• ११ मंसिर २०८१, मङ्गलबार

लुम्बिनी प्रदेशका वन मन्त्रीको राजीनामा स्वीकृत

blog

बादशाह कुर्मी ।

लुम्बिनी,  भदौ २६ गते । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले आफ्नो पदबाट दिनुभएको राजीनामा आज मुख्यमन्त्री चेतनारायण आचार्यले स्वीकृत गर्नुभएको छ ।

बाँके क्षेत्र नं ३ प्रदेश सभा (ख) बाट नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य कुर्मी गत साउन ९ गते लुम्बिनी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको थियो । मन्त्रीमा नियुक्त भएदेखि नै उहाँको बारेमा मानव अधिकारकर्मीले विरोध गर्दै आएका थिए । आफूमाथि लागेको आरोपबारे छानबिन गर्न मार्ग प्रशस्त गर्न उहाँले मन्त्री पदबाट राजीनामा दिनुभएको हो । रासस

यो पनि पढ्नुहोस

लुम्बिनी प्रदेशका विवादित वन मन्त्रीद्वारा राजीनामा