• ५ माघ २०८१, शनिबार

डढेलोको चपेटामा परियोजनाको जङ्गल

blog

रवीन्द्र उप्रेती

बर्दीबास, चैत ४ गते ।  गर्मी मौसम लागेसँगै वन डढेलोका घटना बढ्न थालेका छन् । यसबिच सानातिना डढेलोको त लेखाजोखा नै छैन । ठुला डढेलोका कारण करोडौँ मूल्यका वन सम्पदा खरानी पारेको वनकर्मीले जनाएका छन् । 

महोत्तरीको उत्तरी क्षेत्रमा प्राकृतिक र सागरनाथ वन विकास परियोजना गरी दुई प्रकारका जङ्गल छन् । पूर्वपश्चिम लोकमार्ग उत्तरको प्राकृतिक वनमा तत्काल आगोका घटना देखा नपरे पनि दक्षिणतर्फ सागरनाथ अधीनस्थको जङ्गल भने सात दिनदेखि डढेलोको चपेटामा प-यो । डढेलोले परियोजनाको गौशाला १, रामनगरस्थित १८ नं प्लट र वडा नं १० मा पर्ने १७ नं प्लटका गरी ३२ हेक्टर क्षेत्रफलका बोटबिरुवा सखाप पारेको छ । परियोजना कर्मचारीका अनुसार दुवै प्लटमा तीन वर्षअघि वृक्षरोपण गरिएका युक्लिप्टस, टिक र खयर प्रजातिका गरी करिब तीन हजार हुर्कंदै गरेका बोट थिए । बुधबार अपरान्ह ४ बजेदेखि दन्केको डढेलोले सबै बोटविरुवा मासिँदा करोडौँ मूल्य बराबरको क्षति भएको वनकर्मीले जनाएका छन् ।  

परियोजनाका माईस्थानस्थित कार्यालयका रेन्जर विधासागर कर्णका अनुसार सुरुमा रामनगरस्थित १८ नं प्लटमा डढेलो लागेको थियो । अनियन्त्रित बन्दै गएको डढेलो परियोजनाका कर्मचारी, सशस्त्र र नेपाल प्रहरी तथा गौशाला नगरपालिकाको वारुणयन्त्रको प्रयासले करिब तीन घण्टापछि नियन्त्रणमा लिन सकिएको थियो । जङ्गलै ढाक्ने गरी उठेको आगोको मुस्लोले माईस्थान–गौशाला–समसी सडक करिब आधा घण्टा अवरुद्ध पार्दा सयौँ सवारी बिचल्लीमा परेका थिए । 

परियोजनाका कर्मचारीका अनुसार १८ 

नं. प्लटको डढेलो नियन्त्रणमा लिने प्रयास गर्दागर्दै लक्ष्मीनियास्थित १७ नं. प्लटमा पनि आगो दन्केको खबरले कता जाने ? के गर्ने ? स्थिति अन्योलपूर्ण पारेको थियो । सबैजसो डढेलो वन पसेका गोठालाका कारण लाग्ने गरेको वनकर्मीको भनाइ छ । त्यस्ता गोठाला भने अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैनन् । परियोजनाको यी दुई प्लटमा भने नीतिगत हेलचक्य्राइँ तथा बजेट अभावका कारण डढेलोले व्यापक बनेको वन रक्षक कर्मचारीको भनाइ छ । नयाँ वृक्षरोपण गरिएका प्लटमा हरेक वर्ष तीन पटक ‘सिल्वी कल्चर अपरेसन’ (झाडी सफाइ तथा गोडमेल) गर्नुपर्ने अनिवार्य व्यवस्था छ । कार्यरत कर्मचारीलाई लगातार १३ महिनासम्म तलब र रासनसमेत रोक्का गरेको परियोजनाको काठमाडाँैस्थित केन्द्रीय प्रशासनले यो अपरेसनका लागि बजेट विनियोजन नगर्दा डढेलो अनियन्त्रित बनेको रेन्जर कर्णले बताउनुभयो । उहाँका अनुसार ‘सिल्वी कल्चर अपरेसन’ अन्तर्गत नयाँ वृक्षरोपण गरेको प्लटमा लगातार तीन वर्षसम्म गोडमेल गर्ने पातपतिङ्गर सफा पार्ने काम गरिन्छ । ‘यो अनिवार्य व्यवस्था हो’ उहाँले भन्नुभयो, “तर तीन वर्षदेखि बजेट नआउँदा वनमारालगायतका ठुल्ठुला झाडीले प्लटलाई ढाक्दै गयो । गर्मी लागेपछि सुकेका यिनै झिक्राझा क्री डढेलो दन्कने कारण बन्यो र करोडौँ मूल्यको क्षति ग-यो ।”