वेद औषधालय आइतबार नयाँ भवनमा सरेको छ ।
मल–बीउ किसानले समयमा पाउने : कृषिमन्त्री अधिकारी
अब किसानले समयमा नै मल र बीऊ पाउने कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले बताउनुभएको छ । किसानले सहजै मल पाउने वातावरण नबनेसम्म कृषिमा विकास नहुने नवनियुक्तमन्त्री अधिकारीको भनाइ छ ।
करेन्ट लागेर महिलाको मृत्यु
जिल्लाको पुतलीबजार नगरपालिका–५ चौरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बोइलर कुखुराको फार्म सफा गर्ने क्रममा करेन्ट लाागेर घाइने हुनुभएको ३१ वर्षीया शुशिला कार्की घाइते हुनुभएको थियो ।
राहदानी बनाउनेको सङ्ख्या घट्यो
ताप्लेजुङमा राहदानी (इ–पासपोर्ट) बनाउनेको सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०८०/०८१मा ताप्लेजुङमा राहदानी बनाउनेको सङ्ख्या घछेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
भ्रष्टाचारको छानबिन गर्ने प्रधानमन्त्रीको दृढता (पूर्णपाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गरी दोषीउपर कारबाही गरिने बताउनुभएको छ।
साइबरसम्बन्धी अपराध प्रकरणमा फसेका १४ भारतीय नागरिकको उद्धार
कम्बोडिया अधिकारीसँगको सहकार्यमा भारतीय दूतावासले साइबर अपराध प्रकरणमा फसेका १४ जना भारतीय नागरिकको उद्धार गरेको छ र उनीहरू चाँडै घर फर्कने भारतीय दूतावासले एक विज्ञप्तिमा जनाएको छ ।
शिक्षाको खस्किँदो नतिजालाई सुधार गर्नुपर्नेमा जोड
पछिल्लो समयमा खस्किँदै गएको शिक्षाको नतिजा सुधार गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् ।
‘लोकतन्त्रका लागि गोलीको चोट सहनुपरेको’ ट्रम्पको भनाइ
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगनको एक र्यालीमा आफूमाथि भएको घातक आक्रमणलाई उद्धृत गर्दै आफूले ‘लोकतन्त्रका लागि गोली खाएको’ बताउनुभएको छ ।
मुख्यमन्त्री सिंहद्वारा छड्के निरीक्षण
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकु्मार सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित प्रदेशका विभिन्न मन्त्रालयमा छड्के निरीक्षण गर्नुभएको छ ।