• १६ वैशाख २०८१, आइतबार

जनकपुरधाममा धूमधाम होली मनाइयो

blog

जनकपुरमा होली खेल्दै एक टोली। तस्बिर : स्मृति मिश्र

स्मृति मिश्र 

महेन्द्रनगर (धनुषा), चैत १४ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार होली पर्व मनाइएको छ। मथिला समाजमा खानपानसँगै संस्कृति पनि जोडिएको हुनाले परम्परा अनुसार जनकपुरधामवासीले होली मनाएका हुन्। 

मिथिला माध्यमिक परिक्रमाको भोलिपल्ट होली मनाउने चलन छ। होली मनाउने दिन मंगलबार परेको हुनाले बुधबार होली मनाइएको हो। 

जनकपुरधामको प्रसिद्ध श्री महावीर युवा कमिटीद्वारा बुधबार मट्काफोर कार्यक्रम गरेर होली मनाइएको छ। होलीका दहन गरेर होलीको सुरुवात गरिएको थियो भने आज मट्काफोर गरेर समापन गरिएको छ। कार्यक्रममा हजारौँको सङ्ख्यामा व्यक्तिको उपस्थित रहेको कमिटीको अध्यक्ष अजयकुमार गुप्ताले जानकारी गराउनुभयो।  

मंगलबार हनुमानजीको दिन हो र यस दिन मान्सहारी भोजन गरिँदैन हाम्रो सबै पर्वमा खानपानको विशेष छ जस्तै वैशाखमा जुडसिल हुन्छ। 

वरिष्ठ पत्रकार एवं साहित्यकार श्यामसुन्दर शशि आधुनिकीकरण जति बढे पनि हाम्रो संस्कृति यथावत नै रहेको छ।  ‘मंगलबार माछामासु खाइँदैन त्यस कारणले गर्दा आफ्नो मौलिकता जोगाउँदै हामीले होली हिजो पनि मनायौँ। पौराणिक मूल्य मान्यताका साथ लोक गायन फगुवा गायनका साथ होली मनाएको हो।’ यस आधुनिक युगमा भावी पुस्ताका लागि सन्देश दिने उद्देश्यका साथ होली मनाउँदै गरेका छौँ। होरीया गाएर घरघर आज भन्दा २० औँ वर्ष पहिले होली मनाइन्थ्यो। त्यही स्मरण स्वरूप हामीले होरीया गाएर होली मनाएका छौँ।  

हिन्दुको महान् पर्व होलीको अवसरमा प्रेम, सद्भाव र भाइचारा कायम रहोस्, होलीको रङ्ग जस्तै सबैको जीवन सधैँ रङिन रहोस् भन्ने कामनाका साथ होली आज मनाइएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश सिंहलेले जानकारी दिनुभयो। 



महावीर युवा कमिटीद्वारा आयोजित मट्काफोर कार्यक्रम।