सञ्चालन नहुँदै डबली जीर्ण
लुम्बिनी प्रदेश सरकारको करिब सात करोड रुपियाँको लगानीमा डेढ वर्षअघि तयार भएको ‘श्रीनगर सांस्कृतिक डबली’ (खुला नाचघर) सञ्चालनमा आउन सकेको छैन । सञ्चालनमा नआउँदै डबलीका संरचना जीर्ण बनेका छन् । आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले निर्माण गरिएको सांस्कृतिक डबली सञ्चालनमा प्रदेश सरकारले नै बेवास्ता गर्दा बनेको संरचना बिग्रिँदै गएको हो । डबली सञ्चालन गर्न कार्यविधि र निर्देशिका बनाउन प्रदेश सरकारको ध्यान पुगेको छैन । प्रदेश सरकारको बेवास्ताका कारण जनताको राजस्वबाट भएको लगानी खेर जान लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
धार्मिक र जातीय सद्भाव कायम राख्न आग्रह
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले धार्मिक र जातीय सद्भाव कायम गराउन नसक्ने हो भने देश अप्ठ्यारो स्थतिमा जाने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले सद्भाव कायम गराउन सबै पक्ष लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बिपीको सुपर्दगीविरुद्धको फैसला
भारतीय स्वतन्त्रता आन्दोलनमा बिपी कोइरालाको ठुलो योगदान छ। भारतीय स्वतन्त्रता आन्दोलन ताका उनी पटक–पटक पक्राउ परेका थिए। एक पटक दरभङ्गा जिल्लामा जुटमिलका मजदुरलाई सङ्गठित गर्ने क्रममा पक्राउ परी केही महिना जेलमा राखियो र पछि छोडियो। दोस्रो पटक पटनामा पक्राउ परी केही महिनापछि छोडियो। तेस्रो पटक सन् १९४२ को सुरुमा पुनः पटनामा महात्मा गान्धीसँगै पक्राउ परी केही महिना हिरासतमा राखियो। एक पटक पटना आउँदा आउँदै बिपीलाई सन् १९४२ को अन्तिमतिर पक्राउ परी पटना जेलमा डा. राजेन्द्र प्रसाद, अनुग्रह नारायण सिंह जस्ता नेतासँगै राखियो। केही महिनापछि हजारीबाग जेलमा सारियो। बिपी हजारीबाग जेलमै हुँदा नेपालका राणा शासकले उनलाई सुपु
पर्यटन : आर्थिक विकासको मेरुदण्ड
पर्यटनको इतिहास धेरै पुरानो रहेको देखिन्छ। सम्राट् अशोक लुम्बिनी आएको र बौद्ध क्षेत्रको दर्शन गरी स्तम्भ राखेको प्रामाणिक इतिहास छ। हिरोडट्सले इजिप्ट, प्यालेस्टाइन, दक्षिणी रसिया, उत्तरी अफ्रिकाको यात्रा गरेका थिए भनिन्छ। प्राचीन रोमनहरू बिदामा विदेश घुम्ने गर्दथे। बेलायती पर्यटन व्यवसायी थोमस कुकले सामूहिक पर्यटनको सुरुवात गरेका थिए। हुएन साङले उत्तरी नेपालको भ्रमण गरेका थिए। नेपालको एकीकरणपछि पनि राजनीतिक सम्बन्धका लागि विदेशीहरूले नेपालको भ्रमण गर्ने गरेको पाइन्छ। कर्कप्याट्रिक, ह्यामिल्टन, हड्सन जस्ता व्यक्तिहरूले नेपाल भ्रमण गरी सामाजिक, सांस्कृतिक पक्षह
