नगरप्रमुखकै निर्देशनमा गैर कानुनी असुली
वीरगन्ज महानगरपालिकाको स्वामित्वमा वडा नम्बर ३ जिल्ला मालपोत कार्यालय नजिकै रहेको खाली जग्गामा वीरगन्ज महानगरपालिकासँग ठेक्का सम्झौता नै नगरी दोब्बर पार्किङ शुल्क असुली गरे पनि नियामक निकाय मौन रहेका छन् ।
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका–९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ ।
सर्लाहीमा चिसोले कठ्याङ्ग्रिएर दुईको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर दुई जना मुसहर प्रतिनिधिको मृत्यु भएको छ । हरिपुर नगरपालिका –९, पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका –६, लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
मूल्य निर्धारण नगरी उखु क्रसिङको तयारी, उखु कृषककोअसहयोगको चेतावनी
महोत्तरीको गौशाला नगरपालिका १ स्थित एभरेष्ट चिनी मिलले सिजन ०७९/८० का लागि उखु क्रसिङको तयारी गरेको छ । चिनी मिलले पुस महिनाको पहिलो साताभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित आवश्यक तयारी थालेको हो ।
कलम उद्योग स्थापना
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा कलम उद्योग सञ्चालनमा आएको छ। शुक्रबारदेखि सञ्चालनमा आएको वीणाशक्ति पेपर एन्ड स्टेसनरी प्रोडक्ट नामक कलम उद्योगमा २५ करोड रुपियाँ लगानी भएको बताइएको छ। बारा जिल्लाको चैनपुरमा स्थापना भएको यस कलम उद्योगले २४ घण्टामा चार लाखसम्म विभिन्न प्रकारका कलम उत्पादन गर्ने सो उद्योगका सञ्चालक मनोजकुमार मरोदियाले बताउनुभयो। यो उद्योगले मुलुकमा खपत हुने कलमको ४० देखि ५० प्रतिशत माग पूरा गर्ने उहाँले बताउनुभयो।
थारु सङ्ग्रहालय महोत्तरीकाे भंगहामा बन्ने
भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ । थारु सङ्ग्रहालय निर्माणस्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु सङ्ग्रहालय निर्माण गर्ने घोषणा गर्नुभएको छ ।
कीर्ते गरी बैंकबाट ६६ लाख रूपियाँ निकासा
महोत्तरी जिल्लाको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठका महन्थलाई प्रहरीले कीर्ते गरेको आरोपमा पक्राउ गरेका छन् । नेपालको सबैभन्दा ठूलो मठको रुपमा चिनिएको लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दास शास्त्रीलाई महोत्तरी प्रहरीको सहयोगमा रुपन्देही प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
धनुषामा बसले मोटरसाइकलाई ठक्कर दिँदा एकजनाको मृत्यु
धनुषाको मिथिला नगरपालिका–५, स्थित पूर्व–पश्चिम राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
चिसोले मधेशका जनजीवन प्रभावित
यसपालि लाग्दो पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको हो ।
अनाज बेच्न पाउँदा किसान खुसी
सर्लाहीको उत्तरी चुरेभेगमा उत्पादन भएका अनाजले बजार पाउन थालेपछि किसान खुसी भएका छन्। भौगोलिक रूपमा विकट रहेको चुरेभेगका बस्तीबाट खोलाको बगर हुँदै यातायात सञ्चालन भएसँगै त्यहाँका किसानले उत्पादन गरेको अन्नले बजार पाउन थालेको हो। चुरेभेगमा पर्ने नारायण खोला, शिर कालिन्जोर, भित्रीखोला, पीपलदमारलगायत क्षेत्रका किसानले मकै, कोदो, कुर्थी, बोडीलगायतका अनाज बजार ल्याएर बेचिरहेका छन्। ती ठाउँबाट जिल्लाकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको लालबन्दी बजारसम्म बस, बोलेरो र ट्याक्टर सञ्चालन भएपछि किसानलाई सहज भएको हो। वर्षाको बेला खोलामा बाढी आउँदा यातायातका साधन ठप्प हुँदा कृषि उपजले बजार नपाए पनि हिउँद याममा भने नियमित गाडी चल्न थालेपछि गाउँघरमा उत्पादन भएका अनाज बजार ल्याएर बेच्न पाएको लालबन्दी नगरपालिका–१५, शिर कालिन्जोरकी पार्वती तामाङले बताउनुभयो।
