जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गरिने
सरकारले नेपाली सांस्कृतिक सम्पदाहरूको अध्ययन, अनुसन्धान, संरक्षण, संवर्द्धन एवम् पुस्तान्तरण गरी जीवन्तता दिने भएको छ ।
स्वदेशी फिल्म तथा वृत्तचित्र निर्माणलाई प्रवर्द्धन गरिने
सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुति सुरु भएको छ । शुक्रबार ४ बजेपछि सुरु सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाइने
सरकारले निजगढ विमानस्थलको निर्माण कार्य अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै सो कुरा बताउनुभएको हो ।
मानव बेचबिखनमा संलग्नहरू पक्राउ
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले नाबालिका तथा किशोरीहरूलाई जबरजस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा दुई जनालाई पक्राउ गर्दै मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको छ ।
भरतपुर उपमहानगरद्वारा प्रहरीलाई उद्दार सामग्री
भरतपुर महानगरपालिकाले चितवन प्रहरीलाई खोज तथा उद्दार सामग्री हस्तान्तरण गरेको छ । वर्षाको समय सुरुआत पूर्व तयारीको लागि महानगरले खोज तथा उद्दारमा प्रयोग हुने २२ प्रकारको सामग्री एक कार्यक्रमबीच शुक्रबार हस्तान्तरण गरेको हो ।
सिन्धु कप जेठ अन्तिममा
नवौं संस्करणको सिन्धु कप फुटबल प्रतियोगिता जेठ २८ देखि असार २ गतेसम्म सिन्धुपाल्चोकको लामोसाँघुमा हुने भएको छ ।
कीर्तिपुरमा मच्छिन्द्रनाथका पुजारी पुगे, १७ सय वर्ष पुरानो परम्पराले पायो निरन्तरता
कीर्तिपुर र मच्छिन्द्रनाथ यात्रासम्बन्धी छ महिने विवादले बिहीबार मध्यराति अन्तिम टुङ्गो पाएपछि आज (शुक्रबार) मच्छिन्द्रनाथका पुजारी कीर्तिपुर पुगी त्यहाँकी अविवाहित महिला (याक: मिसा)लाई प्रसाद दिनुभएको छ ।
सकारात्मक सोच राखेर काम गर्न कांग्रेस नेता लामाको आग्रह
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य जिपछिरिङ लामाले हरेक ठाउँमा सकारात्मक सोच राखेर काम गर्नुपर्ने बताउनुभएको छ ।
'रेलिमाई'को म्युजिक भिडियो सार्वजनिक
गायिका शान्तिश्री परियार र गायक विज्ञान न्यौपानेको स्वर रहेको गीत ‘रेलिमाई’को भिडियो सार्वजनिक भएको छ ।
नुवाकोटका अधिकांश क्रसर उद्योग सञ्चालनमा, कम राजश्व तिर्दै
अवैध रूपमा सञ्चालनमा रहेको भनेर जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला (सिल) लगाएको क्रसर उद्योगहरू अधिकांश सञ्चालनमा आएका छन् ।
फलफूल विकास आयोजना सुरु
बागमती प्रदेशसहित पाँच वटा प्रदेशमा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको यस आयोजना अन्तर्गत आयोजना कार्यान्वयन अवधिमा काष्ठफल, फलफूल र तरकारी एवं अन्य रैथाने बालीमा गरी ४० हजार घरधुरी समेटिने भएको छ ।
त्रिविमा सम्बन्धन विवाद
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले क्याम्पसहरूलाई सम्बन्धन तथा शैक्षिक कार्यक्रम थप गर्दा निजी तथा सामुदायिक क्याम्पसको स्वार्थ अनुसार निर्णय गर्ने गरेको पाइएको छ ।
गर्मी बढेसँगै खानेपानीको हाहाकार
