संस्थाको घरजग्गा श्रीमतीलाई पास
बाँकेमा बादी समुदायको उत्थानका लागि लामो समयदेखि काम गर्दै आएको एक गैरसरकारी संस्थाका तत्कालीन अध्यक्षले संस्थाको नाममा रहेको चार करोडभन्दा बढीको घर र जग्गा श्रीमतीलाई नै बिक्री गरेर हिनामिना गरेको खुलासा भएको छ । सोसियल अवेयरनेस फर एजुकेसनल (सेफ) नेपाल संस्थाका पूर्वअध्यक्ष सुकलाल बादीले आफू अध्यक्ष रहँदा संस्थाको नाममा नेपालगन्ज–६, एकता नगरमा रहेको चार करोडभन्दा बढी मूल्यको चार कट्ठा जमिन र त्यसमा बनेको १४ कोठे दुई तले पक्की घर आफ्नी श्रीमती रिना बादीको नाममा पास गरिदिएको खुलासा भएको हो । सेफ नेपालका वर्तमान अध्यक्ष अभिषेक नेपालीले जग्गालाई सुकलाल र उनकी श्रीमतीले एनआइसी एसिया बैङ्कको कम्दी शाखामा धितो राखी ‘जैविकमार्ग सप्लायर्स’ नामक संस्थाको नाममा एक करोड ५० लाख रुपियाँ एनआइसी एसिया फास्ट ट्र्याक व्यवसाय
पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । बुधबार बिहान ७ः३५ बजे इच्छाकामना गाउपालिका–४ पृथ्वीराजमार्गको नाग्दी खोला भन्ने स्थानमा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।
सङ्घीयताका सात वर्ष : चार मुख्यमन्त्री, एकाउन्न मन्त्री
भौगोलिक विकटताका कारण विकास हुन नसकेको क्षेत्र भन्ने उपमा पाएको कर्णाली प्रदेशमा सङ्घीयता आएको सात वर्षमा खासै विकासले फड्को मार्न सकेको छैन । यद्यपि यो अवधिमा चार मुख्यमन्त्री र ५१ जना मन्त्री भएका छन् । सङ्घीयताको कार्यान्वयनसँगै गठन भएका प्रदेश सरकार केन्द्रीय राजनीतिको वरिपरि घुमेपछि सरकार बनाउने र ढलाउने कामले प्राथमिकता पाएको जस्तो देखिएको छ भने विकासले ठिक उल्टो ढङ्गले प्रभावित भएको छ । प्रदेश स्वायत्त बन्न नसक्दा हरेक छ महिना जसो नयाँ मुख्यमन्त्री र मन्त्री देखिने स्थिति सिर्जना भइरहेको छ ।
बागमती सभ्यता संरक्षण
बर्सेनिको मनसुनी प्रभाव भित्रिएसँगै बाढीपहिरोको त्रास मुलुकभर नै हुने गरेको छ । यस पटकको वर्षामा पनि बाढीपहिरोमा परेर सयौँको ज्यान गइसकेको छ भने भौतिक सम्पत्तिको नोक्सानीसमेत उत्तिकै भएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकाभित्रै पनि बाढीपहिरो र डुबानले क्षति हुँदै छ । उपत्यकामा खास गरी विसं २०५० पछि तीव्र गतिमा नदीनाला मिचेर बस्ती विस्तार हुन थालेपछि वर्षैपिच्छे डुबानको समस्या बढिरहेको छ । खोला अतिक्रमण गरेर बस्ती बसेपछि खोलाले आफ्नो बहाव क्षेत्र खोजेको मात्रै हो, खोलाले चर्चेको क्षेत्र बेला मौकामा उसले ढाक्न खोज्नु सामान्य कुरा भएको पुरानो अवस्था देखेभोगेकाहरूको भ
लगानीका नवीन विधि
नेपालमा विकास भन्नु नै भौतिक पूर्वाधार हो भन्ने बुझिएको छ तर यो विकास नभई विकासको पूर्वसर्त मात्र हो । विकासको प्रारम्भिक चरणमा सबै जसो मुलुकको प्रवृत्ति यस्तै देखिन्छ । तीनै तहका सरकारको बजेट विनियोजनको महìवपूर्ण अंश पूर्वाधारमा छ । सडक, पुल, सिँचाइ, प्रसारण लाइन, भवन, विमानस्थल क्षेत्रमा जनस्तरबाट अत्यधिक माग छ तर पूर्वाधारको चित्राङ्कन छैन । कुन क्षेत्रमा कति पूर्वाधार आवश्यक हो भन्ने चित्राङ्कनले विकास, वित्त र वातावरणबिच सन्तुलन कायम गर्न सकिन्छ । राजनीतिज्ञ र नीतिनिर्माताहरू भौतिक पूर्वाधार व्यवस्थापनको क्षमता बाहिर देखिएका छन् । त्यसैले पूर्वाधार क्षेत्रले समस्याहरू भोग्दै आएको छ ।
निजामतीमा महिला
