• २२ साउन २०८१, मङ्गलबार

प्रदर्शनकारीद्वारा प्रधानमन्त्रीको कार्यालय रहेको भवनमा आक्रमण

blog

ढाका, साउन २१ गते । बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाको राजीनामाको माग गर्दै आन्दोलनमा सहभागी प्रदर्शनकारीले प्रधानमन्त्री कार्यालय रहेको भवनमा आक्रमण गरेका छन् ।

ढाकामा आन्दोलनमा व्यापक सहभागितापछि प्रधानमन्त्री हसिना आफ्नो व्यक्तिगत सुरक्षालाई दृष्टिगत गर्दै यसअघि नै प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको थियो ।

ढाकास्थित एएफपीका संवाददाताका अनुसार प्रधानमन्त्रीको भवनमा हजारौँ बङ्गलादेशी प्रदर्शनकारीले आक्रमण गरेका छन् ।

उहाँ कहाँ जानुभएको हो भन्नेबारे प्रधानमन्त्री निकट स्रोतले तत्काल कुनै प्रतिक्रिया दिएको छैन । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार उहाँ ढाकाबाट हेलिकोप्टर चढेर ‘अन्यत्र’ जानुभएको छ ।

बङ्गलादेशको च्यानल २४ ले राजधानीमा रहेको प्रधानमन्त्रीको सरकारी निवासमा भीड जम्मा भएको र क्यामेरामा हात हल्लाउँदै खुसीयाली मनाइरहेको तस्बिर प्रसारण गरेको छ ।

“म गणभवन दरबारभित्र छु,” बङ्गलादेशी पत्रकार येसिर अराफातले एएफपीसँग भन्नुभयो । उहाँले भन्नुभयो, “दरबारभित्र एक हजार ५०० भन्दा बढी मानिस छन् । उनीहरूले फर्निचर भाँचिरहेका छन् भने सिसाहरू तोडफोड गरिरहेका छन् ।

हसिनानिकट एक स्रोतले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “छयहत्तर वसन्त पार गरेकी हसिना आफ्नी बहिनीसँग ढाकाबाट ‘सुरक्षित स्थान’का लागि निस्किनुभएको छ । उहाँले ‘भाषण रेकर्ड गर्न चाहनुहुन्थ्यो तर त्यसो गर्ने अवसरसमेत पाउनुभएन ।” रासस/एएफपी

यो पनि पढ्नुहोस

बङ्गलादेशका प्रधानमन्त्री हसिनाले देश छोड्नुभयो

प्रधानमन्त्री हसिनाले राजीनामा दिने ‘सम्भावना’