हुलाकी सडक निर्माण गर्न दबाब
सर्लाहीस्थित पूर्व–पश्चिम हुलाकी सडकमा विवाद भएका ठाउँमा विवाद मिलाउनका लागि सम्बन्धित पालिकालाई एक हप्ता समय दिइएको छ। सदरमुकाम मलङ्गवामा बसेको सर्वपक्षीय बैठकले ‘साइड क्लियर’ नहुँदा काम रोकिएका ठाउँमा समस्या समाधानका लागि पालिकालाई जिम्मेवारी दिने निर्णय गरेको हो। त्यसको नेतृत्व पालिकाका प्रमुखले गर्ने भनी निर्णयमा उल्लेख छ।
किसान सस्तोमा उखु बेच्न बाध्य
रौतहटको श्रीराम सुगर मिल बन्द भएपछि रौतहटका उखु उत्पादक किसानले कम मूल्यमै सखर उद्योगलाई उखु बिक्री गर्न थालेका छन् । रौतहटको अर्को बाबा बैजुनाथ सुगर मिलले क्रसिङ सुरु नगरेका कारण पनि किसान सखर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । गत वर्ष सरकारले उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५९० रुपियाँ तोकेको थियो । यस वर्ष मूल्य तोक्न ढिला भएको छ । किसानले सखर उद्योगलाई प्रतिक्विन्टल चार सय रुपियाँमा उखु बेचेका छन् ।
मधेस प्रदेशको प्रदेश सभा निर्वाचन परिणाम प्रतिवेदन प्रदेश प्रमुखलाई
निर्वाचन आयोगले मधेश प्रदेशको प्रदेश सभा सदस्य निर्वाचन परिणामसहितको प्रतिवेदन शनिबार प्रदेश प्रमुखलाई बुझाएको छ । निर्वाचन आयोगका आयुक्त सगुनसम्शेर जवरा नेतृत्वको टोलीले प्रदेश भवनस्थित प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख हरिशंकर मिश्रलाई प्रतिवेदन बुझाउनु भएको हो ।
रासायनिक मल विना गहुँ छर्दै सप्तरीका किसान
सप्तरीमा धानबालीपछिको दोस्रो बालीको रूपमा लगाउँदै आएको गहुँ छर्ने समय सकिन लागेको छ । बजारमा रासायनिक मल नपाएपछि बाध्य भएर मल विनै किसानले गहुँ छर्ने काम गरिरहेका छन् ।
फुटपाथ र नालामा राखिएका सामग्री हटाउँदै वीरगञ्ज महानगर
वीरगञ्ज महानगरपालिकाले नगरले फुटपाथ र नालामाथि राखिएका सामग्री हटाउने कामलाई तीव्रता दिएको छ ।
नेपाली नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
नक्कली नेपाली नोटसहित एक जना भारतीय नागरिकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेश सभामा थपिए तीन दल
मधेश प्रदेश सभामा यस पटक थप तीनवटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। यससँगै प्रदेशको नयाँ सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ। निर्वाचन परिणामको आधारमा निर्वाचन आयोगले मधेश प्रदेश सभामा १० वटा राजनीतिक दलको प्रतिनिधित्व कायम गरेको हो। २०७४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि गठित प्रदेश सभामा सातवटा राजनीतिक दलको मात्र प्रतिनिधित्व थियो। अहिले प्रदेश सभामा जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टी थप भएको निर्वाचन आयोगले जनाएको छ।
सर्लाहीमा गोली चल्यो, सशस्त्रका जवान घाइते
सर्लाहीको रामनगर गाउँपालिका–७ मा शुक्रबार साँझ गोली चलेको छ ।
गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रले उद्योगीलाई जग्गा लिजमा दिने
सप्तरीको रुपनी –१ मा रहेको मधेश प्रदेशको एक मात्र गजेन्द्र नारायण सिंह औधोगिक क्षेत्रले नयाँ उद्योग शुरु गर्ने उद्योगीहरुलाई लिजमा जग्गा दिने भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय बालाजुले निकालिएको २१ दिने सूचनाअनुसार मङ्सिर २८ देखि पुस २० गतेसम्म दरखास्त आह्वान खोलिएको छ ।
