विकासमा आशाको सञ्चार
देशमा विकास किन भएन ? पटक पटक व्यवस्था परिवर्तन भए तर अवस्था परिवर्तन हुन सकेन । प्रजातन्त्र पुनस्र्थापना भएको ३४ वर्ष भयो । गणतन्त्र स्थापना भएको पनि १७ वर्ष हुन लागिसक्यो । संविधान सभाद्वारा नयाँ संविधान बनाइएको पनि करिब १० वर्ष भयो । देशलाई जापान, अमेरिका, बेलायत, स्विट्जरल्यान्ड जस्तो विकसित किन बनाउन सकेनौँ ? हो, कतिपय देश जापान, सिङ्गापुर, थाइल्यान्ड, फिलिपिन्स, कतार, साउदी अरेबिया, संयु
मनसुनजन्य विपतप्रति होसियारी
विपतले विनाश गर्छ भने विनाशले सङ्कट ल्याउँछ ।
युक्रेनी तालिम स्थलमा रुसी मिसाइल आक्रमण, १२ सैनिकको मृत्यु
युक्रेनको एक सैन्य तालिमस्थलमा भएको रुसी मिसाइल आक्रमणमा कम्तीमा १२ जना युक्रेनी सैनिकको मृत्यु भएको र अरू धेरै घाइते भएको युक्रेनी अधिकारीहरूले आइतवार जानकारी दिएका छन् । यो युक्रेनले आफ्ना सैन्य क्षतिबारे दुर्लभ रूपमा सार्वजनिक गरेको स्वीकारोक्ति हो ।
बजेटको सुधार मार्गदिशा
बेलायतलगायतका मुलुकमा १८ औँ शताब्दीमै अभ्यासमा आएको बजेट प्रणाली नेपाल आइपुग्न राणाकाल अन्त्य हुनु पर्यो । जम्मा नजोड्नु र कच्चा पनि नछोड्नु भन्ने राणाकालीन मान्यता थियो । यसले राज्यको आयलाई शासककै जानकारीमा मात्र केन्द्रित गर्नु स्वाभाविक हुने नै भयो ।
सङ्घीय संरचनामा नार्क
नेपालमा कृषि अनुसन्धानको औपचारिक सुरुवात सन् १९८५ मा कृषि मन्त्रालय अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्रको स्थापनामार्फत सुरु भएको हो । कृषि मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्रले परम्परागत रूपमा प्रवाह गर्दै
आजको मौसम : देशभर आंशिकदेखि साधारणतया बदली
हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । शुक्रबार नेपाल भित्रिएको मनसुनी वायुको प्रभाव अहिले कोशी प्रदेशका अधिकांश भू–भागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्द
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको छ । सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त जनआन्दोलन समितिद्वारा उपत्यका बन्द कार्यक्रम फिर्ता
संयुक्त जनआन्दोलन समितिले आज (सोमबार) का लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ । समितिले संयोजक नवराज सुवेदीले उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको जानकारी दिनुभएको हो ।
जेठ १९ : दरबार हत्याको २४औँ स्मृति दिवस
पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस सोमबार मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो ।
‘क्यान्सर लाग्दैमा मृत्यु हुँदैन’
क्यान्सर विजेताले क्यान्सर लाग्दैमा मृत्यु नहने बताएका छन्। क्यान्सर जित्ने समूहले आयोजना गरेको ३८ औँ राष्ट्रिय क्यान्सर सर्भाइभर्स दिवसको अवसरमा सहभागी क्यान्सर विजेताले क्यान्सर लाग्दैमा मृत्यु नहुने बताएका हुन्।
राहुघाट जलविद्युत् आयोजना निर्माणलाई तीव्रता दिन निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको उच्चस्तरीय टोलीले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ सञ्चालित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको आज स्थलगत अनुगमन गरेको छ ।
डुङ्गा दौडमा फेवा हर्पन र ताल पारीको जित
