गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको छ: मन्त्री शर्मा
गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । गणतन्त्र दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले प्राप्त अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको र अधिकार जनतासम्म पुर्याउँदै राज्यलाई समुन्नत बनाउन सबैको सहकार्य जरुरी भएको बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवबाट गणतन्त्र दिवस शुभकामना सन्देश
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भवः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउनुभएको छ ।
गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताउनुभएको छ ।
ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गनुपर्छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
विद्युत् निर्यात सुरु खेर जाने जोखिम कायमै
नेपाल विद्युत् प्राधिकरणले यो वर्षको विद्युत् निर्यात सुरु गरेको छ । वर्षासँगै खोलानालामा पानीको बहाव बढेर विद्युत् उत्पादन वृद्धि भएपछि प्राधिकरणले शनिबारदेखि विद्युत् निर्यात सुरु गरेको हो । प्राधिकरणले शनिबार राति छ सय मेगावाट आवर विद्युत् इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा निर्यात गरेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिनुभयो । अहिले एक सय मेगावाट भए पनि विद्युत् उत्पादनको अवस्था अनुसार निर्यात निर्धारित हुँदै जाने उहाँले बताउनुभयो । केही विद्युत् आयोजना र प्रसारण लाइन मर्मतका काम नसकिएकाले आइतबार निर्यात नहुने उहाँले जानकारी दिनुभयो ।
‘लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै हो’
जनता देशका मालिक हुन् । यसको लामो इतिहास छ । गणतन्त्रको उपलब्धि के हो भने जनता सार्वभौम भएका छन् । हाम्रो देशको भने सात दशक लामो सङ्घर्ष छ, आठ दशक भनौँ । त्यसको उपलब्धिमा जनताका प्रतिनिधिले आफैँले संविधान लेखेर देशको लोकतन्त्रको मूल बाटो बनाएका छन् । संविधान सभाबाट गणतन्त्र, लोकतन्त्र, सङ्घीयता, समावेशी, धर्म निरपेक्षतासहितको जुन संविधान बनेको छ यसले सम्पूर्ण देशवासीलाई समेटेको छ ।
तौल र गुणस्तर परीक्षण गर्न आग्रह
पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ । प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न अनुरोध गर्नुभएको हो ।