संविधान सबैको सहमतिमै संशोधन हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन सबैको सहमतिमा हुने विश्वास दिलाउनुभएको छ।
अबुँवा-बिर्दि-सेरा-पौबाटार सडक अवरुद्ध
गोरखाको पालुङटार नगरपालिका र गोरखा नगरपालिका सिमानामा पहिरो जाँदा अबुँवा-बिर्दि-सेरा-पौबाटार सडक खण्ड अवरुद्ध भएको छ ।
प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेता हुनुहुन्थ्यो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसको बौद्धिक दार्शनिक नेताको रूपमा रहनुभएका प्रदीप गिरी देशकै लागि प्रेरक र मार्गनिर्देशक नेताका रूपमा सदा रहिरहने बताउनुभएको छ ।
सुक्खा पहिरोले त्रासमै बित्छ दिन
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ बाँसखर्कबाट अप्रत्याशित रूपमा आइतबार रातिबाट सुक्खा पहिरो खसेपछि तिपेनीबजार र इन्द्रावती नदी तटीय क्षेत्रका बासिन्दा त्रासमा छन् ।
अभिभावक पढ्दै, विद्यार्थी घरको काम सिक्दै
इलामको रोङ गाउँपालिका-३ की विष्णुकुमारी गुरुङ उमेरले ६५ वर्ष पुग्नुभयो । विष्णुमाया ६५ वर्षको उमेरमा कापी र कलम बोकेर विद्यालय जानुहुन्छ ।
भैँसेपाटीमा निर्माणाधीन मन्त्री आवास दसैँसम्म सम्पन्न गरिने
सङ्घीय सरकारअन्तर्गतका मन्त्रीलाई उपलब्ध गराउने उद्देश्यले ललितपुर–१८ भैँसेपाटीमा निर्माणाधीन भवन अन्तिम चरणमा पुगेको छ । भवन निर्माणअन्तर्गत पहिलो चरणको काम सकिएको छ भने दोस्रो चरणको केही काम बाँकी छ ।
दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दक्षिण एसियामा देखापरिरहेको जलवायु परिवर्तनको असर लगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपायहरु सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गर्नुभएको छ ।
सुनको मूल्य तोलामा ११ सयले घट्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य बिहीबार तोलामा रु. एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजार रुपियाँमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय रुपियाँ निर्धारण भएको छ ।
डुबानबाट कैलालीका विभिन्न बस्ती प्रभावित
दुई दिनदेखिको वर्षासँगै नदी तथा खोलामा आएको बाढी बस्तीमा पसेपछि भएको डुबानको समस्याले कैलाली जिल्लामा पाँच सय घरपरिवार प्रभावित भएका छन् ।
चम्पादेवी ककनी मन्दिर पहिरोले बगायो
अविरल वर्षासँगै आएको पहिरोले ओखलढुङ्गा जिल्लाको प्रसिद्ध धार्मिक स्थल चम्पादेवी ककनीको मन्दिर बगाएको छ । चम्पादेवी र सुनकोशी गाउँपालिकाको सिमानामा रहेको प्रसिद्ध धार्मिकस्थल चम्पादेवीको मन्दिर पहिरोले बगाएको हो ।
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो ७.७७ प्रतिशत ब्याजदरमा निजी गाडी कर्जा योजना
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नजिकिँदै गरेको नेपालीहरुको महान चाडपर्व उत्सव योजनाअन्तर्गत ७.७७ प्रतिशत स्थिर ब्याजदरमा निजी सवारी (रातो प्लेट) प्रयोजनको लागि चाडपर्व विशेषमा गाडी कर्जा योजना ल्याएको छ ।
हुम्ला जिप दुर्घटना : एक घाइतेको उपचारका क्रममा मृत्यु
