• १३ साउन २०८१, आइतबार

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

blog

विजयकुमार साह
ढल्केबर, चैत ८ गते ।
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको धनुषाधाम नगरपालिका–९, बस्ने अन्दाजी २५ वर्षीय आनन्द विकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार बुधबार राति ८ः२० बजे धनुषाधाम नगरपालिका–६, मालटोलस्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश २–००६ प ६०८४ मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनाबाट घाइते भएका विकको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले बताउनुभयो । तीव्र गतिका कारण सन्तुलन बिग्रेर मोटरसाइकल दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको उहाँले जानकारी दिनुभयो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि राती नै प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।