सडकमै बालुवा, गिट्टीको डिपो
सप्तरीको विभिन्न सडकमा डिपो झैँ बालुवा, गिट्टी थुपारेपछि दुर्घटनाको जोखिम अत्यधिक रहेको स्थानीय बासिन्दा बताउँछन् । राजविराज नगरपालिकाको विभिन्न ठाउँका सडकमा बालुवा, गिट्टी डिपो झैँ थुपारिएपछि दुर्घटनाको जोखिम रहेको स्थानीय हरेराम यादवले बताउनुभयो । राजविराज नपा–१० स्थित बिरौल चोक, खाँडो पुल चोकको बिच सडकमै बालुवा, गिट्टीको डिपो सञ्चालन गर्दा दुर्घटनाको जोखिम रहेको छ ।
पाँच वर्ष नबित्दै उप्कियो पुल
सप्तरीको हुलाकी लोकमार्ग अन्तर्गत राजविराज–कन्चनपुर सडकखण्डको खाँडो नदीको पुल निर्माण सम्पन्न भएको पाँच वर्ष नबित्दै उप्किन सुरु भएको छ । नेपाल सरकारको कुल १० करोड रुपियाँको लागतमा अरुण लामा जेभी कन्स्ट्रक्सनले बनाएको पुल पाँच वर्ष नपुग्दै उप्किन सुरु भएको हो । निर्माण गरिएको पुलमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको आरोप छ । पुलको गुणस्तरहीन काम ढाकछोप गर्न ठाउँ ठाउँमा सिमेन्टको घोल हालेको स्थलगत रूपमा स्पष्टै देखिएको नेकपा (माओवादी केन्द्र) का नेता दीपेन्द्र माझीको आरोप छ ।
अवरुद्ध खानेपानी सुचारु
रौतहटको चन्द्रपुर नगरपालिकामा खानेपानीको पाइप विस्तार र अवरुद्ध पानी सुचारु गर्ने काम सुरु भएको छ । चन्द्रनिगाहपुर–गौर सडक स्तरीकरणको काम गर्दा खानेपानीको पाइप फुटेपछि अवरुद्ध पानी सुचारु गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चन्द्रपुरले बुधबारदेखी पाइप व्यवस्थापन गर्न थालेको हो ।
अत्याधुनिक स्वास्थ्य परीक्षण प्रयोगशाला स्थापना
मधेश प्रदेशको राजधानी जनकपुरधाममा निजी लगानीमा अत्याधुनिक स्वास्थ्य परीक्षण प्रयोगशालाको स्थापना गरिएको छ । मङ्गलम् डाइग्नोष्टिक सेन्टर नाम रहेको उक्त प्रयोगशालाको एक कार्यक्रमबीच बुधबार जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले उद्घाटन गर्नुभएको हो ।
चन्द्रपुर नगरपालिकामा म्याद गुज्रिएका सामान बिक्री–वितरण
रौतहटको चन्द्रपुर नगरपालिका भित्र व्यापार गर्ने अधिकांश व्यापारीले म्याद गुज्रेका उपभोग्य वस्तुको बिक्री गर्ने गरेको जनगुनासो छ । बजारको अनुगमन र नियमन प्रभावकारी नहुँदा स्थानीय व्यापारी ढुक्क भई म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री वितरण हुने गरेको पाइएको छ ।
अङ्ग्रेजी माध्यममा पठनपाठन गर्न माग
सप्तरीको एक विद्यालयको अभिभावक भेलाले सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन हुनुपर्ने माग गरेका छन् । राजविराज नगरपालिकाको श्री पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा राजनीति सङ्गठनमा लागेका शिक्षक मुक्त शिक्षा र अङ्ग्रेजी माध्यमको पठनपाठन यथाशीघ्र सञ्चालन गर्नुपर्ने माग गरिएको हो ।
लहानमा आँपको बजार व्यवस्थापन गरिने
आँपको राजधानीको रूपमा चिनिने लहानमा आँपको बजार व्यवस्थापनको लागि लहान नगरपालिका कृषि शाखा सक्रिय भएको छ ।
मेडिकल कलेज स्थापनाको बाटो खुल्यो
सर्वोच्च अदालतले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाविरुद्ध परेको रिट निवेदन खारेज गरेको छ। सर्वोच्चको यो निर्णयसँगै बर्दिबासमा मेडिकल कलेज स्थापनाका लागि मार्ग प्रशस्त भएको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासले सोमबार उक्त रिट निवेदन खारेज गरेको हो। खारेजी फैसलाको पूर्ण पाठ आउन बाँकी छ। वातावरण अभियन्ता देवनारायण मण्डलले चुरेको वन क्षेत्रमा निर्माण हुन लागेको मेडिकल कलेज सञ्चालन गर्ने निर्णय खारेजीको मागसहित २०७८ माघ ३ गते रिट निवेदन दायर गर्नुभएको थियो। चुरेको वन मासेर संरचना निर्माण गर्न नहुने भन्दै प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर रिट निवेदन दायर गरिएको थियो।
बालिका बलात्कार मुद्दामा चार जनालाई १८ वर्षको कैद
