• ४ जेठ २०८१, शुक्रबार

दुर्घटनामा एकको मृत्यु, दुई घाइते

blog

रवीन्द्र उप्रेती

बर्दिबास, भदौ ७ गते । बबर्दिबास नगरपालिका–१० पूर्व–पश्चिम लोकमार्गको लक्ष्मिनियास्थित जङ्गली क्षेत्रमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  

दुर्घटनामा परी गौशाला–८ का ५१ वर्षीय मित्रे भन्ने भुवन ग्राङजाको उपचारको क्रममा बर्दिबासस्थित ट्रमा सेन्टरमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले बताउनुभयो । 

सोही ठाउँका ५० वर्षीय वीरबहादुर मगर तथा गौशाला –१२ का ३५ वर्षीय आयुषमान लो लामा घाइते छन् । गम्भीर अवस्थाको लामाको काठमाडौँ तथा मगरको बर्दिबास ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदैगरेको प्र२–०२–००६ प ३४७८ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदैगरेको जिपले बिहीबार बिहान ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न रहेको आशङ्कामा बर्दिबास प्रहरीले प्र२–००१च १२३१ नम्बरको स्कार्पीयो जिपलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक यादवले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको बर्दिबास प्रहरीले जनाएको छ ।