कफी बिरुवाको माग दुई लाख, उत्पादन ७० हजार
गुल्मीको आँपचौर कफीको जजनी हो । आँपचौरमा स्थापना भएको कफी विकास केन्द्रले कफीका बिरुवा उत्पादन तथा बिक्री वितरण गर्ने गरेको छ ।
दुम्किवासमा अवरुद्ध सडक अझै खुलेन
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध नारायणघाट–बुटबल सडक साढे सात घण्टासम्म पनि सञ्चालनमा आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालले खोलामा पानीको सतह नघटेकाले नयाँ डाइभर्सन निर्माण हुन नसकेको जानकारी दिनुभयो ।
आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले शुक्रबार विज्ञप्ति जारी गर्नुहुँदै मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिनुभयो हो ।
चौध सय महिला कृषक स्वयंसेविका परिचालन गर्ने तयारीमा मधेश सरकार
मधेश प्रदेश सरकारले एक हजार चार महिला कृषक स्वयंसेविका परिचालन गर्ने भएको छ । महिलाको सहभागितामा कृषि क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउने उद्देश्यले त्यतिको सङ्ख्यामा महिला कृषक स्वयंसेविका परिचालन गर्न लागिएको हो ।
त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता
तनहुँ जिल्लाको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बालिका बेपत्ता भएका छन् बिहबार साँझ ६ बजे पौडी खेल्ने क्रममा डुबेर बेपत्ता बालिकाको खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
मनसुनी वर्षासँगै पूर्वतयारी
नेपाल कृषिप्रधान देश हो । हिमाल, पहाड र तराई मिलेर बनेको यो देशमा पर्याप्त सिँचाइ सुविधाको कमीले मनसुनमा आधारित खेती गर्नुपर्ने बाध्यता छ । हिउँदमा कम वर्षा र बर्खायाममा बढी वर्षा हुने गर्छ । हिउँदमा पश्चिमी वायुले र बर्खामा पूर्वी वायुले व
गणतन्त्रका मालिक जनता
आजको दिन, हाम्रा लागि विशेष दिन हो ।
जनताकेन्द्रित राजनीति
विसं २०१४ मङ्सिर १२ देखि १४ गतेसम्म वीरगन्जमा नेपाली कांग्रेसको छैटौँ महाधिवेशन भएको थियो ।
गणतन्त्रको जीवन : सिद्धान्त र व्यवहार
गणतन्त्र स्थापनाको भावभूमि (२०५८–०६५), आजको धुमिल दृश्य र आगामी दिनमा यसलाई विश्वासमा बदलेर लोकप्रिय बनाउन के गर्नुपर्ला ? भन्ने विषयमा यहाँ साङ्केतिक विमर्श गर्न खोजिएको छ ।
गणतन्त्र आएपछि ऊर्जामार्फत समृद्धि यात्रा
सत्र वर्षअघि अर्थात् २०६५ साल जेठ १५ गते नेपालमा लोकतान्त्रिक गणतन्त्रको घोषणा भएको थियो ।
ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने तयारी
सरकारले आगामी आर्थिक वर्षभित्र काठमाडौं उपत्यकासहित ठुला सहरमा फाइभ–जी सेवा सुरुवात गर्ने जनाएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२–८३ को बजेटमा सो विषय उल्लेख गरिएको छ ।
लोकतन्त्रका कारण जनता शक्तिशाली : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रले जनतालाई शक्तिशाली बनाएको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजना गरिएको सांस्कृतिक झाँकीसहितको उत्सव कार्यक्रममा उहाँले सो कुरा बताउनुभयो ।
साझा यातायातलाई थप सय वटा विद्युतीय बस उपलब्ध गराइने
सङ्घीय संसदको आजको संयुक्त बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा काठमाडौँ उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप विद्युतीय बस उपलब्ध गराइने बताउनुभएको हो।
भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न सहुलियत
सरकारले नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गरिरहेका वायुसेवा कम्पनीहरूलाई भैरहवा र पोखरा विमानस्थलबाट निश्चित सङ्ख्यामा उडान सञ्चालन गर्न सहुलियत दिने भएको छ ।
‘थप छ हजार हेक्टर क्षेत्रमा सिँचाइ व्यवस्था गरिने छ’
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा थप छ हजार हेक्टर जग्गामा सिँचाइ उपलब्ध गराइनेगरी बजेट विनियोजन गरिएको बताउनुभएको छ ।
युवा लक्षित रोजगारी सिर्जना गर्न उच्च प्राथमिकता
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारीमा रहेका सीपयुक्त नेपालीलाई स्वदेशमै उद्यमशील र स्वरोजगार बन्न आकर्षित गर्ने बताउनुभएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
अर्थमन्त्रीको हातमा बजेटको ब्रिफकेस
आर्थिक वर्ष २०८२/८३ को बजेटको ब्रिफकेस बोकेर सङ्घीय संसद भवन पुग्नुभएको छ ।
बगुवा खोलामा ट्याङ्कर खस्यो
बारा अमलेखगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको ट्याङ्कर बगुवा खोलाले बगाएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुर जिल्लाको सिमामा रहेको बगुवा खोला पुलमा बिहीबार बिहान उक्लनेक्रममा हिलो बाटो भएकाले चिप्लिएर ब्याक भइ खोलामा खस्न गई गाडी बगाएको हो ।
पूर्वमन्त्रीको धर्मपत्नी महतको निधन
पूर्वमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य लालबाबु पण्डितको धर्मपत्नी विमला महतको निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारत महतको बिहीबार राति १२:४५ मा निधन भएको पूर्वमन्त्री पण्डितले सामाजिकमार्फत् जानकारी गराउनुभएको छ ।
सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुशासन, विकास र समुन्नती आजको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।
गणतन्त्रले अधिकारसँगै कर्तव्यको बोध गराएको छ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले १८ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना एवम् बधाई ज्ञापन गर्नुभएको छ । मुख्यमन्त्री आचार्यले बिहीबारको दिन नेपाली जनताले ऐतिहासिक विजय हासिल गरेको दिनको रूपमा स्मरण गर्दै गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो ।
गणतन्त्रमा नागरिक नै देशका मालिक
समुन्नत, समृद्ध र सुशासनयुक्त देश बनाउने महान् लक्ष्य र अभिभारा पूरा गर्ने अठोटसाथ आज गणतन्त्र दिवस मनाइँदै छ ।
‘गणतन्त्र जनसङ्घर्षबाट प्राप्त उपलब्धि हो’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप भएको बताउनुभएको छ ।
गणतन्त्र महत्वपूर्ण उपलब्धि : प्रमुख देवकोटा
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र अथक प्रयासको देन गणतन्त्र भएको स्पष्ट पार्नुभएको छ ।