कोरलामा लाग्ने अन्तरदेशीय व्यापार मेला चार वर्षदेखि रोकिँदा स्थानीय मर्कामा
मुस्ताङको कोरला नाकामा परम्परागत रूपमा लाग्ने अन्तरदेशीय व्यापार मेला रोकिँदा माथिल्लो मुस्ताङका स्थानीयहरूको जनजीवन प्रभावित भएको छ । कोभिड–१९ को महामारीका कारण रोकिएको व्यापार मेला अझै अझै सञ्चालन भएको छैन ।
चैतदेखि पाइपलाइनबाट पेट्रोल आयात
नेपाल आयल निगमले आगामी चैत महिनादेखि पाइपलाइनबाट पेट्रोल आयात गर्ने गरी काम अगाडि बढाएको छ । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढाइएको नेपाल आयल निगमले जनाएको छ । आगामी अप्रिल अर्थात् चैत महिनासम्म पाइपलाइनबाट पेट्रोल र मटितेल ल्याउने गरी पूर्वाधार निर्माणको काम अगाडि बढाइएको नेपाल आयल निगम अमलेखगन्ज कार्यालयले जनाएको छ ।
परमाणु हतियारको प्रयोगविरुद्ध जी–२०
विश्वका शक्तिशाली अर्थतन्त्रयुक्त मुलुकको समूह जी–२० ले परमाणु हतियारको धम्की वा त्यसको प्रयोग स्वीकार गर्न नसकिने घोषणा गरेका छन्। भारतमा शनिबारदेखि सुरु भएको जी–२० समूहको शिखर सम्मेलनले पारित गरेको घोषणापत्रले युक्रेन युद्धलाई औँल्याउँदै दिगो शान्तिको पक्षधरता देखाएका हुन्। रुसको नाम नलिई जी–२० सदस्य मुलुकले बाली घोषणापत्रको स्मरण गराएका छन्। जस अनुसार युक्रेनमा दिगो शान्तिका लागि सबै देशले संयुक्त राष्ट्रसङ्घको बडापत्रको सिद्धान्त अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्। घोषणापत्रमा सदस्य राष्ट्रहरूलाई आफ्नो सिमाना विस्तार गर्न बल प्रयोग वा धम्कीबाट अलग रहन पनि स्मरण गराइएको छ।
क्षयरोगले आक्रान्त मुसहर बस्ती
एक दशकअघि धुर्मुस सुन्तली फाउन्डेसनले भवन निर्माण गरेपछि देशव्यापी चर्चा पाएको बर्दिबास–१४ स्थित नमुना मुसहर बस्ती केही समययता क्षयरोगले आक्रान्त बनेको छ । बस्तीमा मुसहर समुदायका ५२ परिवारको बसोबास छ । तीमध्ये अधिकांशमा क्षयरोगको सङ्क्रमण देखिएको छ । क्षयरोगबाट ५२ वर्षीय फूलकुमारी सदा र ४२ वर्षीय वासुदेव सदाको मृत्यु भइसकेको बर्दिबास नगरपालिकाका, नगर स्वास्थ्य शाखाले जनाएको छ ।
सामयिक नैतिकताको पुनरुत्पादन