चुरे विनाशले बस्ती नै सखाप
धनुषा, पुस १ गते । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो । चुरे विनाशको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले नामोनिसान छैन ।तत्कालीन धनुषाको दिगम्बरपुर गाविस–४ छेडीपोखरी मानवविहीन बन्न पुगेर त्यहाँका सम्पूर्ण गाउँले अन्यत्र बसाइँ सर्न विवश भएका छन् । हाल उनीहरु गाउँभन्दा करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगेर बसोबास गरेका छन् । त्यस ठाउँलाई अहिले क्षीरेश्वरनाथ नगरपालिका–६ सखुवा बजार नयाँ टोल भनेर चिनिन्छ ।“केही वर्ष अघिसम्म यहाँ मानिस बस्थे, तिनले खाने पानीको इनार यही हो”, सामुदायिक वन उपभोक्ता समिति महासङ्घ प्रदेश–२ का अध्यक्ष सोमप्रसाद शर्माले भन्नुभयो, “अचानक एक दिन बाढी आयो र बस्ती बगायो ।” पैँसठ्ठीभन्दा बढी घरपरिवार रहेको त्यो बस्तीमा अहिले खाली जमिन छ । केही पोखरी खनिएका छन् र ठूलो क्षेत्र बगरमा परिणत भएको छ । विसं २०४५ मा झन्डै आठ फिट गहिराइबाटै नदीले काटेर बगाइदिएपछि सारा गाउँ नै बगरमा परिणत भयो । अहिले यहाँ बस्ती थियो भन्ने कुनै प्रमाण यहाँ भेटिँदैन, एउटा इनारको भग्नावशेष बाहेक ।अध्यक्ष शर्माले भन्नुभयो, “यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो, यो सबै देख्दादेख्दै पनि हामीले अझै चुरेमाथि खेलबाड गर्न छाडेका छैनौंँ ।” यस्ता थुप्रै बस्ती अन्यत्र पनि विस्थापित बनेका छन् । तराई–मधेसमा चुरे दोहनको फरक–फरक रोचक र टिठलाग्दो दृश्य छन् । अनियन्त्रित उत्खनन र चुरे दोहनले केही वर्ष अघिसम्म यहाँका खोलामा नियमित बगिरहने जरुवाको पानी बिलाएर गएको छ ।पानीका मुहान एकपछि अर्को गरेर सुक्न थालेका छन् । खानेपानीका मुहान, पोखरी, इनार, बगिरहने पानी र डिप बोरिङ बन्द भएपछि तराई–मधेसका अधिकांश क्षेत्र मानव वसोवास र कृषि उत्पादनका लागि अयोग्य बनेका छन् । तत्कालीन दिगम्बरपुर गाविस र हाल क्षीरेश्वरनाथ नगरपालिका–८ मा पर्ने यस गाउँको इतिहास दुई सय वर्ष पुरानो मानिएको छ । करिब दुई सय वर्ष पहिला यस गाउँमा थारू समुदायका मानिस भारतको मुङ्गेरबाट आएका हुन् भन्ने बुढापाका बताउँछन् । यस गाउँमा शोभित चौधरीका बुढा हजुरबुवा अमृत पोद्धार(चौधरी) बिर्तावाल हुनुहुन्थ्यो । यस भेगमा उनको ठूलो सम्मान थियो । पछि पहाडी समुदायका मानिसको प्रवेश हुन थालेपछि यिनीहरूको प्रभाव घट्दै गएको देखिन्छ ।विसं २००७ पहिले नै यस भेगमा जङ्गल फँडानीको क्रम सुरु भइसकेको थियो । पाल्पाबाट १९९० सालतिर नै आएका डम्बरबहादुर खातीले पाल्पाका बडाहाकिम प्रताप शमशेरको संरक्षणमा जङ्गल फँडानी गरी हरिहरपुरमा नयाँ बस्ती बसालेका थिए । विसं २००७ को क्रान्तिमा अग्रणी भूमिका खेल्ने धनुषा लोहना वभनगामा निवासी दिगम्बर झा क्रान्तिकालमा गठित जनसरकारका प्रभावशाली व्यक्तित्व थिए । आन्दोलनको क्रममा उनको खातीहरू (बलबहादुर खाती, लालबहादुर खाती र वीरबहादुर खाती)सँग निकट सम्पर्क भयो ।हरिहरपुर बस्ती बसेजस्तै जनसरकारका प्रभावशाली व्यक्ति मानिएका दिगम्बरले त्यस भेगमा जङ्गल फँडानी गरी नयाँ बस्ती विस्तार गरेकाले उनको नामबाटै बस्तीको नाम दिगम्बरपुर राखियो । पछि बलबहादुर खाती गाउँका जमिन्दार र हर्ताकर्ता भए ।