बुधबार हुम्लाको चङ्खेलीमा भएको जिप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ ।
मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा
गोरखामा अविरल वर्षाका कारण पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल घ्याम्पेसाल सडक एकतर्फी सञ्चालनमा आएको छ ।
अस्ट्रेलियाद्वारा विश्वको ‘सबैभन्दा ठुलो’ सौर्य केन्द्रलाई स्वीकृति
अस्ट्रेलियाले ‘विश्वको सबैभन्दा ठुलो सौर्य क्षेत्र’ का रूपमा चिनिएको सौर्य तथा बेट्री फर्मको परियोजनालाई अनुमति दिएको छ । उक्त परियोजनाले सिङ्गापुरलाई ऊर्जा निर्यात गर्नेछ ।
बलम्बुमा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज
चन्द्रागिरि नगरपालिका –१२ स्थित बलम्बु विद्यालय नजिक एक घरको आँगनमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
चिकित्सकको पीडा
सबैभन्दा आकर्षक पेसा मानिँदै आएको चिकित्सा क्षेत्रमा समेत काम पाउन कठिन भएको छ । लाखौँ रुपियाँ र बर्सौंको मेहनत खर्च गरेर चिकित्सक बनेकाहरू नै बेरोजगार हुनु भनेको शैक्षिक बेरोजगारी दर उच्च हुनु हो । कतिसम्म भने एमबिबिएस उत्तीर्ण मात्र नभएर काठमाडौँ उपत्यकामा विशेषज्ञ चिकित्सकसमेत चाहे जस्तो रोजगारी नपाएर निजी अस्पतालमा न्यून सेवासुविधामा काम गर्न बाध्य बनेका छन् । स्वास्थ्य सेवाका अन्य क्षेत्र नर्सिङ, प्याथोलोजी, फार्मेसी तथा पारामेडिक्समा रोजगारी पा
सार्वजनिक नीतिको गतिशीलता
सार्वजनिक नीतिको क्षेत्र बृहत् र व्यापक हुन्छ । बृहत् र व्यापक यस अर्थमा कि सार्वजनिक सेवा प्रवाह, सुशासन, समृद्धि, पारदर्शिता, लगानी अभिवृद्धि, शान्ति सुरक्षा र विधिको शासन सार्वजनिक नीतिभित्र पर्छन् । यसै गरी अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन, समानता र समता, उत्पादन र वितरण, विकास र पूर्वाधार निर्माण, नियमन र नियन्त्रणलगायत राज्य र आम नागरिकको हितसँग जोडिएका विषय यही नीतिका हाँगाबिँगा हुन् । यसैलाई मध्यनजर गर्दै सार्वजनिक प्रशासन तथा नीतिको वि
तीव्र विकासका सर्त
विकास बहुआयामिक र निरन्तरको प्रक्रिया हो । सामाजिक गतिशीलता, नागरिक चेतना, असल राजनीतिक संस्कार र न्यायोचित वितरणसहितको आर्थिक वृद्धि, वातावरणीय संरक्षणसहितको सन्तुलनको अवस्था, सांस्कृतिक विविधताबिचको एकता तथा सांस्कृतिक सम्मिलन, मानव अधिकारको प्रवर्धन र संरक्षण एवं मानव विकासको उम्दा अवस्था नै समष्टिमा विकास हो । विकासको साध्य र साधन दुवै मानव भएकाले मानवकृत, मानवसिर्जित सर्वोत्तम मानवीय हित नै विकास हो । विकासले भौतिक पूर्वाधार, सामाजिक पूर्वाधार र मानव विकास सूचकाङ्क उच्चकोटीको हुने अवस्थालाई जनाउँछ । दिगो विकासको आयामबाट विश्लेषण गर्दा
मध्यपूर्वमा क्षेत्रीय तनाव