पछिल्लो समय निजामती सेवामा महिलाको सहभागिता बढ्न थालेको छ । सङ्ख्यात्मक रूपमा मात्र नभएर नेतृत्व तहमै महिलाको उपस्थिति हुन थालेको छ । निजामती सेवाको इतिहासमै पहिलो पटक मुख्य सचिवमा महिला पुग्नुभएको छ । साउन १० मा बसेको मन्त्रीपरिषद् बैठकले लीलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । पूर्व मुख्य सचिव वैकुण्ठ अर्याल निलम्बनमा परेसँगै लीलादेवी गड्तौलाले निमित्तको जिम्मेवारी पाउनुभएको थियो । २०५२ सालमा न्याय सेवाको शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गर्नुभएकी लीलादेवी सचिव भएको चार वर्षपछि पहिलो महिला मुख्यसचिव भ
मानव स्रोत व्यवस्थापनको अर्थ : लोक सेवा विशेष विषयगत प्रश्नोत्तर
मानव स्रोत व्यवस्थापनको अर्थ १. मानव स्रोत व्यवस्थापन भनेको के हो ? नेपालको निजामती सेवामा मानव स्रोत व्यवस्थापनमा संलग्न निकाय र तिनको भूमिका माथि प्रकाश पार्नुहोस् । सङ्गठनको लक्ष्य तथा उद्देश्य हासिल गर्न मानव स्रोतसम्बद्ध विविध पक्षको व्यवस्थापन गर्ने कार्य नै मानव स्रोत व्यवस्थापन हो । यसले सङ्गठनमा कामदार वा कर्मचारीको भर्नापूर्वदेखि अवकाशसम्मका नीतिगत, संरचनागत तथा प्रव्रिmयागत विषयको समग्र व्यवस्थापनलाई जनाउँछ । मानव स्रोत व्यवस्थापन अन्तर्गतका कार्यलाई मूलतः मानव स्रोतको प्राप्ति, विकास, उपयोग र संवर्धन गरी चार आयाममा वर्गीकरण गरी अध्ययन गर्ने गरिन्छ । निजामती सेवामा मानव स्रोत व्यवस्थापनमा संलग्न निकाय र तिनको प्रमुख भूमिका
मुहम्मद युनुस : बङ्गलादेशको ‘गरिबको बैंकर’
नोबेल पुरस्कार विजेता लघुवित्त अग्रणी मुहम्मद युनुसलाई बङ्गलादेशी आन्दोलनकारी नेताहरूले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई प्रतिस्थापन गर्न एउटा अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् ।
काभा महिला भलिबल : फाइनलमा नेपाल र भारत भिड्ने
नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।
बङ्गलादेशका राष्ट्रपतिद्वारा संसद् विघटन
बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ ।
वैदेशिक रोजगारी : एक वर्षमा ४८ जनाको मृत्यु
सूचना परामर्शकर्ता लामाका अनुसार आर्थिक वर्ष २०८०⁄०८१ मा दाङबाट वैदेशिक रोजगारीमा जानुभएका ४८ जनाको मृत्यु भएको छ ।
बङ्गलादेशमा रिहा भएका राजनीतिक बन्दीको पर्खाइमा परिवार
बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरूको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।
वर्षाले हवाई उडान प्रभावित
गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
डेंगुबाट एकको मृत्यु
देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगुबाट एकजनाको मृत्यु भएको मङ्गलबार जनाएको हो ।
बाढी र लेदोको कारण बिपी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण विपी राजमार्गको काभ्रेपलाञ्चोक सडक खण्ड अवरुद्ध भएको छ ।
पहिरोले घर पुरिँदा एकको मृत्यु, तीन बेपत्ता
गुल्मीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता र दुई घाइते भएका छन् ।
स्थानीय तहको अनियमितता
राजनीतिक परिवर्तनपछि मुलुकले अवलम्बन गरेको सङ्घीय शासन प्रणाली अन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारबाट जनतामा सेवा प्रवाह हुँदै आएको छ । जनतासँग नजिकको सम्पर्कमा रहने स्थानीय तह घरदैलोमै पुगेर सेवा प्रवाह गर्न क्रियाशील रहेका कारण ‘गाउँ गाउँमा सिंहदरबार’ भन्न थालिएको हो । मुलुकको संविधानले नै स्थानीय तहलाई २२ किसिमका एकल अधिकार तोकिदिएको छ भने तीन तहका सरकारबिच १५ किसिमका साझा अधिकार सूचीकृत छन् । जनचाहना अनुरूपको सहज सेवा प्रदान गरी स्थानीय तहमा सुशासन प्रवर्धन गरेर सङ्घीय शासन प्रणालीको संस्थागत विकास गर्नु मूल ध्येय हुँ
लोकतन्त्रको आत्मसम्मान