लोकतन्त्र र गणतन्त्रलाई नैतिकता नभएको चिज भनेर जसरी आज बदनाम र अस्वीकृत गरिँदै छ; लोकतन्त्रले प्रार्थना, विनयशीलता र कृतज्ञता गुमाउँदै गएको देखिन्छ । यस्तो समाज अराजक र अनुशासनहीन बन्दै जान्छ, गएको छ । नैतिकतालाई आचरणका रूपमा विकास गरेर लैजाने समाज समुन्नत हुन्छ । नैतिकतामा एकरूपता नहुनु वर्तमान समयको मूल समस्या हो, अन्तर्विरोध हो । नयाँ सन्दर्भमा नैतिकताको पुनव्र्याख्या आवश्यक छ । नैतिकता सामाजिक मूल्यको सिद्धान्त हो, नैतिकता र आचरण हो, जीवन पद्धति हो । नैतिकतालाई आ–आफ्नो अनुकूलतामा परिभाषित गरिन्छ, त्यसैले नैतिकता स्खलनको आरोप नखेप्ने मान्छे कमै छन् । इमानदार हुनु भनेको कमजोर बन्नु झैँ भएको छ । भुल्न नहुने कुरा, जुनसुकै मानक बन्न र भत्कन लामो समय लाग्छ । कुनै पनि मानक बन्ने व्रmममा त्यहाँ लामो समय अभ्यास भएको धर्म, परम्परा, संस्कृति, विज्ञान र कानुनको प्रत्यक्ष–अप्रत्यक्ष निगरानी र साझेदारी रहेको हुन्छ । सामाजिक मूल्यको स्थापनार्थ सामाजिक, धार्मिक र राजनीतिकलगायत अन्य क्षेत्रका अगुवाको देन महìवपूर्ण हुन्छ । समाजको आफ्नो छुट्टै मानक, नैतिकता, सामाजिक समझ र व्यवहार हुन्छ । सामाजिक व्यवहारको आलोकमा नैतिकता निःसृत हुन्छ । नैतिकता सामयिक पनि हुन्छ । विगतमा नैतिक लाग्ने विषय आज अनैतिक र अवैधानिक बनेका हुन्छन्, त्यसैले सामयिक नैतिकताको पुनरुत्पादन हुनु जरुरी छ । नैतिकताको पुनर्निर्माण प्रव्रिmयाको पनि थालनी आवश्यक छ । सामाजिक भौतिक मूल्य र नैतिक मूल्य एकै होइनन् ।नैतिकता त्यस्तो चिज, व्यवहार र आदर्श हो; जसले भौतिक मूल्यलाई कहिल्यै प्राथमिकीकरण गर्दैन । नैतिक मूल्य र उचाइ अङ्कगणितीय जोड घटाउमा भेटिन्न । कतै गणितमा नैतिकता भेटियो भने अच्युत रहँदैन । आजकल नैतिकताको पनि व्यापार भएको पाइन्छ । नैतिक देखिनेहरू पनि बिकेका र चुकेका पाइन्छन् । लोभ र मोहमा फसेका देखिन्छन् । सार्वभौम नैतिकताले बाटो बिराएको देखिन्छ, अतः नैतिकताको पनि पुनरवलोकन, पुनव्र्याख्या र पुनर्पुष्टि जरुरी देखिएको छ ।कुनै पनि कुराको औचित्य त्यति बेलासम्म रहन्छ, जति बेलासम्म उसले आफ्नो प्राकृत स्वभाव गुमाउँदैन, उसको धर्ममा आँच आउँदैन । ऊ अप्रश्नीय बन्छ । जब ऊ आफ्नो धर्मबाट विचलनमा पुग्छ तब उसका बारेमा पूर्वमान्यता, दर्शन र मानकबारे सोचमग्न बन्ने स्थिति पैदा हुन्छ । हाम्रो समाजमा प्राचीनकालदेखि स्थापित नैतिक मूल्यमा गिरावट आएको छ । कतिपय अवस्थामा पुरानो अभ्यास र मानक भत्काउने स्वाभाविक प्रव्रिmया हुन्छन् । तिनलाई भत्काएर नवनिर्माणको खाँचो हुन्छ । कति अस्वाभाविक रूपमा स्खलनमा जाने हुनाले नवमान्यता स्थापित गर्न विहङ्गम विमर्श चलाउनु सामयिक हुन जान्छ । जसका लागि समाजमा अभ्यास गरिएको धार्मिक कानुन, त्यसले पारेका प्रभाव र समाजमा छोडेको अमिट छाप, मनोविज्ञान र विश्वासबारे तथ्यमा पुग्ने यत्न गर्नु पर्छ ।