७० हजार लिटर खानेपानी ट्याङ्कीको शिलान्यास
नगरप्रमुख प्रह्लाद क्षेत्रीले ७० हजार लिटर क्षमताको नयाँ खानेपानी ट्याङ्कीको आज वैदिक विधिपूर्वक शिलान्यास गर्नुभएको छ ।
घरभन्दा सुन्दर शौचालय बनेपछि दङ्ग छ लहानको दलित समुदाय
गैरसरकारी संस्था वाटर एड नेपालको प्राविधिक सहयोग र लहान नगरपालिका, दलित जनकल्याण युवा क्लब लहान, नेपाल खानेपानी संस्थान लहान शाखाको संयुक्त साझेदारीमा सञ्चालित ‘विकन परियोजना’अन्तर्गत टोलमा चारवटा सामुदायिक शौचालय निर्माण भएका छन् । घर नजिकै शौचालय बनेपछि टोलका करिब डेढ सयभन्दा बढी दलित घरपरिवारका सदस्य दङ्ग छन् ।
महोत्तरीको समग्र विकासमा सरकारले पहल गर्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महोत्तरी जिल्लाको समग्र विकासका लागि आफूले निरन्तर पहल गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई जारी राख्ने बताउनुभएको छ ।
भीरको खोल्सामा बेवारिसे पुरुषको शव पेला
चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, कर्काली खोल्सीमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । ढोपबाट हिरेडाँडातर्फ जाने चुरेपाखाको गोरेटो बाटोबाट करिब ७ सय मिटर तल खोल्सामा सनाखत हुन नसकेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
'प्रदेश समृद्धिको आधारमध्ये खेलकुद पनि एक हो'
मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले देश तथा प्रदेशको समृद्धिको आधारहरुमध्ये खेलकुद पनि एक रहेको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्री यादवद्वारा बर्थिङ्ग सेन्टरकाे उद्घाटन
मधेश प्रदेशको राजधानी जनकपुरधाममा शुक्रबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पतालमा नव निर्मित बर्थिङ्ग सेन्टरको उद्घाटन पश्चात आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘महोत्तरी कारागार भवन जीर्ण’
महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय रहेको पाइएको छ । सङ्घीय संसद्को कानुन, न्याय तथा मानवअधिकार समितिको कारागार अनुगमन उपसमितिका सदस्यले कारागार प्रशासनसहितको सहभागिता भएको अनुगमनमा महोत्तरी कारागारको अवस्था अत्यन्त दयनीय पाइएको बताएका छन् ।
देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न सकेन : राजेन्द्र महतो
राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले देशको देश आफ्नै विचार, संस्कृति र सभ्यतामा चल्न नसकेकाे बताउनुभएको छ।
‘देश विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’
सङ्घीय सरकारका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नगरलाई पूर्ण खोप, पूर्ण साक्षर र बालमैत्री घोषणा गरिसकेका छौँ
रौतहट जिल्लाका १६ वटा नगरपालिकामध्ये क्षेत्रफलको दृष्टिकोणले दोस्रो ठुलो नगरपालिका गुजरा नगरपालिका हो । बकैया, घाघी, लमहा, सथियारी र धनसार खोलाले छोएको यो नगरपालिकाको मध्यभागमा रहेको गुजरा खोलाको नामबाट गुजरा नगरपालिका नामकरण गरिएको हो ।
अग्निसाइर कृष्णासवरन गाउँपालिकामा तालाबन्दी
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न सघाएको विरुद्धमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ ।
हिरासतबाटै दिए विद्यार्थीले एसइई
सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसइईमा सहभागी छात्रा अधिक
माध्यमिक शिक्षा परीक्षा (एसइई)मा महोत्तरीका सामुदायिक विद्यालयबाट यस वर्ष छात्रको तुलनामा बढी छात्रा सहभागी भएका छन् । जिल्लाका एक सय दुई सामुदायिक विद्यालयबाट चार हजार एक सय ४९ छात्रा एसइईमा सहभागी भएका हुन् ।
एकासी हजारभन्दा बढी परीक्षार्थी
मधेश प्रदेशका जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ८१ हजार ७६८ जना विद्यार्थी सहभागी हुँदै छन् । चैत १५ गते अर्थात् बिहीबारदेखि सुरु भइरहेको एसइईका लागि सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास निर्देशनालय जनकपुरधामले जनाएको छ । प्रदेशभरि २९५ वटा परीक्षा केन्द्र तोकिएको छ ।
कोशीटप्पुबाट भाले गैँडा ‘मेघौली’ चितवन फिर्ता
चितवन राष्ट्रिय निकुञ्जबाट कोशीटप्पु वन्यजन्तु आरक्षमा ल्याइएको मेघौली तीन दिनको कोसी टप्पु बसाइपछि पुनः चितवन फिर्ता लगिएको छ । चितवनको सौराहाबाट चैत्र १० गते कोसी टप्पु वन्यजन्तु आरक्षको पथरी पोस्टमा ल्याइएको मेघौली बिरामी भएपछि पुन चितवन फिर्ता गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष प्रमुख रमेश यादवले जानकारी दिनुभयो ।
‘अस्पतालभित्रको लापरबाही सहय हुँदैन’
मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले अस्पताल क्षेत्रभित्र कुनै किसिमको लापरबाही सहय नहुने बताउनुभएको छ ।
जनकपुरधाममा धूमधाम होली मनाइयो
मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार होली पर्व मनाइएको छ। मथिला समाजमा खानपानसँगै संस्कृति पनि जोडिएको हुनाले परम्परा अनुसार जनकपुरधामवासीले होली मनाएका हुन्।
नगरप्रमुखसहित पाँचविरुद्ध करोड बढीको भ्रष्टाचार मुद्दा
सिराहा कर्जन्हाका तत्कालीन नगरप्रमुख गङ्गा पासमानसहित पाँच जनाविरुद्ध एक करोड आठ लाख रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बर्दिबासमा दुर्घटनामा परेर दुई जनाको मृत्यु
महोत्तरीको छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।
जनकपुरधाममा आज होली मनाइँदै, मधेस प्रदेशमा बिदा
मिथिलाञ्चलको विशिष्ट पर्व होली तराई मधेसका अन्य जिल्लामा सोमबार नै होली मनाइए पनि जनकपुरधामलगायत आसपासका क्षेत्रमा आज धूमधामका साथ मनाइँदै छ ।
रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
महामूर्ख उपाधि सभामुख मण्डललाई
होलीको अवसर पारी मिथिला नाट्यकला परिषद्ले महामूर्ख सम्मेलनको आयोजना गरी प्रत्येक वर्ष प्रदान गर्दैआएको महामूर्खको उपाधि यस वर्ष मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई प्रदान गरेको छ ।
मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा
होली पर्वलाई दृष्टिगत गर्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेशमा सुरक्षा व्यवस्था कडा पारेको छ । होली पर्वमा हुनसक्ने आपराधिक घटनालाई नियन्त्रणमा लिन सुरक्षा व्यवस्थामा कडाई गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी श्यामकुमार महतोले बताउनुभयो ।
मिथिला माध्यमिकी परिक्रमा सम्पन्न
मिथिलाको महाकुम्भ मानिने १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सम्पन्न भएको छ ।