एसईई नतिजा : २२ हजार ४७५ विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको छ। प्रकाशित नतिजा अनुसार ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५ छ।
पूर्वपश्चिम रेलमार्ग : आगामी वर्ष विगतका ठेक्काकै काम गरिने
पूर्व–पश्चिम विद्युतीय रेलमार्गमा आगामी वर्ष गत वर्ष सुरु भएको ठेक्काका बाँकी काम गरिने भएको छ । वि.सं. २०७१ वा त्योभन्दा पछि सुरु भएका ठेक्का नै सम्पन्न हुन बाँकी रहकाले तिनकै काम गरिने रेल विभागले जनाएको छ ।
गुडिरहेको बसमा करेन्ट लाग्दा तीनजनाको मृत्यु
सल्यानमा गुडिरहेको यात्रुबाहक बसमा करेन्ट प्रवाह हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको छ । राप्ती लोकमार्गअन्तर्गत दाङ सल्यान सडकखण्डको कपुरकोट–३ चोरखोला नजिक लत्रिएको विद्युत तारले रा १ ख ८३४ नम्बरको बसलाई छुदा करेन्ट प्रवाह भएको थियो ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनु पर्दैन : सत्ता गठबन्धन
सत्ता गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिनुभएको अभिव्यक्तिका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको छ ।
यसरी पनि बजाइयो घण्टाघरको घडीमा बाह्र
देशको एक पुरातात्विक धरोहर घण्टाघर । झण्डै एक सय ३० वर्ष पहिले वीर शमशेरको पालामा स्थापना भएको घण्टाघर समयसँगै निकै जिर्ण अवस्थामा छ । नेपालमा त्यो बेलादेखि एक मात्र समय सूचक बनेर जिउँदो इतिहासको रुपमा संघीय राजधानीको मुटुमा ठिङ्ग उभिएको छ ।
एसइईको नतिजा आज साँझ वा भोलिसम्म आउने
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ ।
मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
मनसुनी वायुको प्रभावले आज (बुधबार) देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।
‘नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बच्यो’
संयुक्त अधिराज्य(बेलायत)को संसदको तल्लो सदन हाउस अफ कमन्सका सभामुख सर लिन्ड्से होयलले नेपालप्रति आफ्नो गहिरो प्रेम रहेको बताउनुहुँदै नेपाली चिकित्सकका कारण आफ्नो ज्यान बचेको बताउनुभयो ।
त्रिविमा अस्तव्यस्त शैक्षिक पात्रो : परीक्षा हुनै डेढ वर्ष, नतिजा अन्योलमा
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का स्नातक तह दोस्रो वर्षका विद्यार्थीको पढाइ सकिएको छ महिना बितिसक्दा पनि परीक्षा तालिका सार्वजनिक भएको छैन । ती विद्यार्थीको २०७८ साल चैतदेखि पढाइ सुरु भएको थियो । शैक्षिक पात्रो (क्यालेन्डर) नियमित भइदिएको भए ती विद्यार्थीले अहिले तेस्रो वर्षको पनि करिब आधा पढाइसकेका हुन्थे । तर १५ महिना बित्दा पनि दोस्रो वर्षकै परीक्षा दिन नपाउँदा उनीहरू निकै तनावमा छन् । कलङ्कीस्थित एड्मार्क कलेजमा अध्ययनरत अविन महर्जनले भन्नुभयो, “पढेको जति सबै बिर्सिसक्यौँ । अब के पढ्ने, कसरी परीक्षा दिने भन्ने चिन्ताले सताएको छ ।” ती विद्यार्थीको ठाउँमा अहिले स्नातकमै दोस्रो व