पिलपान र एसिटप औषधी बजारबाट तुरुन्त फिर्ता लैजान विभागको निर्देशन
औषधी व्यवस्था विभागले पिलपान र एसिटप नामका औषधी बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ । विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरेको औषधीको नमूना राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाएकाले यस्तो निर्देशन दिएको हो ।
खेलकुद विकास समिति १४ महिनादेखि प्रमुख र कर्मचारीविहीन
खेलकुदप्रति धेरैको आशा छ । नेपालमा पनि खेल क्षेत्रमा थुप्रै संभावना छन् । तर राज्यबाटै खेलकुदको विकासमा उर्जा छैन । पछिल्लो उदाहरण हो, जिल्ला खेलकुद विकास समिति गुल्मी । जहाँ कार्यालय प्रमुखविहीन भएका एक वर्षभन्दा बढि भयो ।
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धौलागिरि प्रादेशिक अस्पतालमा जलन एकाइ स्थापना
धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा आगलागीबाट घाइते बिरामीको उपचारका लागि जलन एकाइ स्थापना गरिएको छ । आवश्यक दक्ष जनशक्ति र भौतिक पूर्वाधारको पर्याप्ततापछि अस्पतालमा जलन इकाई स्थापना गरिएको हो ।
सप्तकोशीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता
खाेजी कार्यका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।
संविधान रक्षाप्रति दृढता
लोकतान्त्रिक पद्धति विधिमा आधारित व्यवस्था हो ।
वित्तीय जिम्मेवारी र बजेट
लामो समयदेखि सार्वजनिक खर्च तथा आम्दानीका क्रियाकलापमा संलग्न पदाधिकारी आफ्नो जिम्मेवारीप्रति उदासीन भएकाले आर्थिक अनुशासन कायम हुन सकेन, समयमा खर्च भएन भन्ने गुनासो रहँदै आएको छ ।
वायु प्रदूषणले निम्त्याएको सकस
स्वच्छ वातावरण मानवीय आवश्यकता र चाहना मात्रै होइन, नेपालको संविधानको दिएको संवैधानिक हक र स्वास्थ्यसँग जोडिएको विषय पनि हो । पछिल्ला हप्तामा देशभर कहिले विश्वमै पहिलो त कहिले दोस्रो प्रदूषित सहरका रूपमा काठमाडाैँ दर्ज भइरहे ।
आर्थिक सुधारको ऊर्जा
कुनै एक पटक तय गरिएका नीतिनियम सधैँका निम्ति उपयोगी हुन सक्दैनन् ।
बौद्धिक पुनर्जागरणको आवश्यकता
पुनर्जागरण फ्रान्सेली शब्द हो ।
आजबाट सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन
सन्तोष दहितदाङ, वैशाख ८ गते । घोराही उपमहानगरपालिकाले आजदेखि नियमित रुपमा सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सञ्चालन गर्न निर्देशन दिएको छ । आइतबार उपमहानगरको नगरप्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक क्यालेन्डर अनुसार वैशाख ८ गतेदेखि नियमित रूपमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको शिक्षा महाशाखाका प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो ।उहाँले एक सूचना जारी गरेर वैशाख ८ गते देखि शैक्षिक क्यालेन्डर अनुसार विद्यालय नियमित सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको दिनुभएको छ । वैशाख ८ गते देखि अनिवार्य विद्यालय सञ्चालन गर्न र सो को अनुगमन समेत हुने उहाँले सूचना मार्फत जानकारी दिनुभएको हो ।