• ५ जेठ २०८१, शनिबार

पोखराको हर्पन खोलामा डुबेर किशोरको मृत्यु

blog

तस्बिरः कालिका गण पोखरा

फडिन्द्र अधिकारी
लेखनाथ, वैशाख २३ गते । 
पोखरा महानगरपालिका–१८ खपौदीस्थित हर्पन खोलामा डुबेर किशोरको मृत्यु भएको छ । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेका १४ वर्षका किशोर सोनम सुवेदीको बेपत्ता भएकोमा दिउँसो २ः३० बजेतिर शव फेला परेको हो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ मालेपाटन बस्ने सुवेदी पानीमा डुबेपछि सँगै पौडी खेल्न गएका अर्का किशोरले स्थानीयमार्फत सशस्त्र प्रहरीलाई जानकारी गराउनुभएको थियो ।

सशस्त्र प्रहरी बल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवम् गोताखोर टोलीले डुबेर स्थानभन्दा केही तल शव फेला पारेको कालिका गणका गणपति प्रहरी उपरीक्षक अरुण पौडेल शर्माले जानकारी दिनुभयो । सुवेदीको शव पोष्टमार्टमका लागि पश्चिम क्षेत्रीय अस्पताल लगिएको छ ।