• १७ जेठ २०८२, शनिबार

पूर्वमन्त्रीको धर्मपत्नी महतको निधन

blog

स्वर्गीय विमला महत ।

गोरखापत्र अनलाइन

काठमाडौँ, जेठ १५ गते । पूर्वमन्त्री तथा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य लालबाबु पण्डितको धर्मपत्नी विमला महतको निधन भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारत महतको बिहीबार राति १२:४५ मा निधन भएको पूर्वमन्त्री पण्डितले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।  

अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयराले अस्पतालमा उपचाररत पूर्वमन्त्री पण्डितको धर्मपत्नी विमलाको क्यान्सरको कारण मृत्यु भएको जानकारी दिनुभयो । 

रोसयराका अनुसार पूर्वमन्त्री पण्डितका धर्मपत्नी विमला दुई हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएको थियो । उहाँले भन्नुभयो, “पूर्वमन्त्री पण्डितको धर्मपत्नी क्यान्सरको बिरामी हुनुहुन्थ्यो । तीन महिनादेखि अस्पतालमा उपचाररत गराउँदै आउनुभएको थियो । दुई हप्तादेखि अस्पतालमा भर्ना भएर उपचार गराउँदै आउनुभएको थियो ।”  विमलाको जन्म वि. सं २०२२ असोज २ गते भएको थियो ।