देशभरका शिक्षकहरू आन्दोलनमा होमिदाँ सामुदायिक विद्यालयको भर्ना अभियान समेत अन्योल भएको छ । संस्थागत विद्यालयमा धमाधम भर्ना अभियान चलिरहेको बेला जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरू भने सुनसानको अवस्थामा छ । वार्षिक परीक्षाको रिजल्ट आएको लामो समयसम्म सामुदायिक विद्यालयमा भर्ना अभियान नचलेपछि अभिभावकहरू रुष्ट बन्न थालेका छन् । पद्यमोदय पब्लिक नमुना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीले शिक्षकहरू आन्दोलनमा होमिदा प्राइभेट विद्यालयहरूले मौकाको फाइदा उठाइरहेका बताउनुभयो । अहिले सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ, उहाँले भन्नुभयो, यता संस्थागत विद्यालयका शिक्षकहरू भने घरदैलो गरेर व्यापक रूपमा भर्ना अभियान सञ्चालन गरिरहनुभएको छ । यसले सामुदायिक विद्यालयमा भर्ना अभियानलाई कस्तो असर पर्ला ?यसै पनि शिक्षकहरूले आफ्ना छोराछोरिहरुलाई प्राइभेट स्कुलमा पढाउँछन् , आफूले पढाउने स्कुलकै शिक्षामा विश्वास गर्दैनन् भन्ने आरोप छ उहाँले भन्नुभयो, यी यस्ता आरोपहरूलाई चिर्न आन्दोलनको स्वरूप परिवर्तन गरी भर्ना अभियानमा फर्किने पो हो कि । या प्राइभेट स्कुलको भर्ना अभियान पनि रोक्ने हो, बेलैमा शिक्षामुर्तिहरुले सोचौँ । नत्र प्राइभेट स्कुल सङ्ग मिलेमतो गरेको आरोप लाग्न पनि सक्छ । उहाँले वर्षामा धान नरोपे हिउँद कसरी बाली स्यहार्नु भनेर समेत प्रश्न गर्नुभएको छ ।
दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
रेखीराम रानातानसेन, वैशाख ८ गते । पाल्पाको बगनासकाली–४, बेल डाँडामा जिप दुर्घटना हुँदा एक जना किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा जिल्ला कालीगण्डकी–३, बैघाकी १७ वर्षीया एलिजा सारु रहनुभएको छ । आइतबार बेलुकी ८ बजेतिर तानसेनबाट बगनासकाली खानीछाँप भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली गाउँपालिका वडा नं. ४ स्थित, बेल डाँडामा दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परी सारूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये बगनासकाली–४, भालेबासकी ३५ वर्षीया निता दर्लामी गम्भीर घाइते हुनुभएको छ । घाइतेहरूको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लले जानकारी दिनुभयो ।
सडक दुर्घटनामा दुईको मृत्यु, १४ जना घाइते
डुम्रे-बेँसीसहर खण्डअन्तर्गतको भानु नगरपालिका–१० कालीमाटीमा आज माइक्रो बस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
आर्थिक सदाचारको अपेक्षा
असल नैतिक चरित्र, उत्तम वा असल आचरण, सकारात्मक सोच, राम्रो चालचलन र व्यवहार नै सदाचार हो । नेपाली बृहत् शब्दकोशमा ‘सदाचार’ शब्दलाई शास्त्रमा व्यवहारमा गर्नुपर्ने राम्रो आचरण, असल चालचलन, सद्व्यवहार भनी उल्लेख गरिएको छ । राष्ट्रिय सदाचार नीतिको मसौदामा सुशासनको महत्वपूर्ण खम्बाका रूपमा सदाचारिता (इन्टिग्रिटी) लाई लिएको छ । संयुक्त राष्ट्रसङ्घले सार्वजनिक पदाधिकारी वा कर्मचारीको हकमा सदाचारलाई जवाफदेहिता, क्षमता र नैतिक व्यवहारमा एकरूपता ल्याउनु भनेको छ । जीवन