पहिला दिगम्बरपुरमा जलाद खोलाको चौडाइ चार सय मिटर मात्र रहेकामा अहिले हजार मिटरभन्दा पनि बढी भएको छ । बर्सेनि जलाद खोलाले ५–६ बिघा जग्गा कटान गर्ने गर्दछ । विसं २०४५ मा आएको विनाशकारी बाढीले पूरा छेडीपोखरी गाउँ नै बगाएर लग्यो ।यहाँ बसोबास गर्दै आउनुभएका ७४ वर्षीय ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो उजाडस्थल हेर्न पुग्नुहुन्छ । उहाँको बाल्यकालदेखिका थुप्रै सम्झना झलझली आउँछ । “हेर्दाहेर्दै सबैथोक लगिदियो”, बुढाथोकीले भन्नुभयो, “म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौँ ।”रामेछापको नागदहबाट २०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै हुनुहुन्थ्यो । “बा आमा मिलेर खेतीपाती सुरु गर्नुहुन्थ्यो”, उहाँले सम्झनुभयो, “हामी त्यहीँ खेलेर हुर्कियाैं ।”आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषि कर्म अघि बढाउनुभयो । जलाद खोलाको छेवैमा भएकाले यहाँ मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुन्थ्यो । गाउँमै मूल फुटेर निस्केको पानीलाई बाँधेर सिँचाइ गरिएको थियो । त्यो सिँचाइले छेडीपोखरी मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई सिञ्चित गर्न मद्दत गरेको थियो ।ललितबहादुरले भन्नुभयो, “विसं २०४२ ताकाको कुरा हो, सोझो नदी त हेर्दाहेर्दै नागदेबेली परेर बग्न थाल्यो । सुरुमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै ल्यायो । अर्को वर्ष अझ बढी कटान भयो ।” विसं २०४४ मा गाउँभरि नदी बग्न सुरु भयो । जुन दिन खेतमा नदी पस्यो, त्यसै दिनदेखि नै यहाँका बासिन्दाको उठिबास भयो । उहाँले भन्नुभयो, “अरू गाउँले त तत्कालै छाडेर हिँडिहाले । म चाहीँ किनार किनार सर्दै त्यतै बसिरहेँ । अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सीप नलागेर म पनि बसाइँ सरेँ ।” उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो । अहिले अन्यत्रबाट थपिएका समेत गरेर डेढ सयभन्दा बढी परिवार यहाँ बसोबास गर्दछ ।खेती किसानी गरेर जीविकोपार्जन गर्दै आउनुभएका उहाँले जानेको अरू कुनै काम थिएन । बिहे भएर गएकी छोरीले किनिदिएको १० धुर जग्गामा एउटा छाप्रो बनाएर उहाँका श्रीमान्–श्रीमती बस्दै आएका छन् । “बिहान बेलुका यहीँ चिया बनाएर बेच्ने गर्छु । मुस्किलले जीवन चलिरहेको छ ।” यसरी विस्थापित हुनुपर्दाको समस्या उहाँलाई मात्र होइन, सम्पूर्ण गाउँलेलाई परेको छ । त्यो गाउँका कसैको पनि जग्गा जमिन अर्को गाउँमा थिएन । चार किल्ला ठोकिएजस्तो थियो यो ठाउँ । यहाँ पहाडे र मधेसी परिवारको मिश्रित बसोबास थियो । उहाँले भन्नुभयो, “यस्तो अवस्थामा सबै एकसाथ बिल्लिबाठ भयौँ ।”आफूहरूले ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको भए पनि छेडीपोखरीका धेरै परिवारको नम्बरी जग्गा रहेको यहाँ बताउनुहुन्छ । उहाँका अनुसार छेडीपोखरीमा पसेको झन्डै १० वर्षपछि फेरि नदीले बाटो फेरेको थियो । छेडीपोखरीकै छेउमा रहेको इच्छापुरका बासिन्दा लक्ष्मीकुमार यादव भन्नुहुन्छ, “उहाँ केटाकेटी हुञ्जेल पनि गाउँ छेउको जलाद नदी एकतिरबाट मात्र बगेको थियो । त्यतिबेला बढीमा सय मिटर चौडा थियो ।”नदीतर्फ औँल्याउँदै उहाँ भन्नुहुन्छ, “अहिले त तीन वटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ ।” छेडीपोखरीमा नदी पसेर जलादले दोस्रो धार बनाएको थियो भने १० वर्षमा छेडीपोखरी र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बनाइदियो । अहिले नदी योबीचकै धारबाट बगिरहेको छ । पछिल्लो समय नदीको तटबन्ध गरिए पनि बर्सेनि कटान नरोकिएको समाजिक परिचालक लक्ष्मीकुमार बताउनुहुन्छ ।