विसर्जनतिर नैतिकतासमाजमा उच्च नैतिकता र संवेदनशीलता प्रदर्शन गरेर कर्तव्य निर्वाह गर्नुपर्ने डाक्टर बिरामीको उपचारमा कम औषधी बेचबिखनमा बढी सव्रिmय हुन थाल्यो । डाक्टर कम, व्यापारी ज्यादा हुन लाग्यो । शिक्षाधिकारी पद प्राप्त गर्न रकम बोलकबोल गर्दै हिँड्न थाल्यो । विश्वविद्यालयको प्राध्यापक, न्यायालय मुद्दा किनबेच मोलमोलाइको अखडा बन्यो । वकिल र न्यायाधीश बिचौलिया र न्याय खरिद–बिव्रmीका एजेन्ट बन्न पुगे । न्यायालय कुनै कर्पोरेट हाउस झैँ भएको छ । प्राविधिक जनशक्ति प्राक्टिस छोडेर प्रवचनमा जोड दिन थाल्यो । रेडव्रmस भ्रष्टाचारको मिसनमा फेरियो । धर्मशाला पाँच तारे होटलमा परिणत भयो । मन्दिर, चर्च र गुम्बा पुजारी, पादरी र लामाको व्यापारिक दोकान बन्दै छन् । बुद्ध मार्ने र हिटलर पाल्ने महान् मान्छेको दर्जामा उक्लियो । नागरिकलाई दिने अधिकार संविधानमा फर्जी बनेर बस्यो । अछुत बनाइयो । व्यवहारमा छुवाछुत र भेदभाव हटेन भनेर गुनासो गर्ने नागरिकलाई समानता र अधिकार संविधानमा छ भनेर सरकार गैरजिम्मेवार बन्छ । यस्तै गरी नागरिक अधिकार खोज्ने तर कर्तव्य बिर्सने बन्यो । राज्यका सबै निकाय र अवयव अगतिशील बन्न थाले तब नैतिकता, इमान, विश्वास र दर्शनको जग भत्कँदै, चर्कंदै, हल्लँदै जान थाल्यो । यही विचलन, अवसाद, विसर्जन, वियोग, नैतिकताको क्रय–विक्रय, क्षति र घाटालाई उकासेर नैतिकता र धर्मको पुनः परिभाषा अपरिहार्य भएकाले नैतिकताको पुनव्र्याख्या जरुरी भनिएको हो ।समाज सधैँ सनातन तवरले चल्न सक्दैन । कतिपय असामयिक मानक र बार भत्काउनु र नयाँ इँटा राख्नु पर्छ । नूतन संस्कृति र संस्कारको थालनी गर्नु पर्छ । पूर्वीय दर्शनले प्रतिपादन गरेका विराट मूल्य र अस्तित्व जोगाउन पनि यसको कमजोरी सुधार गरेर आगामी पाइला चाल्नु पर्छ । नेपालले पनि हिन्दु धर्म र यसको विराट दर्शन, सौन्दर्य र ज्ञानको अथाह भण्डार बचाइराख्न यहाँ अभ्यास गरिएका जातीय छुवाछुत र विभेदजन्य संस्कार, संस्कृति र परम्परालाई जरैदेखि उन्मूलन गर्न अभियान चलाउन जति ढिला गर्यो, नोक्सानी त्यति नै बढ्ने छ ।