नेपाली कांग्रेस र नेकपा (एमाले) को ‘गठबन्धन’ सरकार गठन भएपछि संविधान संशोधनको बहस सुरु भएको छ । स्वाभाविक छ, बहसले देशको राजनीति तरङ्गिएको छ । तरङ्गको प्रभाव संविधान संशोधन चाहने र नचाहने दुवै पक्षमाथि परेको छ भने सरोकारवाला निकाय यसबाट झस्किएका पनि छन् । विसं २०७२ को संविधानले प्रदान गरेका हक अधिकार कतै कुण्ठित त हुने हैनन् भनेर दलित, आदिवासी, महिला, मधेशी, जनजाति, अल्पसङ्ख्यक, दुर्गम हिमाली क्षेत्र, पिछडा वर्गलगायतका समुदायमा त्रास पनि पैदा भएको छ । संविधान संशोधनको बहसले पेसागत समूहलगायत सबै क्षेत्र तथा समुदायलाई सोच्न बाध्य बनाएको छ । स्वाभाविक रूपले सञ्चार र पत्रकारिता क्षेत्र पनि अपवाद हुन सक्दैन ।
अर्थतन्त्रमा पर्यटन क्षेत्र
केही वर्षयता विश्वका साना देशमा पर्यटन क्षेत्रको विकास तीव्र गतिले भइरहेको छ । फलतः यी देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान पनि बढिरहेको छ । उदाहरणका लागि सन् २०१९ मा मकाउको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५२.२ प्रतिशत थियो भने दक्षिण एसियाली देश माल्दिभ्सको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २६.४ प्रतिशत थियो । यसै गरी सेसेल्सको कुल गार्हस्थ उत्पादनमा यो क्षेत्रको योगदान २६.४ प्रतिशत थियो, जसलाई न्यून मान्न सकिँदैन । सन् २०१९ मा विश्वका सात देशका कुल गार्हस्थ उत्पा
गरिबीमाथि विपतको मार
सन् २०२४ को मनसुन प्रारम्भ भएपश्चात् जुलाई १७ सम्ममा ज्यान नै लिने खालका ३८ वटा घातक पहिरो गएका र १३५ जनाको मृत्यु भयो । कतिपय पूर्वाधार र कृषि तथा पशुजन्य उत्पादनमा क्षति पुगेको छ । यो वर्षको मनसुन अक्टोबरको सुरुवातसम्म रहने भनिएको हुँदा अझ पनि पहिरो जाने र त्यसबाट प्रभावित हुने सम्भावना बाँकी नै छ । जोखिमयुक्त स्थानमा भारी वर्षा हुनासाथ मानिसहरू आफू बसोबास गरेको स्थानबाट सुरक्षित र फराकिलो स्थानमा शरण लिन जानुपर्ने बाध्यता छ ।
वैदेशिक लगानीका उल्झन
वैदेशिक लगानी नाफाको उद्देश्य राखेर एक देशबाट अर्को देशमा हुने पुँजीको आप्रवाह हो, जहाँ यस्ता लगानीलाई आफ्नो देशभित्रको घरेलु पुँजीसरह स्वामित्व, विकास र मुनाफा विस्तारको अनुमति रहन्छ । एक देशको व्यक्ति, समूह, संस्था, कम्पनी, गैरआवासीय नागरिक वा सरकारले मुनाफाको उद्देश्यबाट अर्को देशमा गएर गरिने लगानी र सेयरका आधारमा हक सुनिश्चित हुने लगानीलाई वैदेशिक लगानी भनिन्छ । सन् १९९० को दशकमा विश्वव्यापी आर्थिक उदारीकरणको नीति अ
सम्पदा जोगाउने फैसला
सनातन संस्कृति, सम्पदा र परम्परासँग जोडिएका काठमाडौँ उपत्यकाका नदी र खोलाको बहाव क्षेत्र निर्धारण गर्ने सन्दर्भमा सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ आएपछि सरोकारवाला नदी व्यवस्थित गर्ने तयारीमा जुटेका छन् । २०८० पुस ३ गते सर्वोच्चका न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गरेको फैसला अनुसार बागमती नदीको बहाव क्षेत्र ४० मिटर र अरू सहायक नदीको बहाव क्षेत्र २० मिटर बनाउने गृहकार्य र छलफलमा सम्बन्धित निकाय जुटेका हुन् । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिकासहित राज्यका सम्बन्धित निकायले यसबारे आन्तरिक गृहकार्य सुरु गरेका छन् ।
जलमग्न घोराही
सोमबार दिउँसो परेको भारी वर्षाका कारण ढलले थेग्न नसकेर जलमग्न बनेको घोराही उपमहानगरपालिका–१५ स्थित मुख्य बजारको सडक क्षेत्र ।
राखेप सदस्य सचिव रहने नरहने काममा भर पर्छ : मन्त्री चौधरी
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ पदमा रहिरहने या नरहने उहाँको कामले निर्धारण गर्ने बताउनुभएको छ ।