दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलबाट चुनौतीलाई अवसरमा बदल्न सकिन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार गठनको ६ महिनाको अवधिमा सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको बताउँदै दृढ इच्छाशक्ति, इमानदार प्रयास र पहलकदमीबाट जस्तासुकै चुनौतीलाई पनि अवसरमा बदल्न सकिने बताउनुभएको छ ।
नयाँ राहदानी लिनेको सङ्ख्या महिनैपिच्छे बढ्दै
पछिल्लो समय नयाँ राहदानी लिनेहरूको सङ्ख्या बढ्दै गइरहेको छ । राहदानी विभागका अनुसार गतको जेठ महिनामा मात्रै एक लाख ४७ हजार जनाले राहदानी लिएका थिए ।
कृषिलाई सहकार्य, सहकारी, सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।
जलकुम्भीले छोपियो फेवाताल
बर्खा लागेसँगै फेवातालमा जलकुम्भी झारले ताललाई ढाकेको छ। वर्षाको भेलले माथिल्लो क्षेत्रमा रहेको जलकुम्भी बगाएर ल्याएपछि हल्लनचोकदेखि वाराहीघाटसम्मको क्षेत्र बढी कुरूप छ। जलकुम्भीले फेवाताल ढपक्कै छोपेपछि डुङ्गा सयर गर्न आएका पर्यटक नाक खुम्च्याउँदै फर्कन बाध्य छन्। २०७४ माघमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको ५० लाख रुपियाँ र पोखरा महानगरपालिकाको ७५ लाख गरी एक करोड २५ लाख रुपियाँमा जलकुम्भी निकाल्ने मेसिन ल्याइएको थियो।
धान चामलमा आत्मनिर्भर बनाउनेतर्फ सरकार लागिपरेको छ : प्रधानमन्त्री प्रचण्ड
२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर बनाउने तर्फ सरकार लागि परेको बताउनुभएको छ ।
देशभर वर्षाको सम्भावना
मनसुन सक्रिय रहेकाले देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका
वैदेशिक रोजगारीका नाममा मानव तस्करी बढ्दै
पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा हुुने मानव तस्करीका घटना बढ्दै गएका छन् तर यससम्बन्धी कानुन नहुँदा यस्ता तस्करलाई कानुनको दायरामा ल्याउन सकिएको छैन । नेपालबाट युरोप, अमेरिकामा मानव तस्करीका घटना बढ्दै गए पनि कानुन नबन्दा यस्तो धन्दा चलाउनेलाई कारबाहीको दायरामा ल्याउन नसकिएको हो ।
नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल हो : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्राचीनकालदेखि विभिन्न जातजातिको बसोबासको सङ्गमस्थल रहेको बताउनुभएको छ ।
‘विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान हो’ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विविधताभित्रको एकता नै हाम्रो राष्ट्रिय पहिचान र गौरव भएको बताउनुभएको छ ।