चौथो यले दोङ बास्केटबल प्रतियोगिता माघ २८ मा
किराँतहरुको नयाँ वर्ष यले दोङ ५०८५ (यलम्वर संवत) को अवसरमा यही माघ २८ गते चौथो यलेदोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
प्रदेशस्तरीय चेस प्रतियोगिता
विराट चेस क्लबको आयोजनामा आगामी फागुन ३ देखि ७ गतेसम्म यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता हुने भएको छ ।
भुटानलाई हराउँदै चर्च ब्वाइज फाइनलमा
चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ धरानमा जारी २५औं बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
एपिएफलाई हराउँदै मच्छिन्द्र क्वार्टरफाइनलमा
विभागीय टोली एपिएफ क्लबलाई हराउँदै मच्छिन्द्र फुटबल क्लब पोखरामा जारी २४औँ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
सबै पक्ष मिलेर सामाधन खोज्न एनओसीलाई आइओसी र ओसिएको निर्देशन
नेपाल ओलम्पिक कमिटि (एनओसी) को हालै सम्पन्न निर्वाचनप्रति अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले चासो ब्यक्त गरेको छ ।
टेनिसलाई हालेपको बाइ बाइ
रोमानियाकी पूर्व विश्व नम्बर एक टेनिस खेलाडी सिमोना हालेपले खेलबाट सन्न्यास लिनुभएको छ ।
नेपालको लगातार पाँचौँ हार
नेपालले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजमा लगातार पाँचौँ हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग १० विकेटल पराजित भयो ।
विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडी सम्मानित
पुतली बजार नगरपालिकाले आइसिसी यू–१९ विश्वकपमा सहभागी महिला क्रिकेट खेलाडीहरू सम्मान गरेको छ ।
विश्वविद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण
सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टीयू) की विना थारूले दोश्राे विश्वविद्यालय खेलकुद महोत्सव अन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा बुधबार स्वर्ण जित्नुभएको छ ।
घोराहीमा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप हुने
दाङको घोराहीमा ‘चौथो अल्फा जिल्लास्तरीय खुल्ला तेक्वान्दो च्याम्पियनसिप–२०८१ हुने भएको छ ।
पूजाको अर्धशतकमा नेपालले नेदरल्यान्डसलाई दियो १४६ रनको चुनौती
त्रिकोणात्मक टि-२० शृङ्खलाअन्तर्गत पाँचौं खेलमा नेपालले नेदरल्यान्डसलाई १४६ रनको चुनौती दिएको छ।
सुपर वउलको फाइनल आइतबार
अमेरिकाको सबैभन्दा प्रतिष्ठित र सर्वाधिक चर्चित अमेरिकी फुटबल भनेर चिनिने सुपल बउलको फाइनल खेल आगामी आइतबार हुने भएको छ ।
आहा–रारा गोल्डकप : पुलिसको विजयी सुरुवात
विभागीय टोली नेपाल पुलिस क्लबले २४औं आहा–रारा पोखरा गोल्डकपमा विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा मङ्गलबार भएको उद्घाटन खेलमा पुलिसले आयोजक सहारा क्लबलाई १–० गोलले हरायो ।
दोस्रो सशस्त्र प्रहरी महानिरीक्षक कप : लोकआदर्श र ग्रिन भिलेज विजयी
दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएका दुई प्रतिस्पर्धामा लोकआदर्श एकेडेमी र ग्रिन भिलेज सेकेण्डरी विजयी भएका छन्।
साविक विजेता एनआरटी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
साविक विजेता न्यूरोड टिम (एनआरटी) धरानमा जारी २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
‘फोर नेसन्स कप’ को तयारी
नेपालले फागुन ४ देखि १५ गतेसम्म घरेलु मैदान दशरथ रङ्गशालामा हुने ‘फोर नेसन्स कप’ को तयारी सुरु गरेको छ ।
काठमाडौँको चुनिखेलमा किक्रेट एकेडेमी
काठमाडौँको चुनिखेलमा सुविधा सम्पन्न किक्रेट एकेडेमी सञ्चालनमा आएको छ ।
नेपालको हारको शृङ्खला रोकिएन
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग पाँच रनले पराजित भयो । लगातार चौथो हारसँगै सिरिजको फाइनलमा पुग्ने नेपालको सम्भावना सकिएको छ ।
थाइल्यान्डले दिएको १०७ रनको लक्ष्य पछ्याउँदै नेपाल
त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको खेलमा थाइल्यान्डले नेपाल सामू जितका लागि १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु
रामपुरमा विभागिय टिमसहितको सहभागितामा क्लव स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा रामपुर महोत्सव कपअन्तर्गत प्रतियोगिता सुरु भएको हो ।
भर्जिनियामा नेपाली समुदायबिच ब्याडमिन्टन प्रतियोगिता
अमेरिकाको भर्जिनिया राज्यमा रहेको नेपालीहरूको संस्था डिएमभी युथ एकेडेमीले प्रथम खुला जोडी तथा एकल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
बुढासुब्बा गोल्डकप : पाहुना टोली भुटान सेमिफाइनलमा
धरान रङ्गशालामा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ४–१ गोलले हराउँदै भुटानले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
अमेरिकामा भूपेन्द्रलाई दुई स्वर्ण
नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा दुई स्वर्ण जित्नुभएको छ ।
राष्ट्रिय टेबलटेनिस यसै महिना
पुष्पराज स्मृति राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पहिलो संस्करण माघ २४ देखि २६ सम्म हुने भएको छ ।