आर्थिक सदाचारको अपेक्षा
आर्थिक सदाचारको अपेक्षा
लोकतन्त्रका मूल्यमान्यता
लोकतन्त्र भनेको अराजकता किमार्थ हुन सक्दैन ।
भर्ना अभियानको सन्देश
शैक्षिक सत्रको आरम्भ ‘विद्यालय भर्ना अभियान’ बाट सुरु गरिन्छ ।
ज्येष्ठ नागरिकलाई आश्रय दिन निर्माण गरिएको भवन प्रयोगविहीन
निर्माण सम्पन्न भएको दुई वर्षसम्म पनि बागलुङ वृद्धाश्रम सञ्चालनमा आउन सकेको छैन । बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माण गरिएको बागलुङ वृद्धाश्रम अझैपनि सञ्चालना ल्याउन सकिएको छैन ।
कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेका छन् ।
भारतबाट आएका ३९ जनामा मलेरिया
सर्लाहीमा भारतबाट आएका ३९ जनामा मलेरियाको सङ्क्रमण देखिएको छ । मलेरियालाई औलो पनि भनिन्छ । स्वास्थ्य कार्यालय सर्लाहीका भेक्टर कन्ट्रोल निरीक्षक मनोजकुमार झाले चालु आर्थिक वर्षमा ३९ जनामा मलेरियाको सङ्क्रमण पुष्टी भएको जानकारी दिनुुभयो ।
लमजुङमा भेटियो द्वन्द्वकालमा राखिएको बम
लममजुङ सदरमुकाम बेँसीसहरमा द्वन्द्वकालमा राखिएको बम फेला परेको छ। सडक खन्ने क्रममा जमिनमा गाडिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा
आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ ।
अध्यात्मको मार्गमा आह्वान
नेपाली साहित्यजगत्मा भर्खर जुर्मुराएका नवीन स्रष्टा हुन्, ऋषिराम पाण्डेय । सरकारी सेवामा कार्यरत पाण्डेयले ‘सकारात्मक जीवन प्रसङ्ग’ कृतिपछि ‘आत्माको अदालतमा’ दोस्रो औपन्यासिक कृति पाठकसमक्ष ल्याउनुभएको छ ।आध्यात्मिक चिन्तन आजको आवश्यकता हो । आध्यात्मिक ज्ञानले नै मानवीय जीवनलाई सार्थक बनाउन सकिन्छ । सत्यको ज्ञानपश्चात् नै अज्ञानतारूपी कालो बादल चिर्दै प्रेम, सद्भाव र शान्ति जस्ता शुद्ध भावसहितको व्यवहार गर्न स
वाम्बुले भाषा रक्षाको चिन्ता
अनकन्टारमा बोलिने वाम्बुले राई भाषा, साहित्य, संस्कृतिलाई लिएर प्रकाशन गरिएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको तीन दशक यात्रा जहिल्यै द्रव्याभावमा गुज्रिँदै आएको छ । अल्पसङ्ख्यक समुदायले बोल्ने मातृभाषालाई लिएर गरिने छापा पत्रकारिता समर्पणले मात्र शताब्दी अङ्कसम्म आइपुगेको भन्ने लाग्छ ।शासनव्यवस्था बदलिएसँगै नेपालका मातृभाषाको लेख्य विकास भएको पाइन्छ । मुख्यतः २०४६ सालको राजनीतिक परिवर्तनले त्यो उभार ल्याएको हो । नेपाल अधिराज्यको संविधान, २०४७ को धारा–६ ‘राष्ट्रभाषा (१) देवनागरी लिपिमा नेपाली भाषा नेपालको राष्ट्रभाषा हो । नेपाली भाषा सरकारी कामकाजको भाषा हुने छ । (२) नेपालका विभिन्न भागमा मातृभाषाका रूपमा बोलिने सबै भाषा नेपालका राष्ट्रिय भाषा हुन् । धारा–१३ छापाखाना र पत्रपत्रिकासम्बन्धी हक (१) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री प्रकाशित गर्न पूर्वप्रतिबन्ध लगाइने छैन । (२) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री