गायक आयुषको 'माया पनि बसेकै थियो' (भिडियो)
गायक आयुष मगरले आफ्नो डेब्यु गीत ’माया पनि बसेकै थियो’ सार्वजनिक गर्नुभएको छ । गीतमा आयुषकै स्वर, शब्द र सङ्गीत छ ।
नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण
विज्ञापन बोर्डले छापामाध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन बापतको रकम नपुग भएको कारण देखाउँदै जेठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी वैशाख ३१ गते प्रकाशित सूचनाप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
धार्मिक पर्यटनका लागि कालिञ्चोक महत्त्वपूर्ण स्थल
धार्मिक, ऐतिहासिक तथा प्राकृतिक महत्त्व मात्र होइन पर्यटकीय महत्त्व समेत बोकेको कालिञ्चोक दोलखावासीहरूले गौरव गर्ने एउटा महत्त्वपूर्ण स्थानको रूपमा रहेको छ ।
तातोपानीबाट १४ हजार ६ सय टन रासायनिक मल भित्रियो
नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ ।
बागमती प्रदेश खेलकुद प्रतियोगिता आजदेखि
मकवानपुरको हेटौँडामा आजदेखि बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको दोस्रो संस्करण सुरु हुँदै छ । प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुन लागेको सो प्रतियोगिताको मुख्यमन्त्री सालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने छ ।
राजनीति पनि एक समाजसेवा हो : प्रकाशमान सिंह
आज थापाथली जनकल्याण परिवारको ३४औँ वार्षिक समारोह कार्यक्रममा उहाँले भन्नुभयो, “राजनीति पनि एक समाजसेवा हो । समाजसेवा भावले नै म राजनीतिमा प्रवेश गरेको हुँ र यसैमा क्रियाशील छु ।”
बागमती प्रदेशमा पुकार महर्जन पर्यटन मन्त्री बन्ने पक्का
बागमती प्रदेशको मन्त्रिमण्डल आज आइतबार विस्तार हुने भएको छ ।सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो । हाल बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने तयारी छ ।
बागमती प्रदेशको मन्त्रिमण्डल विस्तार हुँदै
बागमती प्रदेशको मन्त्रिमण्डल आज आइतबार विस्तार हुने भएको छ ।सत्ता गठबन्धनका दलहरुबीचको लामो कसरतपछि मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो । हाल बागमती प्रदेशमा ११ मन्त्रालय रहेकोमा थप एक मन्त्रालय बनाएर १२ वटा बनाउने तयारी छ ।
रोजगारी सिर्जना गर्ने शिक्षा आजको आवश्यकता : मन्त्री साउद
परराष्ट्रमन्त्री एनपी साउदले मुलुकमा अहिले रोजगारी सिर्जना गर्ने खालको शिक्षाको आवश्यकता भएको बताउनुभएको छ ।
राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक बस्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको कार्यसम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ । पुतलीसडकस्थित बज्र कम्प्लेक्समा आज दिउँसो बैठक बस्ने तयारी भएको सो पार्टीले जनाएको छ ।
वित्तीय सुशासन जोखिम मूल्याङ्कन : मेलम्ची प्रथम
स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८÷७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो ।
अलपत्र बन्यो प्रदेश गौरवको आयोजना
बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु भएका ठुला योजना अधुरा र अलपत्र पर्ने व्रmम बढ्दै गएको छ। प्रदेशका अन्य जिल्लामा मात्र होइन, प्रदेश राजधानी रहेकै जिल्लामा निर्माण सुरु भएका प्रदेश सरकारका ठुला लगानीका पूर्वाधार निर्माण योजना अलपत्र बनेका छन्।
शीतभण्डार प्रयोगविहीन
