• ५ मंसिर २०८२, शुक्रबार

गुल्मी बाझकटेरीमा जिप दुर्घटना : दुई जना घाइते

blog

बाझकटेरीमा दुर्घटनाग्रस्त जिप । तस्बिर : टोपलाल अर्याल

टोपलाल अर्याल

रेसुङ्गा(गुल्मी), मङ्सिर ५ गते । गुल्मीको मदाने गाउँपालिका-२ बाझकटेरी ओखरागैरामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । 

अग्लुङ पुर्कोटदह सडक खण्डमा अग्लुङदेखि पुर्कोटदहतर्फ आउँदै गरेको ग १ ज ५५३१ नं. सवारी जिप दुर्घटना हुँदा मदाने गाउँपालिका-२ घर भएकी ३० वर्षीय कविता परियार र छोरा ८ वर्षीय आदित्य परियारको शरीर र खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । घाइतेको स्थानीय मेडिकल पुर्कोटदहमा उपचारपश्चात् थप उपचारका लागी जिल्ला अस्पताल अर्घाखाँची लगेको सारुले बताउनुभयो ।

चालक गुल्मी मदाने गाउँपालिका-६ पुर्कोटदह बस्ने ३३ वर्षीय राजु परियारले चलाएको जिपको अचानक सापट भाँचिएपछि करिब २०० मिटर तल खसेको थियो ।