कास्कीको पोखरा महानगरको फेवातालमा आइतबार भएको दोस्रो राष्ट्रिय खुला डुङ्गा दौड प्रतियोगितामा पुरुषतर्फ हर्पन सहकारी संस्थाको ‘बी’ टोली पहिलो भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको आयोजना र फेवा डुङ्गा व्यवसायी संगठनको व्यवस्थापनमा भएको प्रतियोगितामा महिलातर्फ ताल पारी ‘बी’ सर्वाेत्कृष्ट बन्यो।
विश्वकप लिग–२ : स्कटल्यान्डविरुद्ध नेपालको अग्नि परीक्षा
आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपालले सोमबार घरेलु टोली स्कटल्यान्डविरुद्ध खेल्दै चौथो चरणको सिरिज सुरुवात गर्दै ।
हुम्ला सडक चार दिन खुल्ने, खुलालु-लालीघाट पाँच दिन बन्द
कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सडक खण्ड स्तरोन्नति कार्यका कारण केही दिनका लागि सो क्षेत्रमा सवारी आवागमनको व्यवस्थापन मिलाइएको छ ।
मधेशमा बालविवाह अन्त्यका लागि कानुन मात्रै पर्याप्त हुँदैन : मन्त्री सुडी
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मधेशमा जरा गाडेर बसेको बालविवाह अन्त्यका लागि कानुन मात्रै पर्याप्त नरहेको बताउनुभएको छ।
सुदूरपश्चिममा लामो दूरीका यातायात ठप्प
सुदूरपश्चिम प्रदेशमा रहेका यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरुले आइतबारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका छन् ।
डोटीमा जिप दुर्घटना : एक जनाको मृत्यु, आठ घाइते
डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना यात्रु घाइते भएका छन् । जिल्लाको केआइसिंह गाउँपालिका–५ केदार गाउँमा जिप दुर्घटना भएको हो ।
नेवार समुदायले मनाए शिथिः नखः पर्व
नेवार समुदायले आइतबार शिथिः नखः पर्व मनाएका छन् । नेवार समुदायले आज शिथि नखः पर्व हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
हुम्लाका उच्च स्थानमा हिमपात
जिल्लाका उच्च स्थानमा आइतबार हिमपात भएको छ । शनिबार राति वर्षा भएपछि जिल्लाका उच्च स्थानमा हिमपात भएको हो ।
भर्याङबाट लडेर वृद्धको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालका ४ चौतारा घर भएका एक वृद्धको भर्याङबा लडेर मृत्यु भएको छ । विद्युत् नभएको समयमा टर्च लाइट खोज्ने क्रममा पक्की घर भएको एक तल्लाको भर्याङबाट लडेर गम्भीर भएका सूर्यबहादुर थिङको उपचारको क्रममा मृत्यु भएको हो ।
स्याटलाइट र डेटा सेन्टर बनाउन जापानी प्रविधि प्रयोग गर्ने छौं : सञ्चारमन्त्री गुरुङ
जापान भ्रमणमा रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले नेपालले आफ्नै स्याटलाइट र डेटा सेन्टर बनाउँदा जापानी प्रविधिको प्रयोग गर्ने बताउनुभएको छ ।
पूर्वमन्त्री आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारत पूर्वमन्त्री आलमको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पताल प्रशासनले विज्ञप्ति निकाल्दै जानकारी गराएको हो ।
गणतान्त्रिक मूल्यको संवर्धन
नेपालमा २३९ बर्से शाहवंशीय राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा रक्तपातविहीन गतिशीलताको विम्बका रूपमा इतिहासमा अङ्कित छ ।
नेतृत्वको सञ्चार कुशलता
हिजोआज निर्वाचनका क्रममा उम्मेदवारले डिजिटल रणनीति, सामाजिक सञ्जाल, घरदैलो, सभा सम्मेलन, पोस्टर, ब्यानर र परम्परागत प्रचारका विभिन्न विधि अपनाउने गर्छन् । सामाजिक सञ्जालमा आकर्षक भिडियो, भावनात्मक भाषण र सटिक नारा निर्माण गर्दै मतदातासँग जोडिने प्रयाससमेत गर्छन् ।