हामी साना साना बाबुनानी हुनु पर्छ ज्ञानी,
माता हुन् भगवान्, ममताकी खानी
बुवाको हौँ हामी संसार भन्ने कुरा जानी ।
हामी साना साना बाबुनानी हुनु पर्छ ज्ञानी,
गर्न हुन्न झगडा बस्नु पर्छ मिलीजुली लोभी हुनु हुँदैन बन्नु पर्छ दानी ।
हामी साना साना बाबुनानी
हुनु पर्छ ज्ञानी, अल्छी बानी त्याग्न सके
चढ्न सकिन्छ सफलताको सिँढी ।