• १३ साउन २०८१, आइतबार

भीरको खोल्सामा बेवारिसे पुरुषको शव पेला

blog

जनार्जन खत्री

सर्लाही, चैत १७ गते । चुरेभेगस्थित सर्लाहीको बागमती नगरपालिका–१, कर्काली खोल्सीमा एक बेवारिसे पुरुषको शव फेला परेको छ । ढोपबाट हिरेडाँडातर्फ जाने चुरेपाखाको गोरेटो बाटोबाट करिब ७ सय मिटर तल खोल्सामा सनाखत हुन नसकेको अन्दाजी ४० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

शुक्रबार दिउँसो वनमा करकलो टिप्न गएका मानिसले भिरको खोल्सामा सड्न थालिसकेको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतकको शव घटनास्थलबाट उठाएर शुक्रबार साँझ पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । भिरको अप्ठेरो बाटोबाट लडेर ती पुरुषको मृत्यु भएको आशङ्का गरिए पनि पुष्ट भने हुन सकेको छैन । 

प्रहरी निरीक्षक गिरीले पोस्टमार्टम रिपोर्ट आएपछि ती व्यक्तिको मृत्युको कारण खुल्न सक्ने बताउनुभएको छ । उहाँले मृतकको हुलिया सबैतिर परिपत्र गरेर परिचय खुलाउने प्रयास भइरहेको बताउनुभयो ।