शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, असार ९ गते । असारको सुरुवातसँगै देशभरका किसानहरू रोपाइमा व्यस्त हुन थालेका छन् । ललितपुरको खोकनामा पनि रोपाइको चटारो छ, यहाँका किसानहरू बिहानै देखि धान रोपाइ गर्न व्यस्त देखिन्छन् ।
खोकनाका किसान कृष्णलाल महर्जनका अनुसार पानी राम्रोसँग नपरेकाले रोपाइ ढिलाइ भएको बताउनुभयो । गत वर्षको तुलनामा खोकनामा पानीको कुलो क्षति भएका कारण रोपाइमा ढिलाइ र आकाशे पानीको भर पर्नु परेको उहाँको भनाई छ ।















मनोजरत्न शाही
उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।