गेरुका मेलाको तयारी पूरा
महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–४, खुट्टा पिपराढीमा हरेक मलमास (पुरुषोत्तम मास) को अवसरमा लाग्ने गेरुका मेलाको तयारी पूरा भएको छ। मलमासलाई अधिकमास, पुरुषोत्तम मास पनि भनिन्छ। गेरुका नदी संरक्षण समितिका सदस्य मनोज यादवका अनुसार साउन २ गतेदेखि सुरु हुने मलमासको अवसरमा गेरुका नदीमा स्नान गर्नेको भिड लाग्ने र ठुलो मेला लाग्ने गरेको छ। मेलामा आउने श्रद्धालुका लागि वस्त्र फेर्ने घर, स्वच्छ खानेपानी, शौचालय तथा मेला स्थलको तयारी भइसकेको छ। गेरुकामा रहेको गेरुका माई, रामजानकी मन्दिर, महादेव मन्दिरलाई सजाइएको छ। स्नान गर्ने घाटको सरसफाइ गरिएको छ।
शिव मन्दिरमा दर्शनार्थीको भीड
साउन महिनाको सोमबार सुरु भएसँगै सर्लाहीका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । साउन महिनाको पहिलो सोमबार जिल्लाभरिका शिव मन्दिरमा दिनभर दर्शनार्थीको घुइँचो लागेको छ ।
यातायातमन्त्री ज्वालाद्वारा कमला नदीस्थित भाँचिएको पुलको स्थलगत अनुगमन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत निर्माण गर्दागर्दै भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गर्नुभएको छ ।
एक्काइस वर्षपछि रेल चढ्न पाउँदा...
महोत्तरीको भङ्गाहा–४ पलारकी सियानकीदेवी बाँतरको रेल चढ्ने रहर पूरा भएको छ । सोमबार बिहानै भङ्गाहा–५ स्थित रेलस्टेसनबाट उहाँ रेल चढ्नुभयो ।
रोकिएन अवैध उत्खनन
सरकारले असार लागेदेखि तीन महिना नदीजन्य पदार्थको उत्खननमा रोक लगाए पनि महोत्तरीमा अवैध उत्खनन नियन्त्रण हुन सकेको छैन। बाँके खोलामा भएको घटनाको २४ घण्टा नबित्दै प्रहरीले गौशाला नगरपालिका–५ स्थित मडाहा खोलाबाट गिट्टी, बालुवा चोरी निकासी गरिरहेको अवस्थामा बुधबार राति फेरि एक थान ट्याक्टर नियन्त्रणमा लिएको छ। मध्य रातको समय खोला उत्खनन भइरहेको सूचनाको आधारमा गौशालास्थित इलाका प्रहरी कार्यालयबाट बुधबार राति घटना स्थल पुगेको सुरक्षा टोलीले नदीजन्य पदार्थ लोड गरिएको ज. १ त. ४७४६ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। ट्याक्टरसाथ पक्राउ परेका चालक मुन्ना साहसँग आवश्यक सोधपुछ भइरहेको गौशाला प्रहरीले जनाएको छ।
स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले लिए स्वास्थ्य लाभ
नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले मधुमेह तथा उच्च रक्तचापको स्क्रिनिङ्गका लागि स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले ग्रामीणस्तरमा सञ्चालन गरेको दुईवटा शिबिरबाट पाँच सयभन्दा बढी सर्वसधारणले लाभ लिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सडक खाल्डाखुल्डीले स्थानीयको यात्रा जोखिम
वर्षा लागेसँगै सप्तरीका कतिपय सडकमा खाल्डाखुल्डीले यात्रुको यात्रा असहज बन्दैगएको छ । ग्रामीण क्षेत्रसँगै सदरमुकाम राजविराजको सडकको अवस्था खासै फरक नरहेको स्थानीयको गुनासो छ ।
रेलवेको विकास र विस्तारमा सरकार प्रतिवद्ध : मन्त्री ज्वाला
बहुप्रतिक्षित कुर्था–बिजलपुरा १७ किमी ब्रोडगेज रेलमार्गको उदघाटन गरिएको छ । भारत सरकारको एक हजार २५० करोड अनुदान सहयोगमा भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल प्रालिले निर्माण सम्पन्न गरेको रेलवे ट्रयाकको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतवार उदघाटन गर्नुभयो ।
कार्गो रेल चाँडै सञ्चालनमा आउँछ : मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले कार्गो रेल सञ्चालनमा ल्याउन मन्त्रालय तयारी गरिरहेको बताउनुभयो । आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले सो कुरा बताउनुभएको हो ।
जनकपुर–जयनगर रेलसेवा बिजलपुरासम्म सञ्चालन हुने
भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज शुभारम्भ गर्नुहुने छ ।
मिटरब्याजी उजुरी : ३५५ वटा फर्स्योट
