चुनौतीपूर्ण बन्दै मिटरब्याजी समस्या
सामन्तवादको अवशेष मानिएको मिटरब्याज समस्या अन्त्यका लागि सरकारले सञ्चालन गरेको अभियानविरुद्ध मिटरब्याजीहरू प्रतिरक्षामा जुटन थालेका छन्। सङ्गठित हुँदै गएका मिटरब्याजीले प्रशासन कार्यालयविरुद्ध निषेधाज्ञा र अवहेलना मुद्दा लगाएर सरकारी अभियानलाई प्रश्नको घेरामा पारेका छन्। यसले मिटरब्याज समस्या समाधानमा जुटेको सरकार र प्रशासनको प्रयास र अभियानलाई चुनौतीपूर्ण बनाउँदै लगेको घटनाक्रमले देखाएको छ।
घुस लिएको आरोपमा प्रहरी सहायक निरीक्षकविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज (मङ्गलबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
मनाराशिसवा नगरपालिकामा वृहत योग शिविर
विश्व योग दिवसको अवसरमा मनराशिसवा नगरपालिकाले भोलि वृहत् योग शिविर आयोजना गर्ने भएको छ । विद्यालय तहमा योग र संस्कृत शिक्षालाई अनिवार्य गरेर चर्चामा आएको मनराशिसवाले स्थानीय दुर्गा माविको प्राङ्गणमा नवौँ विश्व योग दिवस मनाउने तयारी गरेको हो ।
एकचालिस अभिभावक सम्मानित
बिस वर्ष उमेर पूरा गरी छोराछोरीलाई विवाह गर्ने ४१ जना अभिभावकलाई यहाँ सम्मान गरिएको छ। मटिहानी नगरपालिकाको महिला बालबालिका ज्येष्ठ नागरिक शाखाले बालविवाह न्यूनीकरण गर्ने उद्देश्य साथ उमेर पूरा गरी छोरीलाई विवाह गर्ने अभिभावकलाई प्रोत्साहन गर्न सम्मान गरेको हो।
सप्तरीमा तीन दिने वृहत् स्वास्थ्य शिविर सञ्चालन
प्रतिनिधि सभा सदस्य दिनेश यादवको विशेष पहलमा सप्तरी क्षेत्र नम्बर –३ का नागरिककानिम्ति तीन दिने वृहत स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शम्भुनाथ नगरपालिकाको संयोजनमा सोमवार शम्भुनाथ नगरपालिका १ गोविन्दचोकमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा पन्ध्रसय बढी स्थानीय नागरिक लाभान्वित भएको आयोजकको दावी छ ।
५७ घरमा पुग्यो खानेपानी
भौगोलिक रूपमा विकट रहेको सर्लाहीको हरिवन नगरपालिका–१, कोठी खोलामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् ।
आँप बगैँचामा तस्करीका काठ
गौशाला नगरपालिका -१० स्थित आँप बगैँचा भित्र लुकाई छिपाई राखेको अवस्थामा वन कर्मचारीले चोरी तस्करीका काठ नियन्त्रणमा लिएको छ । वन कर्मचारीको रात्रिकालीन गस्तीले स्थानीय तिलक पासवानको आँप बगैँचाबाट सात थान साखु जातको गोलिया बरामद गरेको हो ।
‘स्वतन्त्र रूपमा काम गर्न पाइएन’
स्वतन्त्र रूपमा काम गर्न नपाउँदा स्थानीय तहको कार्य सञ्चालनमा कठिनाइ भइरहेको प्रमुख प्रशासकीय अधिकृतहरूले गुनासो गरेका छन्। धनौजी गाउँपालिकाको सभा हलमा शनिबार आयोजित स्थानीय तहमा कार्य सम्पादन तथा सेवा प्रवाहमा आउने व्यवहारिक तथा प्राविधिक समस्यालाई चुस्तदुरुस्त बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करबिच भएको छलफल कार्यव्रmममा धनुषाका प्रमुख प्रशासकीय अधिकृतहरूले यस्तो गुनासो गर्नुभएको हो। उहाँहरूले स्वतन्त्र भएर काम गर्न नपाउँदा विभिन्न खालका धाकधम्कीलगायतका समस्यासँग जुध्नु परेको गुनासो गर्नुभयो।
मधेश प्रदेश सभाको समितिका सभापतिहरुद्वारा गाेपनीयताको शपथ
मधेश प्रदेशसभाका सातमध्ये पाँच विषयगत समितिका नवनिर्वाचित सभापतिले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेशसभा सचिवालयमा आइतबार आयोजित कार्यक्रममा मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
मैथिली साहित्य परिषद्को अध्यक्षमा झा निर्वाचित
मैथिली साहित्य परिषद्को अध्यक्ष पदमा अवधेश झा निर्वाचित हुनुभएको छ ।
निःशुल्क स्यालो ट्युबवेल र अनुदानमा मोटर
हरिया तरकारी उत्पादनका लागि जिल्लाकै पकेट क्षेत्र मानिएको औरही नगरपालिकाले त्यहाँका किसानका लागि सिँचाइ सामग्री वितरण गरेको छ । नगरपालिकाले तीन सय थान सिँचाइ मोटर र २५० थान स्यालो ट्युबवेल वितरण गरेको हो । नगरपालिकाले शुक्रबारदेखि १, २, ७, ८ र ९ नम्बर वडाका किसानलाई २ एचपी क्षमताको मोटर तथा स्यालो ट्युबवेल वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा मोटर तथा सात हजार जडान खर्चसहित स्यालो ट्युबवेल सामग्री निःशुल्क उपलब्ध गराएको जनाएको छ । औरही नगर प्रमुख प्रदीप खड्काले मोटर र ट्युबवेल जडान भइसकेपछि ती वडाका छ सय किसान परिवारका एक हजार पाँच सय हेक्टर जग्गामा बाह्रै मास सिँचाइ सुविधा पुग्ने जनाउनुभयो ।
