• १२ साउन २०८१, शनिबार

बस र ट्रक ठोक्किँदा १० घाइते

blog

दुर्घटनामा परेको गाडी । तस्विरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, चैत ७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका –१, नवलपुर चोकमा बुधबार साँझ बस र ट्रक ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् । 

दुर्घटनाको क्षतिबारे अझै विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले घाइतेहरुको विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको बताउनुभयो ।  

अस्पतालमा प्रहरी पुगेर घाइतेको विवरण सङ्कलन गरिरहेको छ । प्रनि केसीका अनुसार ट्रकचालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका –३ बस्ने टङ्कबहादुर गोलेको अवस्था गम्भीर छ । 

गोलेलाई एलएस न्यूरो अस्पताल कलैया, बारा रेफर गरिएको इन्स्पेक्टर केसीले बताउनुभयो । उहाँले सुरुमा घाइतेहरुको उद्धार गरिएको र अहिले पुगेर विवरण लिने काम भइरहेको जानकारी दिनुभयो । 

प्रहरीका अनुसार आज साँझ साढे ५ बजेतिर नवलपुरस्थित चोकमा पूर्वतर्फ आउँदैगरेको बागमती प्रदेश–०३–००१ ख ४३३ नम्वरको ट्रक र जनकपुरबाट वीरगन्जका लागि छुटेको बा ४ ख ३२४ नम्वरको बस एकापसमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा ट्रक र बसको अगाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ ।