• १७ फागुन २०८१, शनिबार

कावागुची जसले राणालाई दिएका थिए अर्ती

blog

जापानसँग नेपालको समन्ध जुगौँ पुरानो छ । इतिहासको उषाकालमा नेपालमा जन्मेका बुद्धको विचार छैटौँ शताब्दीको प्रारम्भताका नै जापान पुगेको हो । बुद्ध ज्ञानले नै जापानी सभ्यतामा चार चाँद जोडिएको हो । त्यसबखत अन्तिम संस्कार अन्योलग्रस्त थियो । बौद्ध परम्पराको आधारमा मृत्यु संस्कार गर्न थालियो । जापान नेपालबिच भाषा संस्कृतिका धेरै कुरामा समानता छ । पूर्वीय दर्शन र संस्कृति जगेर्ना गर्दै आधुनिकतामा अग्रणी रहेको जापानबाट सिक्ने कुरा नेपालका लागि धेरै नै छन् । 

नेपाल ज्ञानभूमि भएकै कारण जापानी अन्वेषक, विद्वान् बौद्ध भिक्षु नेपाल आए । जापानको साकाईमा जन्मेका यी कावागुची सन् १८९० मा बौद्ध जेन धर्मावलम्बी भिक्षु बने । यी आँटिला भिक्षु मौलिक संस्कृत र तिब्बती पाठ्यसामग्रीको खोजीमा तिब्बत दुई पटक र यसै व्रmममा नेपाल चार पटक आएका थिए । यी भिक्षु सन् १९३५ मा पुरोहित तहमा ख्याति कमाइसकेका थिए । यी ताइसो विश्वविद्यालयमा पढाउने गर्थे । सन् १९९९ मा नेपाल आएका भिक्षु नै नेपाल आउने र हिमाल छिचोल्ने पहिलो जापानी हुन् । उनले तिब्बत भ्रमणको पुस्तक सन् १९०४ मा प्रकाशित गरेका थिए, जुन अङ्ग्रेजीमा सन् १९०९ मा निस्केको थियो । नेपालीमा पनि कावागुचीको ‘नेपाल बसाइ’ पुस्तक २०४६ सालमा प्रकाशित भएको छ ।  

जापानी भिक्षुले सन् १९९७ मा नै यात्रारम्भ गरेका थिए । उनी जनवरी २६ सन् १९९९ मा तिब्बत छिचोल्ने व्रmममा नेपाल आएका हुन् । उनी नेपालमा सन् १९९९ मा पहिलो पटक नेपाल आएका थिए । यो जापान–नेपालको पहिलो जनस्तरको सम्बन्धले १२५ औँ वर्ष पार गरेको छ सन् २०२५ मा । 

नेपाल–जापानबिच कूटनीतिक सम्बन्ध चाहिँ सन् १९५६ मा भएको हो । यसको श्रेय जापानका एज्राबुरो निसिबोरी र नेपालका कृष्णबहादुर वर्मालाई दिइन्छ, जसले प्रारम्भिक सम्बन्ध पर्वतारोहण र खेलकुदका माध्यमबाट अगाडि बढाएका थिए । जापानी भिक्षु इकाइ कावागुचीले चार पटक नेपाल यात्रा गरी नेपालबाट धेरै ज्ञान बटुलेको बुझिन्छ । उनले जापानमा नेपाललाई चिनाए । यिनले चार पटक नेपालको यात्रा गर्दा नेपालबाट तिब्बत पसेका थिए । यिनले त्यसबखत नेपालबाट धेरै ज्ञानवर्धक सामग्री पनि लगे ।

नेपाल आउने ज्ञात जापानीमा भिक्षु इकाइ कावागुची प्रथम थिए । त्यसबखतको नेपाल यात्रा कम कठिन थिएन । कावागुची तेस्रो पटक सन् १९०५ मा नेपाल आउँदा जापानी बौद्ध ग्रन्थ नेपालका लागि उपहार ल्याएका थिए । भिक्षु इकाइ कावागुचीले बौद्ध ज्ञानको ग्रन्थ त्रिपिटकको थुप्रै ग्रन्थ नेपाललाई प्रदान गरेका हुन् । श्री ३ महाराजले नेपालमा भएको पाण्डुलिपि, धार्मिक ग्रन्थ उनका लागि सङ्कलन गर्न कर्मचारी नै खटाएका थिए । सङ्कलित बौद्ध ग्रन्थ उनलाई उपहार नै दिएका थिए । उनी आफैँले पनि थुप्रै सङ्कलन गरेका थिए । उनले नेपालबाट ४१ ग्रन्थ, मूल्यवान् पाण्डुलिपि, थान्का, चित्रहरू, धार्मिक लेखोट र विविध धार्मिक कार्यका भाडावर्तन सामग्री आदि गरी नेपालबाट दुई सयभन्दा बढी सामग्री जापान लगे ।

बुद्ध जन्मस्थल भएकाले उनी नेपाल मन पराउँथे । त्यसबेलाको कठिन परिस्थितिमा पनि उनी पटक पटक नेपाल आएका थिए । राणाकालमा आएका यी भिक्षुले नेपालको राम्रो अध्ययन गरेका थिए । त्यसताका नेपालमा चन्द्रशमशेरको शासन थियो । नेपालबाट फर्केपछि उनले चन्द्रशमशेरलाई स्मृतिपत्र (मेमोरान्डम) पठाए । उनले तेस्रो भ्रमणअघि चन्द्रशमशेरलाई लामो पत्र लेखेका थिए । यो स्मृतिपत्र नेपाललाई धेरै माया गरेर आफूले देखे अनुसार विकासको सूत्र सुझावका रूपमा प्रस्तुत गरेका थिए । अङ्गेजी भाषामा सुन्दर अक्षरमा २८ पृष्ठ लामो हस्तलिपिमा लेखिएका यी सुझाव प्रत्येक पृष्ठ १४ हरफमा प्रस्तुत गरिएको छ । उनले यसमा नेपालको विकाससम्बद्ध धेरै कुरा व्यक्त गरेका छन् ।

यो लेखोटको शिरमा शान्ति र गौरव लेखी तल २२ अक्टोबर १९०५ लेखिएको छ । चिठीमा महामहिम महाराजा होली ल्यान्ड अफ नेपालका शासक भनी ‘सर म यो पत्रमा हाम्रो कुराकानीको सन्दर्भमै केही सुझाव माफ माग्दै प्रेषित गरेको छुु’ लेखेका छन् । उनले नेपालमा सात वर्ष बिताएको कुरा गरेका छन् । नेपाल र जापानबिचका धेरै समानता रहेको र बुद्ध प्रादुर्भाव भएको नेपालले हामी (जापानी) लाई प्रकाश पठाएको भन्दै प्रशंसा गरेका छन् । आफूलाई नेपालले पारेको प्रभाव देश र जनतामा व्यक्त नगरी बस्न नसकेको भन्दै नेपालको गौरव केवल सुन्दर दृश्य र हावापानी मात्र नभएर यो देशको इतिहास र परम्परा पनि हो । मुहार, बौद्धिकता, उद्योग, आज्ञाकारिता र जनताको बहादुरी पनि जापानसँग मिलेको उल्लेखसाथ राष्ट्रिय सुधारका सुझाव पेस गरेका छन् । यस्ता कुराले भविष्यप्रति आशा जगाएको छ । हामी एसियावासी उनले युरोपको तहमा जाने उद्देश्यका लागि सङ्क्षेपमा नेपालको राष्ट्रिय सुधार र प्रगतिका लागि केही रूपरेखा प्रस्तुत गरेका छन । 

पहिलोमा उनले शिक्षाको महìव देखाउँदै यसले देशको माया जगाउने र जनसमुदायको सोच परिवर्तन गर्न सक्छ भनेका छन् । शिक्षितलाई कामका लागि सामान्य ज्ञान हुने कुरा पनि भनेका छन् । सभ्यता विकास देशलाई बलियो बनाउन सकिने, जनताको सुख उन्नयन हुने कुरा पनि गरेका छन् । कलेजमा तालिम लिएपछि कुशल इन्जिनियर वा सैन्य अधिकृत वा कूटनीतिज्ञ बन्दछन् । शिक्षा आफ्नै भाषामा अनुभवी शिक्षकबाट दिनु पर्छ, जापानी यसमा सेवा गर्न खुसी हुने छन् । औषधी उपचार, सैन्यतर्फ, इन्जिनियरिङ, कृषि कानुन र राजनीतिक अर्थशास्त्रमा जापान सघाउन सक्छ भनिएको छ । यो विचार ठिक नलागे केही मान्छे छानेर शिक्षा सिक्न जापान पठाउन सकिन्छ भन्ने कुरा पनि इङ्गित गरेका छन् । देशमा घटीमा पाँच वर्षभित्र पाँच सय स्कुल स्थापना हुनु पर्छ । कृषि, वनस्पति र अरू विज्ञान पढाउन सकिन्छ । प्राविधिक तालिमलाई पनि उनले सम्झाएका छन् । उनको शिक्षासम्बन्धी सोचपूर्व नै नेपालबाट सन् १९०२ मा आठ नेपाली विद्यार्थी नेपाल सरकारकै खर्चमा जापान पठाइएको थियो । उनीहरूले प्राविधिक व्यावसायिक ज्ञान हासिल गरी फर्केपछि नेपालमा आफ्नो सिप प्रयोग गरेका थिए । दोस्रोमा उनले उद्योगमा जोड गरेका थिए । नेपालमा त्यसताका तेजारथ थियो । उनले बैङ्कको कुरा पनि गरेका छन् । व्यापारमा जनअभिरुचि बढाउने पनि सुझाएका छन् । हिमाली क्षेत्रमा खानी खोल्ने, यातायातमा बिजुली प्रयोग गर्ने, वानस्पतिक बगैँचा खोली फलफूल खेती गर्ने र यस्ता काममा जनतालाई प्रोत्साहन गर्ने कुरा पनि उनले गरेका छन् । देशको तागत भनेको जनताको सम्पत्तिमा निर्भर हुन्छ । उनले धेरै थरी उद्योगमा जनतालाई संलग्न गराउन बाटो देखाएका छन् ।

जनतालाई खेती र व्यापारमा लगाउँदा फाइदा हुने कुरा उनले भनेका छन् । जनतालाई जमिन दिएर खेती सिकाउने गर्दा उत्पादन हुन थालेपछि उनीहरू त्यो पेसा गर्दै रहने कुरा उनले सुझाएका छन् । सरकारी नियुक्ति कतिन्जेल धान्ने ? भन्दै उनले खेती पेसालाई बढाउन जोड गरेका छन् । राणा प्रधानमन्त्रीलाई राम्रो विधि हुँदाहँुदै आफू पछि दाजुभाइमा पालो जाने विधि किन अपनाएको ? भनेर ठाडै भनेका छन् । चाकरी व्यवस्थामा पनि उनले आफ्नो नकारात्मक दृष्टि राखेका छन् । राणाले सेना देशभरि नराखेर किन आफ्नै वरिपरि राखेकामा प्रश्न उठाएका छन् । परिवारवाद नै सरकारी हुनुपर्ने कामको असफलताको कारण देखाएका छन् ।

अन्त्यतिर उनले सेनाका कुरा गरेका छन् । स्रोत अनुसार ज्यादै ठुलो, आधुनिक सेना र हतियारको कुरा गर्दा अपाङ्ग जस्तो हुनेहुँदा तालिम प्राप्त हुँदा राम्रो भनेका छन् । उनले आर्थिक विकासमा जोड दिएका छन् । जापानी भिक्षुले इमानदारीपूर्वक आफूले देखेको राजनीतिक कुरा पनि त्यसबखतको कडा राणाशासनमा पनि निर्भयपूर्वक राखेका छन् ।    

उनको राम्रो सल्लाहमा राष्ट्रिय भावना जगाएर देशलाई माया गर्ने साधन अपनाउन सल्लाह दिएका छन् ।

इकाइ कावागुचीले देशलाई दरो बनाउने, उत्तराधिकारीको निरन्तरता पक्की बनाउने, सेना मिलाउने, अधिकृत, शासक र शासितबिच उपस्थिति जनाउने, जनतालाई शिक्षा र तालिम, राष्ट्रिय भावना र राष्ट्रप्रेम, व्यापार र उद्योग विकास, श्रम विभाजन र आफ्नो मान्छेको कर्तव्य, हतियार निर्माण, बाटो र टेलिग्राफले देश खुलाउने, सेना पुनर्संरचना र समयको सदुपयोग आदि राम्रैसँग सम्झाउने प्रयास गरेको बुझिन्छ । उनले देशको विषयमा समय दिन पनि सजग गराएका छन् । देशप्रति अन्याय नगर्न पनि खुलेर आफ्नो भावना व्यक्त गरेका छन् ।

इकाइ कावागुची चार पटक नेपाल पसे । उनले नेपालको अध्ययन गरेरै नेपालको मायाले तत्कालीन राणाशासकलाई धेरै कुरामा सल्लाह दिएर लामो चिठी लेखे । विदेशीले नेपाली शासकलाई दिएको चोखो विचार मननयोग्य छ । उनको स्मृतिका पत्र नेपालको हितमा नै रहेको छ । यत्तिका वर्षपछि पनि कतिपय कुरा कामयाबी नै देखिन्छ । वास्तवमा जापानलाई वैभवमा पुराउने त्यहाँको शिक्षा र राष्ट्रप्रेम नै हो । जापानको उपलब्धिको रहस्यमा प्रश्न गर्दा उनले शिक्षा र राष्ट्रप्रेम विकासको मूल भन्ने आशय व्यक्त गरेका थिए । यिनले भनेका शिक्षामा प्रजातन्त्रीकरण, जनताको आर्थिक संलग्नता र राजनीतिक चाप्लुसी निर्मूल गर्ने आदि सुझाव निरङ्कुश शासक चन्द्रशमशेरले अपनाएनन् । राणाशासनले नेपाललाई महारोग ‘चाकडी’ सिकाए । जुन पछि भ्रष्टाचारमा झाँगियो । योग्यताको कदर हुन सकेन । त्यसबेला उनको मार्गदर्शनलाई केही महìव दिएको भए नेपालको विकासमा बल पुग्ने थियो । चन्द्रशमशेरका आफ्नै ज्वाइँ जयपृथ्वीबहादुर सिंहको मानवतावादी सुधारलाई लत्याउने एकतन्त्री शासकबाट एसियाकै भलो हुने महान् चिन्तक जापानी विद्वान् भिक्षुको अनुभवजन्य दृष्टि स्मृतिलाई त्यसबेला अपनाएको देखिएन । तापनि जापानी भिक्षुको विचार कालजयी नै देखिएकाले मनन गर्नु उचित देखिन्छ । आजको सन्दर्भमा पनि शिक्षा र राष्ट्रप्रेम देश विकासका लागि मूलमन्त्र नै हुन सक्ने देखिएको छ ।                

उनले अन्त्यमा ‘महामहिम म यहाँको आज्ञाकारी सेवक जापानी धर्मगुरु पुरोहित इकाइ कावागुची’ लेखेका छन् ।

Author

प्राडा रामकुमार पाँडे