विद्युतीय सवारीको कारोबार ठप्प
विद्युतीय सवारीप्रति यातायात व्यवसायीको आकर्षण र माग बढ्दै गएको छ। यसैलाई लक्षित गरी प्रहरी र नेपाल विद्युत् प्राधिकरणको सहयोगमा बर्दिबासमा दुईवटा चार्जिङ स्टेसनसमेत स्थापना भएको छ। पछिल्लो समय बैङ्कहरूले ऋण प्रवाह नगर्दा विद्युतीय सवारीसाधनको कारोबार र बिक्री वितरण ठप्प छ। चाहेर पनि विद्युतीय सवारीको प्रयोग बढाउन नसकेको यातायात व्यवसायीले जनाएका छन्। बैङ्कहरूले भने लगानी र धरौटीबीच सन्तुलन नमिल्दा विद्युतीय सवारीमा ऋण प्रवाह गर्न नसकेको बाध्यता प्रकट गरेका छन्।
विद्यार्थी अपहरण तथा हत्या प्रकरण : प्रधानाध्यापकसहित दुई पक्राउ
कक्षा ८ मा अध्ययनरत विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
खाद्य कम्पनीले किसानको धान खरिद गर्ने
सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी यही पुस १७ गतेदेखि किसानको धान खरिद गर्ने जनाएको हो ।
आगोले जलेर वृद्धको मृत्यु
सप्तरी जिल्लामा गए राति आगलागी हुँदा वृद्ध बुबाको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।
तराईमा यस वर्षकै बढी चिसो, जनजीवन कष्टकर
सर्लाहीसहित तराईका जिल्लाको न्यूनतम तापक्रम बुधबार यो वर्षकै कम मापन गरिएको छ । बुधबार बिहान ७ बजेको मापन अनुसार सर्लाहीको तापक्रम नौ डिग्री सेल्सियसमा झरेको हो । अघिल्ला दिनहरुमा जिल्लाको न्यूनतम तापक्रम ११/१२ डिग्री सेल्सीयसको हाराहारीमा हुन्थ्यो ।
आन्तरिक गृहकार्यमा दल
नयाँ सत्ता समीकरणसहित गठन भएको सङ्घीय सरकारको प्रभाव मधेश प्रदेश सरकार गठनमा पर्ने भएको छ। मधेश प्रदेशमा सरकार बनाउन अहिलेको सत्ता गठबन्धनसँग सामान्य बहुमत पुगेको छ। प्रदेशमा सत्ता घटक नेपाल कम्युनिस्ट पार्टी (एमाले) पहिलो दल बनेको छ। सत्ता घटककै अर्को जनता समाजवादी पार्टी (जसपा) तेस्रो दल बनेको भए पनि गठबन्धनको हिसाबले दोस्रो दल हो। प्रत्यक्ष र समानु्पातिक गरी एमालेले २३ र जसपा १६ सिट प्राप्त गरेका छन्। त्यस्तै सत्ता गठबन्धनभित्रकै जनमत पार्टीको १३, नेकपा माओवादी केन्द्रको आठ, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक/एक सिट छ। सङ्घमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेशमा प्रतिनिधित्व छैन।
छलकपटले अनाथालय लथालिङ्ग
अनाथालयमै हुर्किएर पढेर इन्जिनियर बनेका एक जनाको छलकपटले अनाथालय नै लथालिङ्ग बनेको छ। सोही अनाथालयमा आश्रित भएर इन्जिनियरिङ गर्नुभएका हृदयलाल कुशवहाले गरेको छलकपटले अनाथालयमा आश्रित अन्य बालबालिका समस्यामा परेका छन्। असहाय तथा टुहुरा बालबालिकाको संरक्षण गर्दै आएको जिल्लाको गरुडा नगरपालिकामा अवस्थित वंशीराम अनाथालयमा हुर्केका युवाले सञ्चालकलाई ललाइफकाई जमिन आफ्नो नाममा पास गरी सम्पर्कविहीन बनेका छन्।
गौर आँखा अस्पतालमा भारतीय बिरामीको भीड
रौतहटको सीमावर्ती आँखा अस्पतालमा आँखाका भारतीय बिरामीको दिनहुँ भीड लाग्ने गरेको छ । सस्तो र गुणस्तरीय सेवा पाइने भन्दै उनीहरुको भीड लाग्ने गरेको हो ।
बढ्दो चिसोमा किसानलाई कामको चटारो
मध्य पुसमा महोत्तरीमा अत्यधिक चिसो छ । चिसोबाट बच्न अनेकन उपाय खोजिरहँदा यहाँका किसानलाई भने कामको चटारो छ । यो गहुँबाली लगाउने, गोभी, खुर्सानीलगायत तरकारी बजार पु¥याउनु पर्ने र उखुक्रसिङको समय भएकाले किसानलाई खेतीपातीको काममा भ्याइनभ्याइको अवस्था छ ।
अस्पतालमै शिशु छाडेर आमा फरार
सर्लाही सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा एक सुत्केरी आमा शिशु जन्माएर फरार भएकी छन् ।
धान बेच्नै सकस
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, वीरगञ्ज शाखाले सोमबारदेखि धान खरिद गर्न सुरु गरेको छ तर सरकारले तोकेको मूल्यमा धान बेच्न भने किसानलाई सकस हुने गरेको छ । सोमबार बिहान ९ बजे कार्यालय खुल्ने र धान बोकेका ट्याक्टर कार्यालय परिसरभित्र जान पाउने भए पनि धान लिएर आएका ट्याक्टर आइतबार दिउँसोदेखि नै कार्यालय परिसरबाहिर सडकमा लामबद्ध थिए ।
उदाहरणीय बन्यो सामुदायिक विद्यालय