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजका सम्बन्धमा परेको एक हजार ९२० उजुरीमध्ये ३५५ वटाको फर्स्योट भएको छ। सरकारले मिटरब्याजीको मारमा परेका नागरिकका लागि मिटरब्याजअर्थात् अनुचित लेनदेन जाँचबुझ आयोग बनाएर छानबिन अगाडि बढाएपछि जिल्लाभरबाट एक हजार ९२० उजुरी परेका थिए। त्यसमध्ये बिहीबार बिहानसम्म ३५५ उजुरीकर्ता र उनीहरूले उजुरी दिएका आरोपित मिटरब्याजीलाई राखेर छलफल गराई मिलापत्र गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो।
तीन दशकदेखि समस्या ज्युँका त्युँ
सदरमुकाम राजविराजलाई जिल्लाकै मुख्य सीमा नाकासँग जोड्ने मुख्य सडकखण्डमा स्थानीय बासिन्दाले तीन दशकदेखि जग्गा कटानको समस्या झेल्दै आएका छन् तर त्यसको दीर्घकालीन समाधानका उपाय भने अझै भएको छैन। वर्षायाम सुरु भएसँगै यस सडकखण्ड अन्तर्गत राजविराज भन्सार कार्यालयभन्दा करिब दुई सय मिटर पूर्व सडक कटान हुन थालेपछि गाडी आवतजावतमा रोक लाग्नुको साथै पैदल आवतजावत गर्न पनि अप्ठ्यारो हुने गरेको स्थानीय चन्दन यादवको गुनासो छ। गत वर्ष बाढी आउँदा कटान क्षेत्रबाट नदी पार गर्न खोज्दा स्थानीय दुई जना भासिएर बेपत्ता भएका थिए।
ट्याक्टरमा साइकल ठोक्किँदा एकको मृत्यु
माईस्थान समसी सडक खण्डस्थित गौशाला ४ रजखोर गाउँको पानी ट्याङ्कीनजिक शनिवार राती सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा परि गौशाला नपा ३ का ८० वर्षीय साधु साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रशासनिक भवनसँगै गाउँपालिकाको ४३ करोड बजेट
सप्तरीको बलान बिहुल गाउँपालिकाले आफ्नो सात कोठे प्रशासनिक भवनको शुक्रबार उदघाटन गरेको छ । सो गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड रुपियाँको बजेट पनि ल्याएको छ ।
वारुणयन्त्र खरिद गर्ने पहिलो निर्णय कार्यान्वयन
मटिहानी नगरपालिले वारुणयन्त्र खरिद गरेको छ । आगलागीको घटना न्यूनीकरण गर्न नगरपालिकाले वारुणयन्त्र खरिद गरेको हो ।
एक करोड ३७ लाख बराबरको सामानसहित तीन वटा ट्रक नियन्त्रणमा
सशस्त्र प्रहरीले पर्साबाट एक करोड ३६ लाख रुपियाँभन्दा बढीको सामानसहित तीन वटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
‘सभ्य समाजका लागि कानुनी राज्य’
मधेश प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले कानुनी राज्यबिना सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनुभएको छ। कानुनी राज्य सभ्य समाजको आधारशीलासमेत भएकाले विधिको सर्वोच्चता अङ्गीकार गरिएका शासनपद्धतिले नै समाजलाई सभ्य र समुन्नत बनाउने धारणा उहाँले राख्नुभयो।
छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ
झुठो विवरण पेश गरी जन्मको आधारमा २०६३ सालमा नेपालको नागरिकता लिने एक दम्पतीले जिल्ला प्रशासन कार्यालय पर्साबाट वंशजको आधारमा छोराको नागरिकता बनाउन आउँदा आमाबुवा पक्राउ परेका छन् ।
वीरगञ्जमा आदिकवि भानुभक्त आचार्यको शालिक अनावरण
वीरगञ्जको नयाँ बसर्पाक चोकमा शुक्रबार आदिकवि भानुभक्त आचार्यको अर्धकदको शालिक अनावरण गरिएको छ ।
सप्तरीमा पनि ‘लम्पी स्किन’ रोगको प्रकोप
सप्तरीमा समेत लम्पी स्किन रोगको प्रभाव बढ्दै गएको छ । यति बैला मुलुकको विभिन्न जिल्लामा फैलिएको लम्पी रोगबाट सप्तरीमा समेत पशु चौपाया मर्न लागेको हो ।
पशुपालनतर्फ आकर्षण बढाउन कृषि सामग्री वितरण
लहान नगरपालिकाले पशु शाखाले पशुपालनतर्फ आकर्षण बढाउन किसानलाई विभिन्न सामग्री वितरण गरेको छ।
कानुन व्यवसायीका लागि क्षमता अभिवृद्धि तालिम
जनकपुरधाममा नवोदित कानुन व्यवसायीहरुका लागि तीन दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको छ ।
मिटरब्याजीका तीन सय बढी उजुरी फर्छ्यौट
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा मिटरब्याजको सम्बन्धमा परेको एक हजार ९२० उजुरीमध्ये ३६५ वटाको फर्छ्यौट भएको छ ।
सुरु हुने भयो रामनाथ मुखियाको उपचार
आर्थिक अभावमा पाँच वर्षदेखि उपचारयबिहीन हुनुभएका महोत्तरी लोहरपट्टि नगरपालिका–९ बिनका रामनाथ मुखियाको अब भने उपचार हुनेभएको छ ।