‘चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना’
नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको जनाएको छ ।
बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी
मुलुकभरि बाँदरले कृषिबालीमा क्षति गर्न थालेपछि सरकारले बाँदरलाई कृषिबालीका लागि हानिकारक वन्यजन्तु घोषणा गर्ने तयारी गरेको छ ।
सुशासनको आधारशिला
मुलुकको आर्थिक समृद्धिको मूल आधार भनेकै सुशासन हो । सुशासन कायम नहुँदासम्म विकास र समृद्धि यात्राले गति लिन नसक्ने भएकाले सरकारले यसतर्फ विशेष ध्यान केन्द्रित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन कायम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने वचनबद्धता पटक पटक दोहो¥याउँदै आउनुभएको छ । त्यसो त सरकार अविच्छिन्न उत्तराधिकारवाला संस्था हो र अघिल्लो सरकारले पनि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गर्दै चालेका
राजनीतिक नैतिकताको प्रश्न
मानवीय गतिविधिमा सबैभन्दा महत्वपूर्ण राजनीति हो । राजनीतिबाट नै समाज, नागरिक र मानव जातिका लागि सर्वश्रेष्ठ या महानतम कार्य प्रदर्शन गर्न सकिन्छ तर राजनीतिमा नैतिकता भएन भने समग्र मानव जातिकै नोक्सान हुन सक्छ । राजनीतिमा नेताको भूमिका महत्वपूर्ण हुन्छ । राजनीतिक प्रणाली जस्तोसुकै होस्, भौगोलिक क्षेत्रफल, जनसङ्ख्या या अन्य सूचकाङ्कहरू घटी बढी जे होस्, जस्तोसुकै परिस्थितिमा पनि नेता हरेक देशमा हुन्छन् तर सबै नेता एकै प्रकारका हुँदैनन् । खराब मात्र होइनन्, असल नेताको चारित्रिक विशेषता पनि फरक फरक हुने गर्छ र त्यही फरकपनले नै उनीहरूलाई एक विशिष्ट नेताको रूपमा संसारले चिन्ने गर्छ ।
विकाससँगै विनाश
सडकले सहज यात्रासँगै मानवीय जीवनशैलीमा सहजता ल्याएको छ । गाउँ गाउँमा निर्माण भएका सडक ग्रामीण भेगको आर्थिक विकासका सहयोगी भइरहेका छन् । सडकको कारण नागरिकको जीवनस्तरमा उल्लेखनीय परिवर्तन आउन सम्भव भएको छ । २०२१ सालमा सिद्धार्थ राजमार्गको निर्माण सुरु भएको थियो । त्यसको चार वर्षपछि यो राजमार्ग सञ्चालनमा आयो । मान्छेले हातले नै खनेको यो सडक अहिले पनि सहज छैन । सिद्धार्थ राजमार्ग जस्तो अन्य मुख्य राजमार्गमा नियमित सवारीसाधन सञ्चालन भएको वर्षौंसम्म पनि ग्रामीण क्षेत्रका नागरिक सडक सञ्जालको पहुँचबाट टाढा रहे । उनीहरू मोटर चढ्न मुख्य
अतिवादले ढलेको शासन
राजनीति गर्नेले सत्ताको शक्ति र उन्मादमा अतिवादी काम र घमण्ड गर्नु हुँदैन । नेताले गर्ने काम जनपक्षीय भएन भने कुनै पनि बेला जनआक्रोशको सिकार बन्न सकिन्छ । भनिन्छ, राजनीति गर्नेलाई अवसर मिले कहिले हस्तिनापुरको राज पनि मिल्छ त कहिले अवसर गुमे चपरीमुनिको बास पनि हुन बेर लाग्दैन । बङ्गलादेशको २० वर्ष सत्ता चलाएकी शक्तिशाली प्रधानमन्त्री शेख हसिना वाजेदलाई अतिवादी कामले सत्ताबाट बहिर्गमन मात्र हुनु परेन देशै छाडेर भाग्नु परेको छ । सत्ताको चरम दुरुपयोग गर्दा उहाँले यस्तो नियति भोग्नु परेको छ । २० वर्षको अवधिमा उहाँले गरेका केही राम्रा काम ओझेलमा परेका छन् । बङ्गलादेशलाई स्वतन्त्र ब
खाद्य सुरक्षाका लागि कृषिवन प्रणाली
पृथ्वीमा खेतीयोग्य जमिन सीमित हुँदै गएको छ । बढ्दो जनसङ्ख्यासँगै खाद्यान्न सुरक्षाका लागि भएकै भूमिबाट उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी पोषणको सुनिश्चित गर्नु मानवीय चुनौतीको विषय हुँदै छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्यासम्बन्धी एजेन्सीका अनुसार यो शताब्दीको आधा आधी पुग्दा विश्वको जनसङ्ख्या साढे नौ अर्ब पुग्ने अनुमान छ । मानवजनित कारणले गर्दा भूमिको उत्पादकत्वमा ह्रास, माटोको प्राङ्गारिक अनुपातमा क्षयीकरण, जैविक वस्तुको माटोमा हुनुपर्ने उपस्थिति र क्रियाकलापमा न्यूनता, जलवायु परिवर्तनले पारेको असर जस्ता कारणले खाद्यान्न उत्पादनमा गिरावट आएको छ । यसो हुँदा जमिनको बहुआयामिक उपयोगिताको दृष्टिकोणबाट सघन प्रकारको खेती प्रणाली अवल
हालसम्मका हेलिकोप्टर दुर्घटना र मृत्यु
काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तिन मिनेटमै एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा विमानस्थलबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको नाइन एन–एजेडी कलसाइन हेलिकोप्टर नुवाकोटको सूर्यचौर गाउँपालिका–७ मा दुर्घटना हुँदा हेलिकोप्टर चालकसहित चार जना चिनियाँ नागरिकको मृत्यु भएको हो । मृत्यु हुनेमा हेलिकोप्टर चालक अरुण मल्ल र चिनियाँ नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झि जेमिङ रहनुभएको छ ।