कमलामाई नगरपालिका–४, मल्ला गाउँकी तुलसा दाहालको घरको धारामा खानेपानी नआएको दुई साताभन्दा बढी भइसकेको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा दिन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सरकारले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न देशभरका अस्पताल स्तरोन्नति गर्न लागेको बताउनुभएको छ ।
काभ्रेबाट उच्च रक्तचाप नियन्त्रण अभियान सुरु
सरकारले काभ्रेपलाञ्चोकबाट उच्च रक्तचाप नियन्त्रण राष्ट्रिय अभियान सुरु गरेको छ । विश्व उच्च रक्तचाप दिवसको अवसर पारी सुरु गरिएको यो अभियान काभ्रेपलाञ्चोकमा परीक्षणका रूपमा लागू गरिएको हो । यो अभियान सफल भए अन्य जिल्लामा विस्तार गरिने स्वास्थ्य सेवा विभागले जनाएको छ ।
सफा हिमाल अभियान : एकको निधन, अन्यको उपचार हुँदै
सगरमाथाको आरोहण गरी फर्कने क्रममा अस्वस्थ हुन पुगेका सह सेनानी दिपेन्द्रसिंह खत्रीको काठमाडौंमा उपचार भइरहेको छ ।
टाइफाइडबाट बच्न सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
सरकारले टाइफाइडबाट ज्यान जोगाउन सरसफाइमा ध्यान दिन आग्रह गरेको छ ।
अनुसन्धानमा बाधा पुग्नेगरी दुष्प्रचार नगर्न काउन्सिलको अपिल
प्रेस काउन्सिल नेपालले स्वतन्त्र अनुसन्धानलाई प्रभाव पार्ने गरी दुष्प्रचार नगर्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ ।
ठोकर्पा आधारभूत अस्पताल सञ्चालनमा
सुनकोशी गाउँपालिका–१ मा एक एक पाइला ठोकर्पा आधारभूत अस्पतालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले बिहीबार उद्घाटन गर्नुभएको छ ।
खेलकुदलाई रोजाइको मन्त्रालय बनाउने प्रयास गर्नेछु : मन्त्री लिम्बु
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सधैँ जसो हेपिएको रूपमा लिइने युवा तथा खेलकुद मन्त्रालयलाई आफ्नो कार्यकालमा सबै पार्टी र नेताको रोजाइको मन्त्रालय बनाएर जाने बताउनुभएको छ ।
भारतको सहयोगमा दुई परियोजना निर्माण हुने
स्वास्थ्य र शैक्षिक क्षेत्रका दुईवटा सामुदायिक विकास परियोजनाको निर्माणका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौँस्थित भारतीय राजदूतावासबीच हिजो सम्झौता भएको हो ।
श्रीमतीको हत्या गर्ने फरार अभियुक्त पक्राउ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले श्रीमतीको हत्या गरी फरार रहेका एक अभियुक्तलाई चार महिनापछि पक्राउ गरेको छ ।
‘सुनकोसी–तेस्रो’ जलविद्युत् आयोजना : मध्यपहाडी क्षेत्रको गौरव
डेढ दशकअघि काभ्रेका जनप्रतिनिधि, नेता र सामाजिक अगुवाले कल्पना गरेको आयोजना थियो ‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजना । त्यसताका संसद्मा, मन्त्रालयमा, सार्वजनिक कार्यक्रममा निरन्तर उक्त आयोजना सञ्चालन गर्न प्रक्रिया थाल्नुपर्ने आवाज बुलन्द हुँदै गएको थियो ।
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री टिभिनेरेइमद्वारा एमएसआई केन्द्र अवलोकन
नर्वेकी अन्तर्राष्ट्रिय विकासमन्त्री आनविथ टिभिनेरेइम, विदेश मन्त्रालयका प्रतिनिधिमण्डल र नेपालस्थित नर्वेकी राजदूत टोरन ड्राम्डलसहित दूतावासका उच्च अधिकारीले मेरिस्टोप्स इन्टरनेशनल (एमएसआई) नेपालद्वारा पुतलीसडकमा सञ्चालित एमएसआई केन्द्रको हालै अवलोकन गर्नुभयो ।