दोलखाको शैलुङ गाउँपालिका–३, बोथ्लेमा निर्माण गरिएको शीतभण्डार प्रयोग हुन सकेको छैन। बागमती प्रदेश सरकारको छ करोड रुपियाँ लगानीमा निर्माण भएको प्रदेशकै ठुलो तीन सय मेट्रिक टन क्षमताको यो शीतभण्डारमा तरकारी र आलु पकेट क्षेत्रका किसानले उत्पादित वस्तु राख्न चासो नदिएपछि प्रयोगविहीन बनेको हो।
थोरै राजस्व बुझाउँछन् क्रसर उद्योग
अवैध रूपमा सञ्चालन गरेको भन्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले ताला लगाएका व्रmसर उद्योगमध्ये धेरैजसो अहिले सञ्चालन भइरहेका छन्। गत पुस २० गतको गृह मन्त्रालयको निर्देशनलगत्तै अवैध भनेर बन्द गरिएका क्रसर उद्योग अहिले सञ्चालन भएका हुन्। नुवाकोट जिल्लामा सञ्चालित ४८ वटा क्रसर तथा बालुवा प्रशोधन उद्योगमध्ये ४५ वटा सञ्चालनमा आएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो।
तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक छः मन्त्री मोदी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
भ्रष्टाचारको जालो तोड्ने काम गर्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले भ्रष्टाचारको जालोलाई फोड्ने गरी काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
फिल्मलाई विदेश जाने भिसा नबनाऔं : प्रकाश सायमी
प्रकाश सायमी एक नेपाली चलचित्र निर्देशक, लेखक र निर्माता हुनुहुन्छ । उहाँ एक स्वतन्त्र चलचित्र निर्माता हुनुहुन्छ । सायमी नयाँ फिल्मको स्क्रिप्ट लेखनसँगसँगै र आफ्ना पुराना रचनाको सङ्ग्रह किताब निकाल्ने तयारीमा हुनुहुन्छ ।
रातो मच्छिन्द्रनाथको रथलाई सुरक्षा
वर्षा र सहकालका देवताका रुपमा विश्वास गरिने रातो मच्छेन्द्रनाथको रथलाई रथारोहनदेखि रातदिन प्रहरी र पूजारीको सुरक्षामा राखिएको छ ।
गैंडाको आक्रमणबाट एक जनाकोे मृत्यु
करेसाबारीमा काम गरिरहेको अवस्थामा जंगलबाट निस्केको गैंडाले आक्रमण गर्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
नागरिक पत्रकारिता गर्न जरुरी छ : सञ्चार मन्त्री रेखा शर्मा
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले वर्तमान सरकारले आन्दोलनद्वारा स्थापित उपलब्धीलाई संस्थागत गर्ने कार्य गरिरहेको बताउनुभएको छ ।
शिक्षण विधि, सिकाइ र शिक्षामा सिप कार्यक्रम निरीक्षण गर्न प्रमुख साह विद्यालयमा
सामुदायिक विद्यालयमा शिक्षण विधि र सिकाइ पद्धतिको जानकारी लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले निरीक्षण गर्नुभएको छ ।
तातोपानी नाकाबाट ३५ हजार टन युरिया मल आयात हुँदै
उत्तरी सीमा तातोपानी नाकाबाट धमाधम युरिया मल नेपाल भित्रन थालेको छ । सिल्क मार्केटले २५ हजार र १० हजार परिणामको दुई चरणमा ३५ हजार टन युरिया मल तातोपानी भन्सार कार्यालयमा भित्राउन थालेको छ ।
गोसाइँकुण्डमा विशेष मेला सुरु
रसुवा जिल्लाको उच्च भागमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा आज (शनिबार) देखि विशेष मेला सुरू भएको छ ।
बागमती प्रदेश मन्त्रीपरिषद् विस्तारमा सहमति
बागमती प्रदेशको सत्ता साझेदार दलबीच मन्त्रीपरिषद् विस्तारमा सहमति भएको छ। सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको उपस्थितिमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकपछि सरकार विस्तार गर्ने विषयमा सहमति जुटेको हो। बजेट बनाउने समय आइसक्दासमेत सरकारले पूर्णता नपाएपछि दबाबमा परेको नेकपा माओवादी केन्द्र नेतृत्वमा रहेको बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल सकसमा पर्दै आउनुभएको थियो।