हिन्दु धर्मको अभ्यास गर्नेहरूमा जातीय छुवाछुत छैन भनेर सफेद झुट बोल्ने र ढाकछोप गर्ने, टालटुल पार्ने काम मानवताविरुद्धको अपराध र मानवीय सभ्यतामाथिको भद्दा मजाक हुने छ । कमजोरी हटाएर यसको मूल्यबोध गर्न जति ढिला ग¥यो, उति हिन्दु धर्म सङ्कुचनमा परेर सङ्कटोन्मुख हुने पक्का छ । एउटा धर्म दर्शनको विलुप्ति उसकै कारण होला तर उसको उपस्थितिमा, उसकै दार्शनिक मान्यताले मान्छेको बाँच्न पाउने हक खोसिनु किमार्थ स्वीकार्य हुन्न । समस्या छन् भने तिनको निदान र उपचार पनि छ । ज्ञान–विज्ञानको युगमा अन्धविश्वास र अन्ध तर्कलाई विस्थापित गर्दै धर्म, दर्शन र संस्कृतिले अँगालेका मानव हितकारी तìवको आत्मसात् र अमानवीय रूढिग्रस्त विचारलाई तिलाञ्जली दिएर समयको रथलाई आफू अनुकूल बनाउनु पर्छ । धर्म र अप्रमाणिक भनेर सबै कुरा त्याज्य र विस्मृतिमा लैजान लायक छैनन् । मानवीय गुण र भावनाले ओतप्रोत दर्शन पनि छन् । चर्चा र विवादको घेरामा रहेको मनुस्मृति फगत घृणाको लायक मात्र छैन, राज्य सञ्चालनार्थ अति आवश्यक सोच र दर्शन पनि छन् । समाजलाई यतिका वर्ष बाँधिराख्ने कडी पनि हो मनुस्मृति । मान्छेलाई मान्छे नसम्झने त्यो दुर्गुण र विभेद निन्दनीय र निषेधयोग्य छ । सकारात्मकताको ग्रहण र नकारात्मकताको निषेध आजको सङ्कथन हो । दर्शन, विचार, संस्कृति र परम्परा नभएको समाज र मान्छे हुँदैन । त्यसैले असल पक्षको प्रवर्धन गर्दै खराबलाई त्याग्ने नवसंस्कृति बसाल्न देशका प्राज्ञिक, बौद्धिक र प्रबुद्ध वर्गले धर्म नैतिकताको पुनव्र्याख्याको अभियानमा आफूलाई समाहित गर्दै लैजानु पर्छ । सर्वस्वीकार्य नैतिकताको भाष्य निर्माण गर्नु पर्छ । वैचारिक बहस निर्माण गर्नु पर्छ । मस्तिष्क मन्थनको परिपाटी बसाउनु पर्छ । सत्यलाई दृष्टिगोचर गर्ने तरिकालाई फराकिलो बनाउनु पर्छ । कुनै कालखण्डमा स्वार्थवश र अन्जानवश धर्म दर्शन विशेष गरी वेदको व्याख्या गरिँदा आएका विकृत विषय महिला र शूद्रको नाममा हुने विभेदजन्य पक्षलाई सच्याउने र धर्मले विभेद गर्दैन भन्ने नीति मीमांसालाई पालन गर्दै मार्ग तय गर्न सकिएन भने भयङ्कर दुर्घटना निम्तिने खतराबाट सम्बद्ध पक्ष, सरोकारवाला र राज्यको नीति निर्माण तहमा बस्नेहरू सचेत रहनु पर्छ ।विनिर्माणको अमृतमय अवसरअग्नि (आगो) नै सत्यको उद्घाटन गर्ने उच्चतम शिक्षक भनेर परिचय गराउने सर्वप्राचीन ऋग्वेद पक्कै सामान्य विद्या र लहडी लेखन होइन । वेदभित्र के छैन ? कति गहन जीवन, दर्शन, नीति नियतिको र विज्ञान छ । स्वामी प्रपन्नाचार्यले उसै ‘वेदमा के छ’ लेखेका होइनन् ? त्यसै गरी वेदभित्र त्याज्य कुरा र प्रसङ्ग पनि छन् । वेदलाई आजको युग चेतनाले अपौरुषेय मान्दैन । वेद, पुराण, महाभारत जस्ता कृति मानव लिखित साहित्य, धर्म र दर्शन हुन् । यिनको गुदी ग्रहण गर्ने र बाँकी