• १९ असार २०८१, बुधबार

मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद हुँदा साथीको हत्या

blog

विजयकुमार साह
ढल्केबर, चैत ८ गते ।
मोबाइलमा भिडियो हेर्न विषयमा विवाद हुँदा दुई जनाले साथिको हत्या गरेका छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–२, का १८ वर्षीय कैफ नदाफको हत्या भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अवाले नदाफलाई दुई जना साथीले घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको बताउनुभयो । उहाँले हत्यामा संलग्न रहेको आरोपमा सोही ठाउँका २० वर्षीय सहमत नदाफ र २२ वर्षीय जाकिस नदाफलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार रमजानको समय सकिएपछि तीन जना साथी मिलेर घर नजिकै रहेको आँप बगैँचामा मादक पदार्थ सेवन गरी फर्किने बेला मोबाइलमा भिडियो हेर्ने विषयमा विवाद भएको थियो । विवाद हुँदा दुई जनाले साथी नदाफको घाँटीमा चक्कुले प्रहार गरेका थिए ।

चक्कु प्रहारबाट घाइते भएका नदाफलाई उपचारका लागि भारत लगिएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रवक्ता अवाले बताउनुभयो ।

नदाफको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।