अयोध्यासँग नेपालगन्जलाई जोड्न १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण
भगवान् रामको नगर भारतको अयोध्यासँग नेपालगन्जलाई धार्मिक रूपमा जोडेर दुबै देशको धार्मिक पर्यटनलाई प्रवर्धन गर्न नेपालगन्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको छ ।
पाँच पटक म्याद थप्दा पनि पूरा भएन कालीगण्डकी मोटरेवल पुल
गुल्मीमा भने तीन वर्षमा बन्नुपर्ने पुल १३ वर्षसम्ममा पनि बन्न सकेको छैन् ।
पाक्षिक तलब भत्ता
नेपालमा अर्थतन्त्र चलायमान हुन नसकेको गुनासो लामो समयदेखि सुनिँदै आएको हो । अर्थतन्त्र चलायमान हुन नसक्दा माग पक्ष कमजोर हुन्छ । लगानी बढ्न सक्दैन । रोजगारीमा पनि प्रतिकूल प्रभाव पर्छ । कमजोर आर्थिक गतिविधिले अर्थतन्त्रका सबै आयाम क्रियाशील हुन सक्दैनन् । सरकारी राजस्व पनि कमजोर हुन्छ । उपभोक्ताको क्रयशक्ति र नगद प्रवाह कमजोर हुँदा पनि अर्थतन्त्र चलायमान हुन अप्ठेरो भएको हुन सक्छ । नगद प्रवाह बढाउने विश्वका धेरै मुलुकमा अनेक उपाय अवलम्बन गरिएको हुन्छ । कतिपय मुलुकले कर्मचारी तथा कामदारलाई साप्ताहिक रूपमा पनि तलब भत्ता प्रदान गर्छन् । नगद प्र
उन्नत लोकतन्त्रको विमर्श
जेनजी आन्दोलनपश्चात् सम्पन्न आमनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छोटो समयमै झन्डै दुई तिहाइ बहुमतसहित प्रमुख राजनीतिक दलका रूपमा उदाएको छ । नागरिकले प्रतिनिधि सभाका २७५ सिटमध्ये १८२ सिटमा विजय गराउँदै स्थायी र शक्तिशाली सरकार निर्माण गर्ने स्पष्ट जनादेश प्रदान गरे । यो परिणाम केवल सामान्य चुनावी जित हार मात्र नभई राजनीतिमा नयाँ पुस्तागत रूपान्तरणको स्पष्ट राजनीतिक अभिव्यक्ति पनि हो ।
नेपाली भान्सामा क्षेप्यास्त्रको ध्वनि
युद्धमा बज्रिएका क्षेप्यास्त्र ध्वनि टाढाबाट गुन्जिन्छ तर त्यसको कम्पन हाम्रो जेब, हाम्रो भान्सा र हाम्रो दैनिक जीवनमा महसुस भइरहेको छ । क्षेप्यास्त्र कहाँबाट छुट्छ भन्ने हाम्रो नियन्त्रणमा छैन । त्यसको असर कति ठुलो हुने छ भन्ने हाम्रो आफ्नै आर्थिक संरचनाले निर्धारण गर्छ । हामीले बाह्य धक्कालाई हाम्रो नियन्त्रणमा छैन भनेर सहिरहने कि संरचनागत सुधारको साहसी बाटो रोज्ने ? यही दोबाटोमा आज नेपाल उभिएको छ । यद्यपि इरा
गुठी व्यवस्था राष्ट्रको अस्मिता
पछिल्लो ७५ वर्षका अवधिमा सत्तामा धेरै आए/गए । जो जो आए, तिनका पालामा गुठी भनेको केही होइन, यो जग्गा हो, यसमा कुत, मोही जोडिएको छ । यसलाई सजिलो र बलियो पार्नु पर्छ, देवालय–शिवालयका देवीदेवता बोल्दैनन् । अरू जेसुकै होस् भन्ने चिन्तनका कारण गुठी प्रणाली अतिक्रमित हुँदै गयो । हिजो हाम्रा पुर्खामा गुठी राख्नुको मूल कारण ती कीर्ति चन्द्र–सूर्य रहेसम्म मासिँदैन भन्ने थियो । यसैले हुनेखाने,
उद्यमशीलतामा महिला सहभागिता
वित्तीय क्षेत्रमा महिलाको सहज पहुँच तथा आर्थिक सामाजिक पूर्वाधारको उपलब्धता र विस्तारमार्फत अर्थतन्त्रको विकास गर्ने राज्यको सङ्कल्प छ । राज्यले उद्योग क्षेत्रमा महिला सहभागिता वृद्धि गर्न महिलालाई आर्थिक रूपले सम्पन्न बनाउने नीति अङ्गीकार गर्दै महिलाको आर्थिक उन्नति र विकासका लागि बजेटमार्फत विभिन्न योजना अघि सारेको छ । स्रोतसाधनको न्यायोचित वितरण गरी महिला उद्यमशीलताको प्रवर्धन गर्ने राज्य
जिल्ला प्रशासन कार्यालयको सेवा दुई स्थानबाट सुरु
जिल्ला प्रशासन कार्यालय तनहुँले सेवाग्राहीको चाप र कार्यसम्पादनलाई सहज बनाउन दुई फरक स्थानबाट सेवा प्रवाह सुरु गरेको छ ।
अनधिकृत र अव्यवस्थित बसपार्क हटाइयो
बाँकेको नेपालगन्जका विभिन्न चोक र सडक छेउमानै अस्तव्यस्त पार्नेगरि मनपरी तरिकाले सञ्चालन गरिएका अव्यवस्थित र गैर कानुनी बसपार्कलाई नेपालगन्ज उपमहानगरपालिकाले हटाएको छ ।
नवनियुक्त चार राजदूतद्वारा प्रमाणपत्र पेस
राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त चार गैरआवासीय राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ ।
भारत-कोरिया रणनीतिक वार्ता
बदलिँदो विश्व आर्थिक परिस्थिति र आपूर्ति शृङ्खलामा देखिएको अस्थिरताको पृष्ठभूमिमा भारतले सोमबार नयाँदिल्लीमा दक्षिण कोरियाली राष्ट्रपति ली जे-म्युङलाई औपचारिक स्वागत गरेको छ । यस भेटमा जहाज निर्माण, कृत्रिम बौद्धिकता तथा उच्च प्रविधि क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयलाई प्रमुख एजेन्डाका रूपमा लिइएको छ ।
भन्सार कडाइमा पुनर्विचार गर्न सरकारसँग अर्थमन्त्री यादवको आग्रह
भारतबाट सामान आयातमा हाल लागु गरिएको भन्सार सम्बन्धी व्यवस्थाका कारण सीमा क्षेत्रका नागरिकको दैनिक जीवनमा असहजता बढ्दै गएको भन्दै मधेश प्रदेशका अर्थमन्त्री महेशप्रसाद यादवले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
उपदान र पेन्सन योजनाका लागि कोष र माइक्रोफाइनान्सबीच सम्झौता
नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ ।
पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै जेनजी अभियानद्वारा ज्ञापनपत्र
राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने माग नेपाल आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ ।
‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ?
केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ । यससँगै तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।
इन्धन मूल्यवृद्धिविरुद्ध प्रदेश सभामा चल्यो बहस, तत्काल फिर्ताको माग
लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत १३औँ बैठकमा प्रदेश सभा सदस्यहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनजीवनमा गम्भीर असर परेको भन्दै तत्काल निर्णय फिर्ता लिन सङ्घीय सरकारसँग माग गरेका छन् ।
सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति
गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै स्पष्ट उल्लेख गरेको स्पष्ट पार्नुभएको छ ।
लाइन बस्नुपर्ने झन्झट अन्त्य, जतताको घरमै राहदानी
जिल्ला प्रशासन कार्यालय कैलालीले अब आफ्ना सेवाहरू जनताको घरदैलोमै पुर्याउने व्यवस्था सुरु गरेको छ ।
दुई दशकमा २४ अर्ब खर्च, २४ हजार हेक्टरमा सिँचाइ सुविधा
बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको दुई दशकमा करिब २४ अर्ब रुपियाँ खर्च हुँदा २४ हजार भन्दाबढि हेक्टरमा सिँचाइ सुविधा पुगेको छ ।
सरकारले प्रदेश संरचना खारेज गर्न चाहे राप्रपाको साथ रहन्छः ज्ञानबहादुर शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रदेश संरचना खारेज गर्नका लागि आफ्नो पार्टीले सरकारलाई सहयोग गर्ने बताउनुभएको छ ।
पूर्वाधार अभावले थलिएको हुलाकमा थप जिम्मेवारीको भार
सरकारी सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउन सरकारले हुलाक कार्यालयलाई सक्रिय बनाउने निर्णय गरेको छ।
पोषण सूचक पहिचान गर्न घरधुरी सर्वेक्षण सुरु
कुपोषण न्यूनीकरण र स्वस्थ समुदाय निर्माणलाई केन्द्रमा राख्दै कालिमाटी गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन अभियानलाई तीव्रता दिएको छ ।
सम्पदा संरक्षणमा स्थानीय तहले कानुन बनाउनुपर्नेमा जोड
आदिवासी जनजाति आयोग र व्यास नगरपालिकाको संयुक्त आयोजनामा दमौलीमा सम्पन्न ‘अभौतिक सांस्कृतिक सम्पदा सूचीकरण तथा व्यवस्थापनमा स्थानीय तहको भूमिका’ विषयक अन्तरक्रियामा विज्ञहरूले मौलिक संस्कृतिको कानुनी संरक्षणमा जोड दिएका छन् ।
जनताप्रति जवाफदेही भएर काम गर्दैछौँ ः मुख्यमन्त्री बानियाँ
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनाइएका बागमती प्रदेश सरकारका भवनहरूको मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन थालिएको छ ।