आज तराईमा होली पर्व मनाइँदै
फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा उक्त पर्व मनाइएको थियो ।
होलीको अवसरमा महामुर्ख सम्मेलन
होली पर्वको अवसर पारेर मधेश प्रदेशको राजधानी जनकपुरधाममा मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दैआएको दुई दिवसीय होली महोत्सव र महामुर्ख सम्मेलन सुरु भएको छ ।
हाम्रोतर्फबाट सरकार अस्थिर बनाउने काम हुँदैनः उपमहासचिव खतिवडा
नेपाल कम्युनिष्ट पार्टी [एकीकृत समाजवादी]का उपमहासचिव जगन्नाथ खतिवडाले अहिलेको संसद्भित्र आफ्नो दल एकीकृत समाजवादी निर्णायक नभई सहयोगीमात्र भएको हुँदा आफ्नातर्फबाट सरकार अस्थिर बनाउने खेल नहुने बताउनुभएको छ ।
प्रदेश सरकारको प्राथमिकतामा नागरिकको सुरक्षा : गृहमन्त्री लेखी
नेकपा (एमाले) को तर्फबाट मधेश प्रदेश सरकारमा गृह, सञ्चार तथा कानुनमन्त्री बन्नुभएका राजकुमार लेखीले सरकारले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार : एमालेबाट तीन मन्त्री
शनिबार मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेकपा (एमाले)बाट थप तीन जना प्रदेश सभा सदस्यलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो।
‘यात्रुको चापलाई हेरेर आवश्यक परे रेल थप्छौँ’
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यात्रुको चापलाई मध्यनजर गरेर आवश्यक परे रेलको सङ्ख्या बढाउने बताउनुभएको छ ।
चैते वर्षाले गहुँ बालीमा क्षति
पटक-पटक परेको चैते वर्षाले धनुषामा गहुँ बालीमा क्षति भएको छ। धनुषालगायत मधेश प्रदेशका जिल्लामा बुधबार बिहानदेखि पानी पर्न सुरु भएको छ। त्यसयता दैनिक वर्षा भइरहेको छ। शनिबारसम्म पानी पर्नेक्रम जारी छ।
‘घृणालाई प्रेममा बदल्ने पर्व होली’
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व मन्त्री मातृकाप्रसाद यादवले घृणालाई प्रेममा बदल्ने होली पर्व सबै मिलेर मनाउन हराउँदै जान थालेको डम्फा बजाएर आग्रह गर्नु भएको छ ।
उपप्रधानमन्त्री महासेठद्वारा नेपाल रेल सेवाको निरीक्षण
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले शनिबार नेपाल रेल्वेको कुर्था-जनकपुर-जयनगर रेल सेवाको निरीक्षण गर्नुभएको छ ।
रङको पर्व होली
सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानो, ठुलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रस रङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो । १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकताको थालनी हुन्छ । त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यता अनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा रहेको छ ।
सडकमा माछा फालेर कृषकको प्रदर्शन
सर्लाहीका माछापालक किसानले शुक्रबार सडकमा माछा फालेर प्रदर्शन गरेका छन् । विद्युत् महसुलमा सहुलियत दिनुपर्ने माग राख्दै माछाको पकेट क्षेत्र मानिने ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिका किसानले पूर्व–पश्चिम राजमार्गअन्तर्गत फूलजोरमा चक्काजामसहित माछा फालेर प्रदर्शन गरेका हुन् ।
निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको निरीक्षण
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफू जितेको धनुषा निर्वाचन क्षेत्र–४ मा निर्माणाधीन अवस्थामा रहेको सडक र पुलको शुक्रबार निरीक्षण गर्नुभएको छ ।
जनकपुरधाममा महामूर्खको खोजी हुँदै
जनकपुरधाममा महामूर्खको खोजी सुरु भएको छ । होली पर्वको अवसरमा आयोजना गरिने होली महोत्सवमा महामुर्ख पदवी प्रदान गर्ने यहाँको चलन छ । मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सवमा आयोजना गरिने महामुर्ख सम्मेलनका लागि महामुर्खको खोजी सुरु गरिएको मिनापका महासचिव शैलेन्द्र मल्लिकले बताउनुभयो ।
मधेश प्रदेशका ४५ प्रतिशत आमाले स्तनपान गराउँदैनन्
आमाको दुध सर्वोत्तम आहार मानिन्छ । यसको महत्व दर्शाउन अमृतधारा, प्रकृतिको अमूल्य उपहार जस्ता शब्दावलीको प्रयोग गरेको पाइन्छ ।
होलीको मौलिकता जोगाउने जिम्मेवारी नयाँ पुस्तामा
सामाजिक एकता र सद्भावको पर्व होली हराउँदै जान थालेपछि मौलिकता जोगाउने जिम्मेबारी नयाँ पुस्ताको काँधमा आएको लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले बताउनुभएको छ ।
भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकता दिएका छौँ
उपप्रधान एव भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताको साथ अगाडि बढाएको बताउनुभएको छ।
एक महिनापछि पर्सा गाउँपालिकामा लगाएको ताला खुल्यो
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकामा जनप्रतिनिधिले नै गरेको तालाबन्दी ३६ दिनपछि खुलेको छ ।
युवकको हत्या आरोपमा दुई जना पक्राउ
जनकनन्दनी गाउँपालिका २ बलहाटोल बस्ने १८ वर्षीय कैफ नदाफको हत्या गरेको अभियोगमा २ जनालाई बुधवार राति प्रहरीले पक्राउ गरेको छ ।
मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या
मोबाइलमा भिडियो हेर्न विषयमा विवाद हुँदा दुई जनाले साथिको हत्या गरेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–२, का १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।
देशकै पुरानो चन्द्र नहर धमाधम पुनःनिर्माण हुँदै
जापान सरकारले नेपाल सरकारलाई चन्द्र नहरको पुनःनिर्माणका लागि रु. दुई अर्ब आर्थिक सहयोग गरेपछि मर्मतसम्भार सुरु भएको हो । चन्द्र नहरअन्तर्गत कञ्चनरुप नगरपालिका–१० स्थित बदगामा र तिरहुत गाउँपालिकाको बुधेवामा मर्मतसम्भार थालिएको चन्द्र नहर सिँचाइ प्रणाली जल उपभोक्ता संस्थाका अध्यक्ष बद्रीनारायण यादवले बताउनुभयो ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको धनुषाधाम नगरपालिका–९, बस्ने अन्दाजी २५ वर्षीय आनन्द विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दिनभर वर्षा, अनुकूल प्रभाव
लामो समयदेखि बर्दीबासलगायत मधेश प्रदेशमा बुधबार बिहानदेखि पानी परिरहेको छ । लामो खडेरीपछिको यो वर्षाले बाली बिरुवा, वन, वातावरण र सुक्दै गएका जलस्रोतले पुनर्जीवन पाउने आशा जगाएको छ । डढेलोले आक्रान्त वनजङ्गलका लागि त यो अमृत वर्षा नै भएको वन निर्देशनालयले जनाएको छ ।
बस र ट्रक ठोक्किँदा १० घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –१, नवलपुर चोकमा बुधबार साँझ बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
बारामा ११ अर्बको धान उत्पादन
चालु–आर्थिक वर्ष ०८०/०८१ मा बारा जिल्लामा करिब पौने ११ अर्ब बराबरको दुई लाख ७१ हजार ६२ मेट्रिकटन धान उत्पादन भएको छ।