माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु
जिल्लाको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्षिक वर्षमा सम्पन्न हुनेगरी दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् ।
वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो
वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ ।
अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको छ ।
शल्य चिकित्सा सेवा लिन विदेशिनेको दर न्यून हुँदैछ : डा. अधिकारी
प्राचिन समयदेखि नै चिकित्साका दुई वटा भाग छन् । एउटा काय चिकित्सा (मेडिसिन) र अर्को शल्य चिकित्सा (शल्यक्रिया) । यसै आधारमा चिकित्सकहरु पनि दुई किसिमका हुन्छन्, फिजिसियन र सर्जन । तर दुवै औषधी उपचारको माध्यमबाट हुने गर्दछ । शल्य चिकित्सामा चिकित्सकको हस्तकौशलको भूमिका हुने गर्दछ भने काय चिकित्सामा औषधोपचार नै सर्वेसर्वा हो ।
लेवनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमान्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो ।
रूपन्देहीको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा
रूपन्देहीको रोहिणी खोला किनारमा निर्णाण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ ।
नवलपुरको डण्डाबाट देखिएको सुर्यास्तको दृष्य
शुक्रबार साँझ नवलपुरको डण्डाबाट देखिएको सुर्यास्तको दृष्य।
‘स्थानीयको गुनासोपछि कवाड सङ्कलन र भण्डारणमा रोक लगाइएको हो’
काठमाडौं महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।
१२ लाख बढी किशोरीले लगाएर एचपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७९ प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् ।
मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडि बढाउने सहमति
कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थलको रोकिएको निर्माण कार्य तत्काल अघि बढाउने सहमति भएको छ । गृहमन्त्री रमेश लेखकको पहलमा आज गृहमन्त्रालयमा भएको सम्वद्ध निकायका मन्त्री, सचिव, नेपाली सेनाका प्रधानसेनापतिसहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको निर्माण कार्य अघि बढाउने सहमति भएको हो ।
बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक
जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।
पानीघट्टमा पिठो पिस्दै अछामवासी
अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानीघट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ ।
सामयिक कर उठाउने विधेयक दर्ता
गण्डकी प्रदेश सरकारले सामयिक कर असुली गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको छ । छुट राजस्व सङ्कलन गर्न तथा राजस्व सङ्कलन निरन्तर बनाउन सामयिक कर असुलीका लागि विधेयक तयार गरिएको हो ।
कम्युनिस्ट एकता र सम्भावना
माघ २७ मा एमाले महासचिव शङ्कर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्नुभयो
मिर्गी रोग र यसको उपचार
मिर्गी एक प्रकारको न्युरोलोजिकल रोग हो, जसमा मस्तिष्कको विद्युतीय गतिविधिमा असामान्य परिवर्तन हुन्छ ।
सार्वजनिक सेवामा समस्या
सुशासनको परिणाम सार्वजनिक सेवाको वितरणमा उच्च गुणवत्ता हो ।
सङ्घर्षको शङ्ख फुक्ने योद्धा
आधुनिक नेपालको निर्माण बहुतै कठिन परिस्थितिमा भएको छ ।
८१ प्रतिशतभन्दा बढी साइबर अपराध फेसबुकबाट
नेपालमा ८१ प्रतिशतभन्दा बढी अनलाइन घटना (साइबर हिंसा तथा अपराध) सामाजिक सञ्जाल फेसबुकबाट भइरहेको पाइएको छ।
संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले
जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुर्ख्यौली पेसा मानिने खानी खन्ने काम वर्षौँदेखि रोकिनुका साथै पुर्खाले पत्ता लगाएका तामाखानीको संरक्षण नहुँदा सुरुङ पुरिन थालेको हो ।
सुख्खा हिउँद : न हिमपात, न वर्षा
हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् । हिउँदमा हिमपात नभएपछि सेता हिमालहरु फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्न लगायत तरकारी बाली ओइलाउन थालेका कृषकले बताएका छन् ।
सङ्घीय निजामती सेवा तहगत संरचनामा राख्ने सहमति
प्रतिनिधिसभाअतर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवा तहगत संरचनामा रहने सहमति गरेको गरेको छ ।
७० प्रतिशत लक्षित किशोरीले लगाए एचपिभी खोप
पाठेघरको मुखको क्यान्सर बनाउने एचपिभी भाइरसविरुद्धको खोप अभियानमा ७० प्रतिशत लक्षित किशोरीले खोप लगाएका छन् । खोप अभियान सुरु भएको नवौँ दिनमा ११ लाख ६१ हजार ८७४ लक्षित किशोरीले एचपिभी खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शङ्खरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा
काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् ।
चार प्रकारका नसर्ने रोगको निःशुल्क परीक्षण गरिने
नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.यदुचन्द्र घिमिरेले नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको सुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुहुँदै यस्तो बताउनु भएको हो ।