राष्ट्रपति चुरे संरक्षण कार्यालयलगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरेनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध कार्यालयमार्फत चुरे संरक्षणका प्रयास भइरहेका छन् ।चुरे संरक्षणको निम्ति गम्भीर भएर सबै क्षेत्रबाट पहल नभए धनुषाको छेडपोखरी गाउँजस्तै धेरै गाउँ मरुभूमिमा परिणत हुने विज्ञहरुले औँल्याएका छन् । वातावरणविद्, चुरेका अनुसन्धानकर्ता डा. विजयकुमार सिंह दनुवार भन्नुहुन्छ, “जुन मात्रामा चुरेले विनाश भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो छ ।” तीन दशकभित्र जलाद नदीले तीन वटा धार परिवर्तन गरेको छ । काठको चोरी निकासीलाई नियन्त्रण गर्न नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नाङ्गो भइसकेको बताउनुभयो । वन फँडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको सिंहको भनाइ छ ।वर्षामा आउने भेलले ढुङ्गा, माटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुपार्ने क्रम बर्सेनि बढ्दै गएको छ । चुरेभन्दा माथिको महाभारत पर्वत शृङ्खलामा हुने गतिविधि पनि चुरे र तराई–मधेससँगै जोडिने विज्ञ सिंहको भनाइ छ । महाभारत शृङ्खलाका पहाड नै फोरिए पनि अन्तिममा तराई नै मरुभूमीकरण हुनेछ । “महाभारतका पहाड उत्खनन गर्दा २५÷३० प्रतिशत मात्रै निर्यातयोग्य ढुङ्गा, गिट्टी निस्कन्छ, बाँकी ७०÷७५ प्रतिशत ‘डेमरेज’ नदी–खोलामै मिसिएर तराईमा पुग्छ”, डा. सिंह भन्नुहुन्छ, “दर्जनौँ पहाड त्यसरी खोतलियो भने तराई पुरिन कत्ति पनि समय लाग्दैन ।”
तराई–मधेशमा बढ्यो चिसो
सर्लाहीसहित तराईका जिल्लाहरुमा चिसो बढेको छ । बाक्लो हुस्सु लागेका कारण घाम लाग्न छोडेपछि तराईमा चिसो बढेको हो ।
अचानक चिसो बढेपछि जनजीवन प्रभावित
सर्लाहीसहित तराई क्षेत्रमा बाक्लो हुस्सु लागेर कठ्याङ्ग्रिँदो चिसो हुन थालेपछि जनजीवन प्रभावित भएको छ । यस क्षेत्रमा अचानक बिहीबारदेखि बाक्लो हुस्सु लागेर शीत झर्न सुरु भएको हो । दुई दिनअघिसम्म बिहान–बेलुका र रातको समयमा चिसो भए पनि दिनभर भने पारिलो घाम लाग्ने गरेको थियो ।
दलको नेता बन्न दौडधुप
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको अन्तिम परिणाम सार्वजनिक भएसँगै दलको नेता बन्न आकाङ्क्षीहरू समर्थन जुटाउन सक्रिय भएका छन्। खासगरी मधेश प्रदेश सभामा प्रतिनिधित्व गरेका मुख्य राजनीतिक दलभित्र दलको नेता बन्ने आकाङ्क्षीहरू समर्थनका लागि दौडधुप सुरु गरेका हुन् । प्रदेश सभामा पहिलो र दोस्रो राजनीतिक दल बनेका नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कांग्रेसभित्र दलको नेता बन्न चाहनेहरू बढी सक्रिय भएका छन्। आ–आफ्नो पक्षमा समर्थन जुटाउन र दलको आधिकारिक उम्मेदवारका लागि इच्छुक नेताहरू पार्टीका शीर्षस्थ नेताको घरदैलोमा धाइरहेका छन्। दलको नेता बन्न दाबी गरिरहेका प्रदेश सभा सदस्यहरू काठमाडौँमै छन् भने अधिकांश दाबेदारहरू आफ्नो पक्षमा माहोल बनाउन प्रदेश सांसदहरूसँग सम्पर्कमा जुटिसकेका छन्।
सर्लाहीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
हुलाकी सडक अन्तर्गत सर्लाहीको ब्रह्मपुरीमा बिहीबार दिउँसो ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।