• ४ जेठ २०८१, शुक्रबार

सरसफाइसँगै फेरियो जनकपुरधामको रूप

blog

स्मृति मिश्र

महेन्द्रनगर (धनुषा), भदौ २ गते । सरसफाइ अभियान अन्तर्गत शुक्रबार २७ औँ सप्ताहमा जनकपुरधामको रामानन्द चोकमा सरसफाइ गरियो । सरसफाइ अभियान थालिएपछि धार्मिक नगरी जनकपुरधामको परिचय र परिदृश्य फेरिएको छ । 

प्रमुख जिल्ला अधिकारीका रूपमा धनुषा आउनुभएका काशीराज दाहालको सव्रिmयता एवं अगुवाइमा साप्ताहिक सरसफाइ अभियान सञ्चालन हुन थालेपछि फोहोरमैला व्यवस्थापनमा स्थानीयवासीको चासो ह्वात्तै बढेको छ । कुनै बेला फोहोरका डङ्गुर देखिने सहरका धार्मिक तथा सांस्कृतिक महìवका ठाउँहरूमा नगरपालिकाका पदाधिकारी, सामाजिक अभियन्ता, सुरक्षा संयन्त्रका कर्मचारीलगायतका समूहले कुचोकोदालो लिएर बढारकँुढार गर्न थालेका छन् । 

सहरका मूल सडक पक्की र फराकिला भएका छन् । भित्री बस्ती जोड्ने सडक तथा गल्लीहरूको संरचना ढलानमा परिणत भएका छन् । तर, सडकका दुवैतर्फका घरबाट निस्किने फोहोरको थुप्रा जताततै फ्याकिन्छन् । बजार क्षेत्रका बाटाघाटा छेउबाट पैदल हिँड्ने मार्ग (फुटपाथ) सटर बहालमा लिएका र खुद्रा पसलेबाट अतिव्रmमित छन् । आधा बाटो नै ढाक्ने गरी साइकल, मोटरसाइकल, ई–रिक्सा, अन्य चारपाङ्ग्रे सवारीसाधन भद्रगोल तरिकाले पार्किङ गरिएका हुन्छन् । ठाउँ ठाउँमा बाटो जाम हुँदा हतारमा रहेका सवारीचालकले लगातार बजाइरहने हर्नका कर्कश ध्वनिले वातावरण नै अभद्र बनाइरहेको हुन्छ । 

“यस्तो दुर्भाग्यपूर्ण दृश्य सामान्य छ । फोहोरमैला, सवारीसाधन र खुद्रा पसल व्यवस्थापन नहुँदा जनकपुरधाम बजार कुनै गाउँघरको मेला बनेको छ । एकअर्कालाई छिचोल्न घचेट्नै पर्ने स्थिति छ,” स्थानीय सामाजिक अभियन्ता एवं नेपाली कांग्रेसका क्षेत्रीय सदस्य अर्पणा मिश्र भन्नुहुन्छ ।

नगर प्रमुख मनोजकुमार साह आफैँले पनि झाडु लिएर फोहोर सफा तथा सङ्कलन गरी उपयुक्त ठाउँमा व्यवस्थापन गर्नुहुन्छ । “नगरप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, विभिन्न सङ्घ संस्थासँग सम्बद्ध अभियन्ताहरूले फोहोर व्यवस्थापनप्रति देखाएको संवेदनशीलता र व्रिmयाशीलताका कारण सहर सफा राख्नुपर्ने नागरिक चेतना क्रमिक रूपमा वृद्धि हुँदै छ,” जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठ भन्नुहुन्छ ।

सरसफाइ र सवारीसाधन व्यवस्थापनमा नीतिगत निर्णय नहुँदा र कार्यान्वयनमा कठिनाइका कारण पनि ती समस्याको दीर्घकालीन समाधान हुन सकेको छैन । “सरसफाइ र सवारीसाधनसँगै सहर व्यवस्थापनका अन्य पक्षका विषयमा आवश्यक नीतिगत तथा कानुनी निर्णय गर्नुका साथै स्रोत साधन तथा जनशक्ति व्यवस्थापनमार्फत काम अघि बढाउन कार्यपालिका गम्भीर छ,” जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साह भन्नुहुन्छ । उहाँले भन्नुभयो, “नगरपालिकाले शुक्रबार  १० वटा थप ट्याक्टर खरिद गरेको छ । यसअघि ११ वटा ट्याक्टर थिए । फोहोर उठाउन र सरसफाइमा यसले सहयोग पुग्ने छ ।”