मुद्रण गरेबापत छापाखाना बन्द या जफत गरिने छैन । (३) कुनै समाचार, लेख वा अन्य कुनै पाठ्यसामग्री प्रकाशित गरेबापत कुनै समाचारपत्र वा पत्रिकाको दर्ता खारेज गरिने छैन । यसरी संविधानले पत्रपत्रिका प्रकाशन स्वतन्त्रता सुनिश्चित गरेपछि मुलुकका मातृभाषाहरू अभिलेखन उन्मुख भएका हुन् । आज गोरखापत्र दैनिकमा ४५ राष्ट्रभाषाको सामग्री प्रकाशन हुनु त्यसको प्रतिफल हो । पत्रपत्रिकाको आवश्यकता र प्रकाशनको महìव यसले झल्काउँछ । यतिखेर गोरखापत्र बहुभाषिक पृष्ठमा ४५ औँ भाषाका रूपमा प्रकाशन भएको वाम्बुले राई भाषाको विकासव्रmमबारे चर्चा गर्न लागिएको छ । वाम्बुले राई भाषा २०५० सालमा ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशन आरम्भ भएदेखि साहित्य विकास भएको हो । यो पत्रिका २०८१ सालमा शताब्दी अङ्क छापिएको छ । २०८१ माघ–चैत लिब्जु–भुम्जुको एक सयौँ शृङ्खला प्रकाशित छ । ‘लिब्जु–भुम्जु’ पहिलो अङ्कको सम्पादकीयमा छ, “..आवश्यकताले घचघच्याएको प्रतिफल स्वरूप नेपालको भाषिक बाटिकामा पल्लवित ‘वाम्बुले राई भाषा’ को परिचय, जगेर्ना र विकासका लागि लिब्जु–भुम्जु पत्रिकामार्फत यो प्रयासको थालनी गरिएको छ । नेपालका राईहरूमध्ये वाम्बुले राई पनि एक हो र उनीहरूको आफ्नै भाषा पनि छ भनेर बोध गराउनुको साथै यस भाषालाई इतिहासको विरासत स्वरूप विसर्जन हुन नदिन आवश्यक संरक्षण र विकास व्रmमिक रूपमा गर्नु यस प्रयासका मूलभूत उद्देश्य हुने छन् ।.. प्रथम प्रयास भएकाले प्रस्तुतिमा क्षमा प्रार्थी छौँ । आगामी अङ्कहरूमा स्तरीयता, विविधता तथा निरन्तरता ल्याउन मान्यजन तथा सम्बन्धित सबै पक्षको न्यानो माया र अमूल्य सुझाव तथा सहयोगको हार्दिक अपेक्षा गरेका छौँ ।”पहिलो अङ्कमा लेखिएको छ, “विशेषतः लिब्जु र भुम्जु वरपर क्षेत्रमा मात्र सीमित रहेको तर सो क्षेत्रमा भने बाहुल्यता रहेको भाषा ‘वाम्बुले’ अर्थात् ‘चौरासिय’ नै हो । नेपाल राज्यभित्र अद्यावधि भाषिक अस्तित्वमा रहेका विविध किराँत भाषाहरूमध्ये यो पनि एक हो तापनि यस क्षेत्रमा बोलिने यो जुन भाषा हो परिचयात्मक व्रmममा अद्यापि अनौठो या अनभिज्ञ नै छ भन्नु पर्ला, त्यो के भनेदेखि जुन अन्य किराँती भाषीलाई सोध्दा हामी चाम्लिङ, बान्तवा, थुलुङ भन्ने जवाफ मिल्छ र अधिकांशले आफ्नो थर सगौरव जोड्छन् । त्यसरी नै उल्लिखित भाषाभाषीलाई सोधेमा अकमकिने बरु आआफ्ना पाछा (थर) भन्ने गल्ती गरिन्छ । नामको पछि ‘वाम्बुले’ त आजसम्म कसैले उपनामको रूपमा समेत लेखेको थाहा भएन, अब लेखे के जानौँ, राम्रै हुने भो । बरू अन्यत्रका किराँत दाजुभाइले नै पो यस क्षेत्रकालाई वाम्बुले भन्दा रहेछन्, जबकि यस क्षेत्रमा भने ‘वाम्बुले’ भन्नाले वाम्बुगाउँमा बस्नेलाई मात्र भनिन्छ । यसरी वाम्बुले राईको एकरूपता पहिचानसमेत यसै पत्रिकाले गरेको मानिन्छ । तथ्याङ्कमा वाम्बुले राईकिराँत राई जातिभित्र २६ भाषा बोल्ने समुदाय छन् । राष्ट्रिय जनगणना–२०७८ अनुसार राई जातिको जनसङ्ख्या छ लाख ४० हजार ६७४ रहेको