करेन्ट लागेर दुईको मृत्यु
रौतहटको बौधिमाई नगरपालिका कोपवामा पानी लिन जाँदा विद्युतीय करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।
नेपालीलाई भारतीय नागरिकसरह स्वास्थ्य सेवा दिन आग्रह
मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्यसम्बन्धी सेवा लिन भारत जाने नेपाली नागरिकलाई भारतीय नागरिकजस्तै स्वास्थ्यसम्बन्धि सेवामा सुविधा दिने वातावरण बनाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ ।
ईशनाथ नगरपालिकाको वार्षिक कार्यप्रगति सार्वजनिक
ईशनाथ नगरपालिकाका नगरप्रमुख कौशल्या देवी सिन्हाले वार्षिक कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । ईशनाथ नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी नगरपालिकाको वार्षिक कार्य प्रगति सार्वजनिक गरेको हो ।
अत्यधिक गर्मीले धानको बीउ सुक्यो, किसान चिन्तित
दैनिक बढिरहेको गर्मीले धानको बीउ सुक्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । आकाशे पानीको भर परेका किसान अत्यधिक गर्मीका कारण धानको बीउ सुक्दै गएपछि मर्कामा परेका हुन् । असार लागिसक्दा पनि पानी नपरेपछि यस वर्ष धान उत्पादनमा कमी आउने किसानले आङ्कलन गरेका छन् ।
मधेश प्रदेशको ४४ अर्ब ११ करोडको बजेट : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारको क्षेत्रलाई प्राथमिकता
मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको राजश्व तथा व्ययको अनुमानित बजेट प्रस्तुत गरिएको छ ।
मधेश प्रदेशको बजेट भाषण
मधेश प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले आर्थिक वर्ष २०८०/०८१ राजस्व तथा व्ययको अनुमान प्रस्तुत गर्नुभएको हो।
मधेश प्रदेश सरकारको बजेट प्रस्तुत हुँदै
मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेश सभाको बैठकमा अपरान्ह ५ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नागरिकता विधेयक कार्यान्वयन गर्न माग
नागरिकतासम्बन्धी विधेयक कार्यान्वन नगराउन सर्वोच्चले दिएको अन्तरिम आदेशप्रति सरकारले चासो लिनुपर्ने भन्दै नेपाली कांग्रेसका समर्थित भातृसंगठनका युवाहरुले जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत सरकारलाई कार्यान्वयनको अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
शङ्काको सुविधा दिएर मधेशमा एमालेको विश्वासको मत : एमाले
नेकपा (एमाले) का मधेश प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईले मधेशका मुख्यमन्त्रीलाई शङ्काको सुविधा दिएर विश्वासको मत दिएको बताउनुभएको छ ।
अवैध भित्रिएका भारतीय गुट्खा बरामद
महोत्तरी सर्लाही सीमा नजिकको गौशाला नपा -७ स्थित जयपुर गाउँ नजिकबाट प्रहरीले विभिन्न ब्रान्डका भारतीय गुट्खा बरामद गरेको छ ।
वैदेशिक रोजगारीका पीडा : सानो त्रुटि, ठूला समस्या
बर्दिबास–९, पशुपतिनगरका सात जनाले वैदेशिक रोजगारीमा खाडी मुलुक जानका लागि रौतहटका एक एजेन्टलाई राहदानीसहित ३० लाख रुपियाँ जिम्मा लगाए। सुरुमा अनेकन प्रलोभन देखाएका एजेन्टले पैसा हात पारेपछि खाडी मुलुक पठाइदिन आजभोलि गर्दागर्दै समय टार्दै गए। अहिले एजेन्ट नै सम्पर्कविहीन भएका छन्।
दश वर्ष वित्दापनि बन्न सकेन पुल
हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको डीमन–बेनौलीमा पर्ने पुलको निर्माण सुरु भएको एक दसक हुन लाग्यो तर पुल निर्माणको कार्य अझै पुरा हुन सकेको छैन। नियामक निकायसँगको मिलोमतोमा निर्माण कम्पनीको लापरबाहीका कारण हुलाकी राजमार्गको राजविराज–कञ्चनपुर सडक खण्डको बेनौलीमा निर्माणाधीन पुलको निर्माण सुरु भएको एक दशक बितिसक्दा पनि बन्न सकेको छैन ।
आर्थिक वृद्धि दर १.९० प्रतिशत मात्र रहने अनुमान
मधेश प्रदेश सभामा प्रदेशका आर्थिक सामाजिक अवस्थाको वास्तविक चित्रणसहित मधेश सरकारले पहिलो आर्थिक सर्वेक्षण पेस गरेको छ । मधेश प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेस गर्नुभएको हो ।