क्याप्टेन उप्रेतीको भूस्वर्गको परिकल्पना सुदूरपश्चिम सार्वजनिक
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धार्मिक, साँस्कृतिक, पर्यटकीय हिसाबले सुदूरपश्चिम सम्भाव नै सम्भावना बोकेको क्षेत्र भएकोे बताउनुभयो।
‘यो सरकार दृढ भएर अघि बढ्न सकोस्’
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नयाँ समीकरणको सरकारलाई सफलताको शुभकामना दिनुभएको छ । शनिबार विज्ञप्ति जारी गर्नुहुँदै उहाँले शुभकामना दिनुभएको हो ।
अतिविपन्न ३२० परिवारलाई खाद्यान्न वितरण
नेपालगन्जमा मुस्लिम समुदायका अति विपन्न ३२० परिवारलाई कतार च्यारिटी नेपालले खाद्यान्न वितरण गरेको छ।
सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकार र निजी क्षेत्रबिचमा सहकार्य नभएसम्म आर्थिक क्षेत्रमा फड्को मार्न नसकिने बताउनुभएको छ ।
दर्शन समाजलाई ५१ लाखको जग्गा दान
नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले दर्शन समाज बाँकेलाई कार्यालय निर्माण गरेर समाज सेवा गर्न ५१ लाख रुपियाँको जग्गा दान गर्नुभएको छ।
नयाँ गठबन्धन मिसन–२०८४ का लागि उपयोग गर्छौँ
सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समीकरणले पार्टी सिद्ध्याउने अभियान टुटेको दाबी गर्नुभएको छ।
कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो ।
नेपाल हङकङसँग ७३ रनले पराजित
हङकङसँगको अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा नेपाल ७३ रनले पराजित भएको छ । मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा शनिबार जितका लागि घरेलु टोली हङकङले दिएको दुई सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३९ रनमा समेटिएको थियो ।
मन्त्रीको शपथ लिएपछि नागरिक उन्मुक्ति पार्टीमा किचलो
सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको बेला नागरिक उन्मुक्ति पार्टीबाट तीन जनाले रातारात मन्त्रीको शपथ लिएपछि सो पार्टीभित्र किचलो सुरु भएको छ ।
भारत लैजाँदै गरेको युवतीको उद्धार, तीन जना पक्राउ
भारतीय दलालसँग मिलेर नेपाली दलालले नेपाली युवतिहरूलाई राम्रो रोजगारको प्रलोभनमा पारेर सिमाना कटाई भारत लगेर जोखिमपूर्ण काममा लगाउने वा बेचबिखन गर्ने गरिएको पाइएको छ ।
बोलेरो दुर्घटना हुँदा १२ जना घाइते
सिन्धुली जिल्लाको दुधौली नगरपालिका-१ हत्पतेडाँडास्थित गागन-लङ्गुरखोला भित्री सडकमा बोलेरो दुर्घटना हुँदा १२ जना दर्शनार्थी घाइते भएका छन् ।
सवारीदेखि सरकार हाँक्ने महिला
वैज्ञानिक एवम् आधुनिक युगमा आजका महिला हिजोका दिनमा झैं कुनै एक निश्चित घेराभित्र मात्र सीमित छैनन्। घरायसी कामसँगै पेशागत जिम्मेवारी, समाज र राष्ट्र हाँक्ने क्षमता राख्न सक्ने सक्षम बनेका छन्।
चार लाखले गरे पशुपतिनाथको दर्शन
महाशिवरात्रिका अवसरमा आज चार लाख बढी भक्तजनले पशुपतिनाथको दर्शन एवम् पूजाअर्चना गरेका छन् । बिहान २ बजेदेखि नै पाशुपत क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ ।
फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा
काठमाडौँ गुह्येश्वरी एक फर्निचर कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ । महानगरीय प्रहरी परिसर गौशाला प्रहरीका अनुसार फर्निचर कारखानामा दिउँसो २ बजेदेखि आगलागी भएको थियो ।
महिला विकासमा लगानी गर्नु आवश्यक छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटै तहका सरकारले महिलाको जीवनस्तरमा सारभूत परिवर्तन हुनेगरी नीति, योजना र कार्यक्रम तय गरेर लागू गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
तस्बिरमा २६१ औँ सेना दिवस
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंसहित मुलुकभर मनाएको छ।
आज ११४औैँ अन्तर्राष्ट्रिय महिला दिवस
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ ।
महिलाको राजनीतिक अधिकार स्थापित भएको छः सभामुख
सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरले ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसले सामाजिक सचेतना अभिवृद्धि गर्दै साझा अभियानमा सहभागी हुन सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।
महाशिवरात्रिले सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्व, २०८० ले नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गनुभएको छ ।
पेशागतकर्ममा अविचलित रहनेमा विश्वस्त छु – प्रधानसेनापति
प्रधानसेनापति प्रभुराम शर्माले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामतीकर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
सेनाको योगदान गौरवपूर्ण छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वतन्त्रता, राष्ट्रिय एकता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षार्थ नेपाली सेनाले पु¥याएको योगदान गौरवपूर्ण रहेको बताउनुभएको छ ।
नेपाली सेना राष्ट्र र जनताको हितमा समर्पित होस्: राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको गौरवमय छविलाई अझै उच्च बनाउँदै सदाझैं राष्ट्र र जनताको हितमा समर्पित रहन नेपाली सेनाका सकल दर्जालाई निर्देशन दिनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना
११४औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
महिलाको प्रगतिबाट सबै लाभान्वित: उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि, सेना दिवस र अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।