बाँकेमा आकस्मिक अवतरण भएको हेलिकप्टर बिहीबार मात्र उड्ने
काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एअरको नाइन एन एएनयु हेलिकप्टर बुधबार रातभर बाँकेको राप्तीसोनारी गाउँपालिकाको कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिने भएको छ।
‘देश निर्माण गर्न तयार हुन’ बङ्गलादेशीहरूलाई युनुसको आग्रह
बङ्गलादेशमा व्यापक विरोध प्रदर्शनले प्रधानमन्त्रीलाई अपदस्थ गरेपछि कामचलाउ सरकारको नेतृत्व गर्न तयार हुनुभएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरुलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गर्नुभएको छ ।
अन्नपूर्ण एयरको हेलिकप्टर आकस्मिक अवतरण
काठमाडौँबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको नाइन एन-एनयु हेलिकप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका १ भम्कामा आकस्मिक अवतरण गरिएको छ ।
तस्बिरमा हेलिकप्टर दुर्घटनास्थल : उद्धारमा स्थानीय र प्रहरी
नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो ।
नुवाकोटमा हेलिकप्टर दुर्घटना : पाँच जनाको मृत्यु
नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचाैरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टर जलेको भेटियो
हेलिकप्टरमा एक पाइलट र चार यात्रु सवार रहेको नुवाकोटका डिएसपी तिलक भारतीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभएको छ ।
मनिचन्द्रलाई उपचारका लागि आर्थिक सहयाेग गर्न अपिल
खाँडाचक्र नगरपालिका ५ ढाणगाउँका मनिचन्द्र चौलागाईं उपचार नपाएर छटपटाइरहेका छन् ।
‘पीडितमैत्री विषयलाई ध्यान दिएर सहमति भएको छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको सहमति शान्ति प्रक्रियाको अन्तिम किस्तामा कोसेढुङ्गा साबित भएको बताउनुभएको छ ।
जाजरकोट जीप दुर्घटना अपडेट : मृतकको सङ्ख्या २ पुग्यो
जाजरकोटमा हिजो भएको बोलेरो जिप दुर्घटनाका मृतकको सङ्ख्या दुई पुगेको छ ।
बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व युनुसलाई
बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता माेहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गर्नुभएको छ ।
टीआरसीसम्बन्धी कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो प्रतिवेदन
प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलाई सङ्क्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक टुङ्गो लगाउन गठित राजनीतिक कार्यदलले प्रतिवेदन बुझाएको छ ।
पहिरो पन्छाउने क्रममा ढुङ्गा लागेर लोडर चालक घाइते
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहित खसेको पहिरो हटाउने क्रममा माथिबाट ढुङ्गा माटो खस्दा लोडरका चालक गल्छी गाउँपालिका ६ बस्ने ४६ वर्षीय लिलाधर अधिकारी घाइते हुनुभएको हो ।
पहिरो गएपछि वराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध
वराहक्षेत्र मन्दिर जाने सडकमा बुधबार बिहान पहिरो गएपछि बाटो अवरुद्ध भएको छ । १७ नम्बर भिरबाट पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।
अमेरिकी निर्वाचन : मिनेसोटाका गभर्नर वाल्ज उपराष्ट्रपतिको उम्मेदवार
अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले उपराष्ट्रपतिमा मिनेसोटाका गभर्नर टिम वाल्जलाई अघि बढाउनुभएको छ ।
बङ्गलादेश सङ्कटमा भारत ‘गहिरो रूपमा चिन्तित’ छ : विदेशमन्त्री
भारतका विदेशमन्त्री एस. जयशङ्करले मङ्गलबार बङ्गलादेशमा ‘कानुन र व्यवस्था स्पष्ट रूपमा पुनरबहाली नभएसम्म अत्यन्त चिन्तित रहेको’ बताउनुभएको छ ।
सक्नेले हेरेनन् नसक्नेलाई चिन्ता
दोलखाको गौरीशङ्कर गाउँपालिका–५ मा करिब छ दशकअघि स्थापना भएको विष्णुश्वरी प्राथमिक विद्यालय भवन जीर्ण हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । विसं २०२२ मा स्थापित यसै विद्यालयमा पढे/पढाएकासमेत उच्च पदमा पुगेका छन् तर विद्यालयप्रति कसैको चासो नरहँदा विद्यालय भवन जीर्ण हुँदै गएपछि स्थानीय चिन्तित बनेका पूर्वविद्यार्थी सुवास सुरेलले दुःखेसो पोख्नुभयो ।