बालिका बलात्कार मुद्दामा पक्राउ परेका चार जनालाई १८ वर्षको कैद फैसला भएको छ । ओखलढुङ्गा जिल्ला अदालतले एक १२ वर्षीया बालिकालाई बलात्कार गर्ने चार जनालाई १८ वर्षको कैद फैसला गरेको हो ।
भन्सार महसुल नतिर्ने भारतीय गाडी नियन्त्रणमा
बाराको सिम्रौनगढ नगरपालिका –१ वीरेन्द्र चोकबाट सशस्त्र प्रहरीले भारतीय स्कारपिओ गाडी नियन्त्रणमा लिएको छ ।
पर्खाल फोरेर भागेका थुनुवा प्रहरी नियन्त्रणमा
धनुषा प्रहरीको पर्खाल फोरेर फरार भएका ६ मध्ये एक थुनुवालाई घट्नाको करिब ४ महिनापछि महोत्तरी प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनुषाको क्षिरेश्वर नपा २ रम दैयाका २५ वर्षीय थुनुवा रोशन यादवलाई नियन्त्रणमा लिएको हो ।
बाँध फुटाएर अलपत्र छाड्दा जोखिम
लालबन्दी नगरपालिका–११, बाहुनी र १३ को पत्थरकोट जोड्ने गरी बाहुनी खोलामा झोलुङ्गे पुल निर्माणको काम अलपत्र छाडिँदा बाहुनी गाउँ जोखिममा परेको छ । पुल निर्माणका लागि बाहुनी गाउँतर्फ खोलामा बाँधिएको बाँध भत्काएर ठुलो खाल्डो खनिएको लामो समय भइसक्दासमेत अलपत्र छाडिएकाले वर्षायाममा बाढी आएर गाउँतर्फ पस्ने जोखिम बढेको हो ।
जग्गाको कित्ताकाट खुल्यो
महोत्तरी जिल्लामा मटिहानी नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र रहेको जग्गाको कित्ताकाट सार्वजनिक गरेको छ । मटिहानी नगरपालिकाले भू–उपयोग नियमावली २०७९ को नियम ५ उपनियम (१) ले दिएको अधिकारको उपयोग गर्दै जग्गा सार्वजनिक गरेको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।
रौतहटका इँटा उद्योग बन्द हुँदै
उत्पादन लागतभन्दा कम मूल्यमा पनि इँटा विक्री हुन छोडेपछि रौतहटका इँटा उद्योग धमाधम बन्द भएका छन् । दुई वर्षअघि एक सय ६३ वटा उद्योग सञ्चालनमा रहेको यस जिल्लामा अहिले ४६ वटा मात्र सञ्चालनमा छन् ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दा ‘बेञ्च बस्न नभ्याएको’ स्थितिमा
गौर हत्याकाण्डसम्बन्धी मुद्दाको आज (सोमबार) पनि सुनुवाइ हुन नसकेन सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज उक्त मुद्दाको पेशी तोकिए पनि ‘बेन्च बस्न नभ्याएको’ जनाएको छ ।
सर्पले डसेर बालकको मृत्यु
सर्लाहीको बागमतीमा सर्पले डसेर एक बालकको मृत्यु भएको छ । बागमती नगरपालिका –१२, बथाने बस्ने कुमार वि.क. का छोरा चार वर्षीय सलिन वि.क. को विषालु सर्पले टोकेर मृत्यु भएको हो ।
बजेट ल्याउने अन्तिम तयारीमा मधेस प्रदेश सरकार
मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेटको तयारी गर्ने अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मधेस सरकारले बजेट ल्याउने तयारी गरेको हो ।
गौर हत्याकाण्डसम्बन्धी मुद्दामा आज सुनुवाइ हुँदै
गौर हत्याकाण्डसम्बन्धी मुद्दामाथि आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएको छ ।
ट्याङ्करबाट पानी वितरण
जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । पछिल्लो समय यहाँका धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ ।
अविवाहित गर्भवती महिलाको मृत्यु
सर्लाहीको बसबरिया गाउँपालिकामा केही दिनअघि गर्भपतन गराएकी एक १६ वर्षीया किशोरीको उपचारका क्रममा आज मृत्यु भएको छ ।
जीवजन्तुका लागि पानीको वैकल्पिक व्यवस्था
गौर नगरपालिकाले जनावरहरूको लागि वैकल्पिक पानीको व्यवस्था गरेको छ । अत्यधिक गर्मीको कारण पानीको अभाव भएपछि जनावरहरूका लागि वैकल्पिक पानीको व्यवस्था गरिएको हो ।
जलेश्वरमा पानीको हाहाकार
जलको नगरी भनेर चिनिने महोत्तरीको सदरमुकाम जलेश्वरमा प्रचण्ड गर्मीसँगै पानीको हाहाकार भएको छ । जलेश्वरको सम्पूर्ण वडाहरूमा पानीको अभाव भएपछि नगरपालिकाले पानी वितरण गर्न सुरु भएको हो ।
फर्निचर उद्योगमा आगलागी
महोत्तरीको रामगोपालपुर –५ स्थित फर्निचर उद्योगमा आगलागी भएको छ । रेवी ठाकुरले सञ्चालन गरेको फर्निचर उद्योगमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताउनुभएको छ ।