वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय
विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको सङ्लग्नता थियो । निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो ।
सिगासका ६३ घरमा एकै पटक विद्युत् सेवा
बैतडीको च्वागढ क्षेत्रमा पर्ने दुर्गम सिगास गाउँपालिका ३ का ६३ घरमा एकैपटक विद्युत् सेवा पुगेको छ ।
ट्रम्पको रिस टार्न खोज्दै मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार ह्वाइट हाउसमा भेट हुँदा डोनाल्ड ट्रम्पसँगको मित्रता पुनर्जीवित गर्न र भन्सार तथा आप्रवासनमा अमेरिकी राष्ट्रपतिको रिसबाट बच्न प्रयास गर्नुहुनेछ ।
प्राधिकरणले ड्रिलिङ गर्दा बबरमहल जलमग्न (फोटो फिचर)
नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा बुधबार काठमाडौँको बबरमहलमा खानेपानीको पाइप फुटेको छ ।
ग्यास उद्योगीको आन्दोलन स्थगन
नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुधबार भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो ।
जुम्लामा फेरि भूकम्प
जुम्लाको पाटमारा क्षेत्र केन्द्रबिन्दु भएर बुधबार दिउँसो फेरि भूकम्प गएको छ । दिउँसो ३ः३८ बजे ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको हो ।
‘लागत कटौती बिना अमेरिका ‘टाट पल्टिने’ मस्कको भनाइ
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय लागत कटौती प्रयासको नेतृत्व गर्न नियुक्त गरेका अर्बपति प्रविधिविद् एलन मस्कले बजेट कटौती बिना अमेरिका ‘दिवालिया’ बन्ने बताउनुभएको छ ।
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडित बचतकर्तामध्ये चार सय ८७ जना बचतकर्ताको चार करोड रकम फिर्ता गरिएको छ । मुख्य कार्यालय रहेको बागलुङ बजारका दुई सय ४८, ढोरपाटनका ९२ र गलकोट नगरपालिकाका एक सय ४७ जनालाई चार करोड रकम फिर्ता गरिएको हो ।
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
पन्यू तताएर विद्यार्थी डाम्ने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ । भीमाद नगरपालिकाको भिमाद बजारस्थित प्रभात एकेडेमी बोडिङ स्कुलका शिक्षिका सुष्मा श्रेष्ठलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
विद्यालय जाँदै गर्दा भीरबाट लडेर छात्रा गम्भीर घाइते
नगरपालिकामै हिँड्ने बाटो नहुँदा विद्यालय जाँदै गरेकी एक छात्रा भीरबाट लडेर गम्भीर घाइते भएकी छन् । पाटन नगरपालिका– २, भुलकट्टे गाउँका १६ वर्षीया छात्रा सावित्री पाण्डेय विद्यालय जाँदै गर्दा लडेर गम्भीर घाइते हुनुभएको हो ।
जुम्लामा ३.८ रेक्टर स्केलको भूकम्प
जुम्लाको उर्थु चौतारा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान ११ः५६ बजे ३.८ रिक्टर स्केलको भूकम्प गएको हो ।
सुशासन प्रवर्धनमा अख्तियार
नेपालमा सार्वजनिक सेवा प्रवाहलाई सुशासनमैत्री बनाउने निरन्तरको प्रयास अझै पनि चाहे जसरी सार्थक हुन सकेको छैन ।
निजामती कर्मचारीको व्यवस्थापन
२००७ सालअघि अर्थात् राणा शासनकालमा उच्चपदस्थ शासकलाई ‘चाकडी’ गरेर जागिर खाने प्रचलन थियो ।
स्वस्थानी व्रत र माधवनारायण
माघ महिनामा हरेक हिन्दु धर्मावलम्बीहरूका घर घरमा श्रीस्वस्थानी देवीको व्रतउपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने, सुनाउने प्रचलन रहिआएको छ ।
लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर
१. नइ प्रकाशनद्वारा २०८० सालको नइ चन्द्रधन पुरस्कारबाट कसलाई सम्मानित गरियो ? प्रा.चेतोनाथ शर्मा आचार्य
मानव विकासको अवधारणा : विषयगत प्रश्नोत्तर
मानव विकासको अवधारणा १. मानव विकास भनेको के हो ? मानव विकासका सम्बन्धमा अमत्र्य सेनको दृष्टिकोण उल्लेख गर्दै नेपालमा मानव विकासको क्षेत्रमा देखा परेका समस्या पहिचान गर्नुहोस् ।
‘सरकारी’ आँट देखाएनन् स्थानीय तहले
संवैधानिक रूपमा स्थानीय सरकार लेख्न सक्ने भए पनि अधिकांश स्थानीय तहले आफ्नो पत्रको शिरोभाग (लेटर हेड) र पाटी (बोर्ड) मा ‘स्थानीय सरकार’ उल्लेख गरेको पाइन्न । केहीले मात्र यसको अभ्यास गरेका छन् ।
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पास हुन्छः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट पारित हुने बताउनुभएको छ ।
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालन गर्ने ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ ।
मनाङको तिमाङ जङ्गलमा लागेको आगो अझै आएन नियन्त्रणमा
मनाङको चामे गाउँपालिका–१ तिमाङ नजिकै जङ्गलमा भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सोमबार साँझ भएको हल्का वर्षाले केही मत्थर पारे पनि पूर्ण रुपमा नियन्त्रण हुन नसकेको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिनुभयो ।
नेपाल-चीन सीमावर्ती बस्ती ओलाङचुङगोला
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ मा अवस्थित ओलाङचुङगोला । यो नेपालको चीनसँगको सीमा क्षेत्रको प्रमुख बस्ती हो । यहाँबाट २४ किलोमिटर टाढा टिप्ताला नाका पर्दछ।
दस लाख किशोरीले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा १० लाख किशोरीले खोप लगाएका छन् । माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा छ दिनमा १० लाख १६ हजार ७७१ किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा मङ्गलबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ ।
शान्दार मःमः पसलमा ग्यास सिलिन्डर विस्फोटमा घाइते भएका दुई जनाको मृत्यु
काठमाडौंको कमलपोखरीस्थित सानदार मःमः सेन्टरमा ग्यास सिलिन्डर विस्फोटमा परी घाइते भएका दुई जनाको मृत्यु भएको छ ।