• १३ चैत २०८१, बुधबार

एरिकालाई ‘हिमालयन वारियर’ उपनाम

blog

एरिका गुरुङ । फाइल तस्बिर

काठमाडौँ, चैत ११ गते । १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलाउन सफल कराते खेलाडी एरिका गुरुङलाई नेपाल कराते महासङ्घले ‘हिमालयन वारियर’ उपनामले सम्मान गर्ने भएको छ ।

कराते महासङ्घको वार्षिक साधारणसभाले एरिकालाई उक्त सम्मान गर्ने निर्णय गरेको हो । सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा एरिकाले नेपाललाई रजत पदक दिलाउनुभएको थियो ।

नेपालले एसियाली खेलकुदमा २५ वर्षपछि रजत जितेको थियो भने करातेले पहिलो पटक रजत जितेको थियो । एरिका एसियाड र एसिएन च्याम्पियनुिपमा समेत रजत जित्ने एक्लो महिला खेलाडी हुनुहुन्छ । उहाँले सन् २०२४ को एसिएन कराते च्याम्पियनसिपमा पनि रजत जित्नुभएको थियो । 

महासङ्घको साधारण सभाले विश्व कराते महासङ्घको निर्देशनअनुसार नेपाल कराते महासङ्घघको विधानमा आवश्यक संशोधन गर्ने, प्रशासनिक, व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय गरेको छ । 

यस्तै साधारणसभाले राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, महासचिव र कोषाध्यक्षको प्रतिवेदन, राष्ट्रिय कराते एकेडेमी को कार्यविधि, प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने निर्णय गरेको छ । महासङ्घमा रिक्त पदाधिकारी मनोनयन गर्ने अधिकार अध्यक्ष युवराज लामालाई दिने निर्णय पनि गरेको छ ।