सामुदायिक विद्यालयको शैक्षिक सुधारको चौतर्फी चिन्ता भइरहेको बेला सप्तरीको एक सामुदायिक विद्यालयले नाम चलेका निजी विद्यालयहरूलाई चुनौती दिएको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–८ मा २०२० सालमा स्थापित श्री आधारभूत विद्यालय मलहानमा नगरकै पहिलो विद्यालय हो। बिगँरदो शिक्षाको हालतलाई हेरेर सामुदायिक स्कुलप्रति अभिभावकहरूले सजिलै विश्वास गरेको देखिँदैन तर यो विद्यालयको सन्दर्भमा भने फरक छ।
बाली भित्र्याएपछि मजदुरी गर्न भारत
सर्लाहीको दक्षिणी भेगका युवा धान र अन्य हिउँदे बाली भित्र्याएपछि काम खोज्दै छिमेकी मुलुक भारततर्फ जान थालेका छन्। जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पालिका हिजोआज युवाविहीन बनेका छन्। अब हिउँद यामभर गाउँघरमा खासै काम नपाइने भएपछि युवाको समूह रोजगारीको खोजीमा भारतको पन्जाब, हरियाणा, दिल्लीलगायतको ठाउँमा जान थालेका हुन्।
मधेश प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १५ गते
मधेश प्रदेश सभामा निर्वाचित हुनुभएका प्रदेश सभा सदस्यहरूको शपथ ग्रहण पुस १५ गते हुनेभएको छ । प्रदेश सभा सचिवालयका निमित्त सचिव रञ्जितकुमार यादवले सोमबार बोलाउनुभएको सर्वदलीय बैठकबाट पुस १५ गते दिउँसो २ बजे प्रदेश सभामा शपथ ग्रहण गराउने निर्णय गरेको हो ।
पसलेको कुटाइबाट मजदुरको मृत्यु
पसलेको कुटाइबाट एक मजदुरको मृत्यु भएको छ । जिल्लाको समसी २ पर्सादेवाडका ३० वर्षीय मो खुर्सेद अन्सारीको निर्घात कुटपिटपछि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सवारी चालक अनुमतिपत्र नपाउँदा हैरानी
सेवाग्राहीले समयमै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नपाउँदा यातायात क्षेत्रमा अनेकन समस्या र विकृति बढ्न थालेको छ। सरकारले सवारी चालकका लागि स्मार्ट लाइसेन्स वितरण गर्न थालेको एक दशक बित्न लागेको छ। नयाँ प्रविधिमा गएपछि समय तथा खर्चको बचत, पुराना समस्याको निराकरण र सेवास्तरीय हुनुपर्ने हो तर स्मार्ट लाइसेन्सको सवालमा भने यसको उल्टो असर देखिएको सेवाग्राहीको भनाइ छ।
भिट्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माण हुन सकेन
दुई वर्ष छ महिनामा निर्माण सम्पन्न हुने गरी शिलान्यास गरिएको भिट्ठामोड–जलेश्वर–जनकपुर सडक निर्माण कार्य समयमा नै सम्पन्न गर्न समस्या देखिएको छ। २०७३ भदौ २४ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सो सडकको शिलान्यास गर्नुभएको थियो। त्यति बेला जलेश्वरको खैरा चोक नजिक शिलान्यास हुँदा वर्षौंदेखि सडक भएर आउजाउ गर्नेहरूले भोग्दै आएको समस्याबाट मुक्ति पाउने आशले खुसीको लहर छाएको थियो। दशकौँदेखि उपेक्षाको सिकार भएर जीर्ण अवस्थामा रहेको उक्त सडक बन्ने भएपछि स्थानीयवासी खुसी हुनु स्वाभाविक पनि थियो तर अहिले स्थानीयवासी दुखी तथा आक्रोशित देखिएका छन्।
मधेशमा दुई दिनमा गोली प्रहारबाट दुईको हत्या
मधेश प्रदेशमा दुई दिनको अवधिमा गोली प्रहारबाट दुईजनाको हत्या भएको छ । प्रदेशको धनुषा र बारा जिल्लामा गरी दुई दिनभित्र दुई जनाको हत्या भएको हो ।
मधेश प्रदेश : शपथलगायत विषयमा सहमति खोज्न सर्वदलीय बैठक
मधेश प्रदेश सभा सचिवालयको आह्वानमा सोमबार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्ने भएको छ ।
साढे दुई किलो युरेनियमसहित तीन जना पक्राउ
जितपुरको आदित्य होटेलबाट साढे दुई किलोग्राम युरेनियमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
छ वर्ष बित्दा पनि बनेन सडक
२०७३ भदौ २४ गतेका दिन तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुई वर्ष छ महिनामा निर्माण कार्य सम्पन्न हुने गरी भिटामोड– जलेश्वर–जनकपुर सडक निर्माण सक्ने भन्दै शिलान्यास गर्नु भएको थियो ।
शैक्षिक सुधारका लागि इमानदार बन्न आग्रह
लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू विद्यालयको भौतिक र शैक्षिक विकासको लागि इमानदारीपूर्वक सक्रिय भइदिन आग्रह गर्नुभएको छ।
शपथग्रहण छलफलका लागि मधेस प्रदेशमा सर्वदलीय बैठक
मधेश प्रदेश सभाको प्रभावकारी व्यवस्थापन तथा नवनिर्वाचित सभा सदस्यलाई शपथग्रहण गराउने विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।
पन्ध्र सय परिवारलाई न्यानो कपडा
सर्लाहीको हरिपुर र ईश्वरपुरमा एक हजार पाँच सय अतिविपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।