छ । राष्ट्रिय जनगणना–२०४८ देखि विभिन्न जातजाति र भाषाभाषीको तथ्याङ्क सार्वजनिक गर्दै आएको भए पनि उक्त जनगणनाको तथ्याङ्कमा वाम्बुले भाषा उल्लेख थिएन । सरकारले २०५० सालमा बैरागी काइँलाको संयोजकत्वमा ‘राष्ट्रिय भाषा नीति सुझाव आयोग’ गठन ग¥यो । उक्त आयोगले मुलुकमा बोलिने मातृभाषाको सूचीसहित ५८ ब‘ँुदे सुझाव प्रतिवेदन बुझायो । सो सूचीमा वाम्बुले भाषासमेत परेको थियो । आयोगको प्रतिवेदनले वाम्बुले भाषा अस्तित्वमा रहेको औँल्याएपछि २०५४ सालमा वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्था स्थापना भयो । त्यसपछि राई जातिको साझा सामाजिक छाता संस्था किराँत राई यायोक्खाले राष्ट्रिय जनगणनामा बहुभाषिक किराँती राई भाषाको सूची उल्लेख हुनुपर्ने माग राख्यो । राष्ट्रिय जनगणना–२०५८ ले वाम्बुले भाषाको वक्ता सङ्ख्या चार हजार ४७० देखायो । राष्ट्रिय जनगणना–२०६८ ले वाम्बुले वक्ता सङ्ख्या १३ हजार ४७० देखायो । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कले १५ हजार ९३२ जनाले वाम्बुले भाषालाई पुर्खाको भाषा उल्लेख गरेका छन् । यस्तै १५ हजार २८५ जनाले मातृभाषाका रूपमा उल्लेख गरेका छन् । जसमा पुरुष सात हजार ४९४ र महिला सात हजार ७९१ रहेका छन् । यसै गरी वाम्बुले भाषालाई दोस्रो भाषाका रूपमा बोल्नेको जनसङ्ख्या पाँच हजार २२७ रहेको छ । वाम्बुले भाषाको वक्ता सङ्ख्या पाँच प्रदेशमा रहेको देखिन्छ । प्रदेश–१ को सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर जिल्ला गरी १३ हजार २१६ जना छन् । सबैभन्दा धेरै ओखलढुङ्गामा छ हजार ८५५ र खोटाङमा तीन हजार ३९५ जना छन् । उदयपुरमा एक हजार २०८ जना, सुनसरीमा ७१९ जना छन् । यस्तै बागमती प्रदेशको काठमाडौँ, भक्तपुर, ललितपुर, सिन्धुली र चितवनमा एक हजार ७१८ जना छन् । यति थोरै वक्ता सङ्ख्या रहेको वाम्बुले राई समुदायको उत्थानमा ‘लिब्जु–भुम्जु’ पत्रिका समर्पित छ ।लिब्जु–भुम्जु शताब्दी अङ्कको सम्पादकीयमा लेखिएको छ, “..लिब्जु–भुम्जु पत्रिकाले वाम्बुले राई जातिको पहिचान उजागर गर्ने काम गरेको छ । वाम्बुले भाषा, साहित्य, संस्कृतिको प्रवर्धन गर्दै आएको छ । यो पत्रिका प्रकाशनपछि वाम्रास संस्था निर्माण भएको छ । यस संस्थाले ‘वाम्बुले राई शब्दकोश’ प्रकाशन गरेको छ । २५औं वर्षको वाम्बुले भाषाको कविता प्रतियोगिता सम्पन्न भएको छ । वाम्बुले भाषामा तीन गीति एल्बम, दुई चलचित्र, दुई वृत्तचित्र निर्माण, तीन दर्जन पुस्तक कृति प्रकाशित छन् । वाम्बुले स्रष्टाहरूको सिर्जना प्रकाशन गर्ने र उत्कृष्ट रचनालाई पुरस्कृत गर्ने गरिएको छ । त्यस निम्ति लिब्जु–भुम्जु पुरस्कार–२०५५ स्थापित छ । पत्रिका प्रकाशन गर्न सधैँ आर्थिक समस्या न्यूनीकरण गर्न लिब्जु–भुम्जु पत्रिका अक्षयकोष निर्माण गरिएको छ ।” वर्षभरि लिब्जु–भुम्जुमा छापिएकामध्ये उत्कृष्ट एक कविका कवितालाई पुरस्कृत गर्ने गरिएको छ । हालसम्म २४ जना वाम्बुले कविले लिब्जु–भुम्जु पुरस्कार पाएका छन् भने २५ जनाले