‘अभिनेता एकै किसिमको भूमिकामा सीमित हुनु हुँदैन’
गत वर्ष प्रदर्शन भएको नेपाली चलचित्र ‘महापुरुष’ मार्फत अभिनेता हरिवंश आचार्य नेपाल सरकारकोतर्फबाट अभिनेतालाई प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार विजेता बन्नुभयो ।
प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्विप
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
‘सभाको गरिमा घटाउने काम नगर्ने’
नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताउनुभएको छ ।
‘अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन’
सत्तारुढ गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायणप्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताउनुभएको छ ।
नेपाली छात्रालाई नासामा अनुसन्धानको अवसर
अवसर पाए भने नेपाली चेली पनि नासाको अनुसन्धान गर्न सक्षम छन् भन्ने उदाहरण एक नेपाली विद्यार्थी बन्नुभएको छ ।
पाँच दशक वडाध्यक्ष भएर सेवा गर्नुहुने व्यञ्जनकारको निधन
ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ। नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको ललितपुर महानगरले जनाएको छ ।
मधेश प्रदेशमा नयाँ गठबन्धनलाई स्पष्ट बहुमत
मधेश प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई सरकार बनाउन स्पष्ट बहुमत पुगेको छ ।
काँग्रेसले युवराज शर्मालाई बनायो राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने भएको छ।
माओवादीका नारायण दाहाल सत्ता गठबन्धनबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार
सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारमा सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नारायण दाहाल उम्मेद्वार बन्नुहुने भएको छ ।
उपनिर्वाचन : फागुन २९ देखि चैत ५ गतेसम्म मतदाता नामावली अद्यावधिक
निर्वाचन आयोगले इलाम प्रतिनिधि सभा–२ र बझाङको प्रतिनिधि सभा–२ को प्रदेश सभा १ मा रिक्त सदस्यको निर्वाचन घोषणा भएकोले फागुन २९ गतेदेखि सुरु हुने देशभरका मतदाताको नामावली अद्यावधिक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ।
अमेरिकी लगानीकर्तालाई लगानी सम्मेलनमा सहभागी हुन अर्थमन्त्रीको अपिल
अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गर्नुभएको छ।
गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
महोत्तरीको सम्सी गाउँपालिकाका तत्कालीन अध्यक्ष शेष फारुकसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
नयाँ अर्थमन्त्रीप्रति पुँजीबजार सकारात्मक : साताको पहिलो दिन दोहोरो अङ्कको वृद्धि
साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २२.१० अङ्कले वृद्धि भएको छ।अर्थमन्त्रीमा वर्षमान पुन आएसँगै पुँजी बजारका लगानीकर्ता पनि उत्साहित देखिएका छन्।
बेपत्ता पौडेल खाेज्न प्रहरी टोली परिचालन
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका-१ हुंगा घर भएका २५ वर्षीय अनुप पौडेल धरानबाट बेपत्ता भएका छन् ।
एकै दिन बने १२ सय ५० जना अल्पकालीन भिक्षु
लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बनेका छन्। बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रब्रज्या कार्यक्रम गरिएको थियो।
उपप्रधान एवं गृहमन्त्री लामिछानेद्वारा प्रहरी प्रधान कार्यालयको निरीक्षण
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्नुभएको छ । उहाँले आज प्रधान कार्यालयको निरीक्षण गर्नुभएको मन्त्रीको सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्री र अर्थमन्त्रीसँग राजदूत थम्पसनको भेटवार्ता
उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री वर्षमान पुनसँग नेपालका लागि अमेरिकन राजदूत डिन थम्पसनबिच भेट भएको छ । मन्त्रीहरूसँग शिष्टाचार भेटका लागि थम्पसन सिंहदरबारमा पुग्नु भएको हो ।
एसियाली र्याफ्टिङ : हेड टु हेडमा नेपाललाई स्वर्ण
नेपालले एसियाली र्याफ्टिङ च्याम्पियनसिपको हेड टु हेडमा स्वर्ण जितेको छ ।
नवनियुक्त वनमन्त्री सुडीद्वारा पदबहाली
नवनियुक्त वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले पदबहाली गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर उहाँले आजै पदबहाली गर्नुभएको हो ।
नवनियुक्त स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण
उपप्रधानमन्त्री तथा स्वास्थ्य जनसंख्यामन्त्री उपेन्द्र यादवले पदभार ग्रहण गर्नुभएको छ । पदभार समाल्दै मन्त्री यादवले सङ्घीय तथा प्रादेशिक अस्पतालमा शल्यक्रियामा हुँदैआएको ढिलाइ घटाई छिटो छरितो व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार भएको सुन आज प्रतितोला रु एक हजारले बढेर नयाँ उचाइमा पुगेको हो ।
खोटाङमा तीन घर जलेर नष्ट
खोटाङमा तीन वटा घर जलेर नष्ट भएका छन् ।
उपप्रधानमन्त्री यादव र मन्त्री सुडीले लिनुभयो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानमन्त्री उपेन्द्र यादव र मन्त्री नवलकिशाेर साह सुडीले मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनु भएको छ ।
कांग्रेस राष्ट्रिय सभाको संसदीय दलको नेतामा सिटौला मनोनयन
नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनयन गरेको छ ।