प्राचीन सभ्यता र इतिहास, साहित्य र तत्कालीन चेतना भनेर मात्रै बुझ्ने बुझाउने गरियो भने यसबाट उत्पन्न हुने विवाद र झन्झटमा फसेर अलमल परेर बस्नु पर्दैन । वेद ज्ञानको अथाह भण्डार हो । आज पर्यन्त रहस्यको गर्भभित्र थुप्रै कुरा छ भनेर विज्ञानले स्वीकार गरेको छ भने इपू १८०० देखि १५०० वर्षपहिले रचनाको अनुमान गरिएको ग्रन्थलाई आजको चेतना र चस्माले हेर्नु वाञ्छनीय हुन्न । यसको आफ्नै सामाजिक मूल्य र नैतिक धरातल तथा दार्शनिक मत रहेको छ । यद्यपि पुरानो हुनेबित्तिकै यो समग्रमा सही छ र हो भन्ने चिन्तन बिल्कुल गलत हो । अतीतमा जे सही र मानक मूल्य हुन्थ्यो, सो आज हुन÷नहुन सक्छ; त्यसैले मूल्याङ्कन, पुनर्मूल्याङ्कन, पुनरवलोकन, पुनर्ताजगी विज्ञानको नियम र गति हो । विवेकपूर्ण सचेतता हो । जतिसुकै प्राचीन सिद्धान्त र मान्यता भए पनि (सामयिक) अहिलेको युग विज्ञान र परिवेश सुहाउँदो बन्न सकेन भने त्यसको मृत्यु अवश्यंभावी छ । मानव निर्मित शास्त्रबारे मानवले प्रश्न गर्ने पुनर्पठन गर्ने अधिकार राख्छ । आजको सरोकार मृत्युको होइन, कालजयी कृतिको अमरत्वका लागि हो । जीवनका जटिलतालाई ज्ञानको मार्ग र दर्शनद्वारा निरुपण गर्न सकिन्छ भन्ने तेजस्वी मन्त्रलाई पालना गर्ने हो भने कुनै पनि कुराको परिमार्जन शास्त्रसम्मत नै मान्न सकिन्छ । आफैँले आफैँलाई चिन्नु, चिनाउनु पूर्वीय दर्शनको मूल स्थापना भएको हुनाले कुनै पनि मृत धारणा बोकेर कुद्नु पनि यस धर्मको मर्मविपरीत हुन जान्छ भन्ने तथ्य र तर्क यसका अनुयायीले बुझ्नु पर्छ । दर्शन बुद्धि, तìव र ज्ञानको विषय भएको हुनाले तìवको साक्षात्कार र अनुभूति दर्शनको ध्येय हो । पौरस्त्य दर्शनशास्त्र अनुसार आध्यात्मिक अनुभूतिबाट तìव ज्ञान सम्भव छ; सो अनुभूतिलाई उद्देश्यमूलक बनाउने विषय अहिलेको प्रमुख चुनौती र अवसर हो । कुनै पनि कुराको पुनरवलोकन अमृतमय अवसर पनि हो ।आचरण बन्नु पर्छ नैतिकताधर्म वस्तुको प्राकृतिक गुण हो । धर्मसँग नैतिकता जोडिएर आउँछ । नैतिकता भौतिक मूल्य नभएको उच्चतम अभ्यास र संस्कार हो । नैतिकताको अनुहार जहिले र जताबाट हेरे पनि एकै हुन्छ । अनैतिक र विरोधाभासको अनुहार अनेकथरी हुन्छ तर नैतिकता जताबाट हेरे पनि उही र उस्तै देखिनु पर्छ । नैतिकता अवलम्बन गरिने विषय हो, ढोङ्ग होइन । नैतिकताको दोहोरो मापदण्ड हुनुहुन्न । सत्तामा बस्दा र सत्ताबाहिर बस्दा फरक फरक नैतिकता र राष्ट्रिय दृष्टिकोणमा भिन्नता आजको मूल्यहीन राजनीतिको विकृत रूप र अनुहार हो ।