प्रथम पुरस्कार हासिल गरेका छन् । यस पत्रिकाले वाम्बुले राई भाषा, साहित्य स्रष्टा जन्माउने काम गरेको छ । उनीहरूका विधागत कृति नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रकाशन गर्दै आएको पाइन्छ । यसै गरी नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित ‘सयपत्री’ र ‘खुवालुङ’ पत्रिकामा वाम्बुले भाषाका सामग्री प्रकाशन हुँदै आएका छन् । मातृभाषा बालबालिकालाई पठनपाठन गर्न सके मात्र दीर्घजीवी बन्न सक्छ । त्यस निम्ति ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाको नौमध्ये छ वटा वडा र हलेसी तुवाचुङ नगरपालिकाको वडा नं.१ र २ मा वाम्बुले राईहरूको सघन बसोबास रहेको छ । सम्बन्धित मातृभाषा समुदायको मागलाई स्थानीय पालिकाले बेवास्ता गरेकाले हालसम्म वाम्बुले भाषामा पठनपाठनको व्यवस्था हुन सकेको छैन । अन्तमा भारतको बनारसबाट सन् १९३७ फब्रुअरीदेखि तीन दशकभन्दा बढी प्रकाशित ‘उदय’ मासिक साहित्यिक पत्रिकाका सम्पादक काशीबहादुर श्रेष्ठ (सन् १९११–१९९०) सँग महानन्द पौड्यालले १९८२ अगस्तमा लिनुभएको अन्तर्वार्ताको अंश मननीय छ । ‘उदय’ को प्रकाशनसम्बन्धी कामबाट उपलब्ध गरेका केही तिता मिठा अनुभव बताउनुहुन्छ कि ? भन्ने सवालको जवाफमा श्रेष्ठले भन्नुभएको छ, “तिता अनुभव त द्रव्याभाव आइ नै रहन्थ्यो । कतिपय एजेन्टले बिच बिचमा पैसा नपठाएर धुरुक्क रुवाउँथे र मलाई पैसाले फिट्फिटी पथ्र्यो । यसो हुँदा धेरै पटक एजेन्टहरूसित तितो पोखेर लेख्नु पनि प¥यो । मिठा अनुभव धेरै गरेँ । धेरै मित्रले मलाई वार्षिक ग्राहक बनाइदिएर सहयोग दिए । म कृतार्थ भएँ । नयाँ मित्रहरू बनाउने सौभाग्य मिल्यो । मलाया, बर्मादेखि लिएर भारत, नेपाल, सिक्किम सबैतिर नयाँ नयाँ शुभचिन्तक साथीहरू बनिए । ‘उदय’ ले खुबै नाम कमायो ।.. पुराना, नयाँ लेखकहरूले पनि मलाई पूरै आशीर्वाद दिए । त्यही आशीर्वादले आजसम्म जीवित छु । अरू आशीर्वाद पाए अरू बाँच्ने थिएँ (काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ, २०५३)।” उक्त ‘उदय’ पत्रिकाका सम्पादक श्रेष्ठको निधनपछि केही वर्ष बन्द भयो र पछि उहाँकै छोरा दुर्गाप्रसाद श्रेष्ठले पुनः प्रकाशन गर्नुभयो । जम्मा १८३ अङ्क प्रकाशित भयो । नेपाली भाषीका निम्ति बनारस दूर हुन थालेपछि उक्त पत्रिका सधैँका लागि बन्द भइसकेको छ । यस्तै अनकन्टारमा बोलिने वाम्बुले राई भाषा, साहित्य, संस्कृतिलाई लिएर प्रकाशन गरिएको ‘लिब्जु–भुम्जु’ पत्रिकाको तीन दशक यात्रा जहिल्यै द्रव्याभावमा गुज्रिँदै आएको छ । अल्पसङ्ख्यक समुदायले बोल्ने मातृभाषालाई लिएर गरिने छापा पत्रकारिता समर्पणले मात्र शताब्दी अङ्कसम्म आइपुगेको भन्ने लाग्छ । उमेरले २४ वर्षको लक्का जवान छँदा थालेको वाम्बुले मातृभाषामा पत्रिका प्रकाशन यात्रा तीन दशकसम्म टिकाइरहनुको चुनौतीपूर्ण पक्ष हो । भाषिक साहित्यिक पत्रकारिता पुस्तान्तरण विषय बन्न सक्दैन, मात्र मातृभाषा लतले आफैँ हली, बाउसे, रोपाहारको अगुवाइ गर्ने व्रmम जारी छ ।