इजरायल र इरानबिच तनाव बढेसँगै अमेरिकाले भूभध्य सागरमा युद्धपोत तैनाथ गरेको छ । इरानबाट इजरायलमा हुन सक्ने सम्भावित आक्रमणलाई दृष्टिगत गरी अमेरिकाले युद्धपोत तैनाथ गरेको हो । पछिल्ला राजनीतिक हत्याका घटनाले मध्यपूर्वमा क्षेत्रीय तनाव बढेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासलाई समाप्त नपारेसम्म गाजामा सैन्य कारबाही नरोक्ने अडानका साथ इजरायलले कारबाही अगाडि बढाउने क्रममा पछिल्लो पटक प्यालेस्टाइनका पूर्वप्रधानमन्त्री तथा हमासका प्रमुख नेता इस्माइल हानिया, सैन्य प्रमुख मोहम्मद डेफ, कमान्डर राफा
नेपालमा जग्गा प्रशासन
जग्गाजमिन वा भूमिसँग मानिसको सम्बन्ध मानव सभ्यता जति नै पुरानो छ । मानिसको जन्म र मरण पनि जमिनमा नै हुन्छ । सानो छाप्रो बनाउनदेखि आलिसान महल बनाउन पनि जग्गा नै आवश्यक पर्छ । व्यापार चलाउन होस्, उद्योगधन्दा चलाउन होस् वा खेतीपाती गरी जीवन निर्वाह गर्न पनि जमिन नै चाहिन्छ । जमिन उत्पादनको साधन हो, खाद्य सुरक्षाको आधार हो, आवासको महत्वपूर्ण स्रोत हो, सामाजिक पहिचानको विषय पनि हो । नेपालमा वैदिक कालदेखि नै जग्गा प्रशासन रहेको देखिन्छ । ऋग्वेद र अथर्ववेदमा उल्लेख भएका तथ्यबाट पनि यसको पुष्टि हुन्छ । जग्गा प्रशासनको सन्दर्भमा किराँतकाल, लिच्छविकाल, मल्लकाल, शाहका
सडक दुर्घटनाको कहालीलाग्दो शृङ्खला
सुर्खेतको सडक दुर्घटनामा हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको भदौ ४ गते निधन भएको छ । संविधान सभा सदस्य रीता शाहीका अनुसार सोही दुर्घटनामा हुम्लाकै ताँजाकोट गाउँपालिकाका अध्यक्ष लालकेश जैसी घाइते हुनुभएको छ । आर्थिक वर्ष २०८१/८२ लागेपछि निर्वाचित जनप्रतिनिधिको दुर्घटनामा निधन भएको यो पहिलो घटना हो । आर्थिक वर्ष र जनप्रतिनिधिको मात्र कुरा होइन । भदौ १ देखि ४ गतेसम्ममा देशभरि भएका सडक दुर्घटनामा १४ जना सर्वसाधारणको मृत्यु भएको छ । सोही अवधिमा ७१ जना गम्भीर घाइते र ३०६ जना सामान्य घाइते भएका छन् ।
त्रिविमा फेरि किचलो
नयाँ पदाधिकारी नियुक्तिसँगै लयमा आउन लागेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा फेरि किचलो सुरु भएको छ । बढ्दो राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बनेको आरोप खेपिरहेको त्रिविमा एक विभागीय प्रमुख नियुक्तिको विवादले पदाधिकारी कार्यालयमै छिर्न नसक्ने अवस्था निम्त्याएको हो । समाजशास्त्र केन्द्रीय विभागमा प्रमुख नियुक्तिको विवादका कारण शिक्षाध्यक्ष प्राडा खड्ग केसीलाई विद्यार्थीले ज्यान मार्ने धम्की दिएका छन् । जसका कारण केसीसहित रजिस्ट्रार प्राडा केदार रिजाल पछिल्लो समय सहज रूपमा कार्यालय प्रवेश गर्नसमेत सक्नुभएको छैन ।
भारतको झारखण्डमा हराएको विमानको खोजी सुरु
पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीहरूले बुधबार दुई पाइलटसहित हराइरहेको एउटा प्रशिक्षार्थी विमान पत्ता लगाउन राष्ट्रिय प्रकोप प्रतिक्रिया बलसँग मद्दत मागेको बताएका छन् ।
घाँसीकुवामा र मौरीबजारमा पहिरो जाँदा पृथ्वीराजमार्गमा अवरोध
पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा म्याग्दे गाउँपालिका–६ मौरीबजारमा बुधबार साँझ ५:०० बजे पहिरो खस्दा पृथ्वीराजमार्गमा अवरोध भएको छ ।