जलकुम्भीले सुक्दै ताल
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका ताल तलैयामा यतिबेला जलकुम्भी फुलेर ढकमक्क छ । यही फुलेका जलकुम्भीका कारण यतिबेला यहाँ फोटो खिच्न र टिकटक बनाउन आउने आन्तरिक पर्यटकको भिड देखिन्छ ।
मुलुकमा सुशासनको यात्रा आरम्भ भएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासनको यात्रा आरम्भ भएको बताउनुभएको छ ।
मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य सुरु
मेलम्ची खानेपानी आयोजनाको मर्मत गर्न सुरु भएको छ । पानी वितरण रोकेर मेलम्चीको मर्मत गर्न लागिएको हो ।
पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र
धादिङको गजुरी गाउँपालिका –२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो ।
पुरुष क्रिकेटमा चितवनलाई स्वर्ण
दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८० अन्तर्गत भएको पुरुष क्रिकेट प्रतियोगितामा चितवनले स्वर्ण पदक जितेको छ।
'हुक्का : एन एब्सर्ड ड्रिम'लाई उत्कृष्ट प्रतिक्रिया
नेपाली चलचित्र 'हुक्का: एन एब्सर्ड ड्रिम' को काठमाडौंमा प्रेस सो सम्पन्न भएको छ । शुक्रबार बानेश्वरस्थित वन सिनेमाजमा चलचित्रको प्रिमियर गरिएको हो ।
कहिले गुड्छन् नागढुङ्गा सुरुङमार्गबाट गाडी
राजधानी काठमाडौं छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो ।
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने
अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रसाेधन केन्द्र लैजान नरोकिने भएको छ ।
समाजले रुचाएको ज्योतिषीय ज्ञानलाई व्यापक बनाउनुपर्ने
नेपाल संस्कृत विश्वविद्यालयअन्तगर्ततको वाल्मीकि विद्यापीठमा ज्योतिष शिक्षणमा प्रविधिको प्रयोग विषयक दुई दिने कार्यशाला गोष्ठी बिहीबार ११ गतेदेखि सुरु भएको छ ।
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
काठमाडौँ महानगरपालिकाले संस्थागत (कर्पोरेट) बहाल कर उठाउन कडाइ गर्ने भएको छ । विगतमा सङ्घीय सरकारअन्तर्गतको आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको सो कर अहिले महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने भन्दै कडाइका साथ उठाउने बताएको छ ।
बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो
काठमाडौँ उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो ।
अध्यक्ष नेपाल न्यूजील्याण्ड जानुहुने
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजील्याण्ड जानुहुने भएको छ ।
नागार्जुन नगरपालिकाले १५ ट्रक अव्यवस्थित तार हटायो
नागार्जुन नगरपालिका -१ नम्बर वडाको सम्पूर्ण वस्तिहरूमा रहेका अव्यवस्थित केबुल र विद्युतीय तारको व्यवस्थापन कार्य सम्पन्न भएको छ ।
हल्का वर्षाको सम्भावना
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसले अहिले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
सिन्धुली अस्पतालको सेवा अवरुद्ध
सुत्केरी गराउन ल्याइएकी गर्भवती महिलाको मृत्यु भएपछि भएको प्रदर्शनी र तोडफोडका कारण दुई दिनदेखि सिन्धुली अस्पतालले सेवा दिन सकेको छैन। कमलामाई नगरपालिका–५, सिलामेकी गङ्गामाया श्रेष्ठ गुरुङको मङ्गलबार मृत्यु भएसँगै आव्रmोशित भिडले अस्पताल तोडफोड गरेको भन्दै कार्यरत चिकित्सक काममा नफर्किएपछि यो समस्या आएको हो।
जुरे पहिरोपीडितलाई रकम वितरण
विसं २०७१ साउन १७ को भीषण पहिरोबाट प्रभावित बाह्रबिसे नगरपालिका–९, राम्चेका जुरे पहिरो प्रभावितलाई दाताबाट प्राप्त सहयोग रकम वितरण गरिएको छ। पहिरो गएको नौ वर्षपछि बिहीबार बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले राम्चेका पहिरो प्रभावित ७० परिवारलाई सहयोग रकमबापतको चेक हस्तान्तरण गर्नुभएको हो।
सहज हुँदै रोग पहिचान
अत्याधुनिक उपकरण प्रयोग गरी बिरामीको परीक्षण हुन थालेसँगै रोगको सही पहिचान हुन थालेको छ। उपकरण अभावमा अनुमानका भरमा उपचार गराउन बाध्य भएका चिकित्सक अहिले भित्रिएका अत्याधुनिक उपकरणको प्रयोगबाट उपचार सेवामा सहज भएको बताउँछन्।
नारायणगढ–मुग्लिन सडक : बनिसकेका पुल सञ्चालनमा ल्याइने
नारायणगढ–मुग्लिन सडकमा निर्माण सम्पन्न भएका पुलहरू व्रmमशः सञ्चालन गर्दै लगिने भएको छ। सङ्घीय राजधानी काठमाडौँ छिर्ने मुख्य नाका मानिने सडकको यातायात सेवा वर्षामा पनि सहज बनाउन निर्माण सम्पन्न भएका पुललाई परीक्षणका रूपमा सञ्चालनमा ल्याउन लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बनिसकेका पुल जेठको अन्तिमदेखि नै सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। “हस्तान्तरण हुन बाँकी भए पनि निर्माण सम्पन्न भएका पुल विस्तारै सञ्चालन गर्दै लगिने नीति बनाएका छौँ,” प्रमुख कार्कीले भन्नुभयो।
भोटो जात्राले चिडियाखानामा एकै दिन १२ हजार अवलोकनकर्ता
रातो मछिन्द्रनाथको भोटो देखाउने दिन आज मात्रै ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा १२ हजार अवलोकनकर्ता आएका छन्।
राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा आज (बिहीबार) अपराह्नमा आयोजित भोटोजात्रामा सरिक भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ ।
सगरमाथा आरोही कामीरितालाई विमानस्थलमा स्वागत
सगरमाथा आरोही कामीरिता शेर्पा आज काठमाडौँ आइपुग्नुभएको छ । सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गर्नुभएका शेर्पाको यो २८औँ पटक सगरमाथाको सफल आरोहण हो।
नारायणगढ–बुटवल सडकको प्रगति ३५ प्रतिशत
विस्तारको काम सुरु भएको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकको पूर्वी खण्डमा ३५ प्रतिशत काम सकिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने पूर्वी खण्डमा प्रतिमहिना तीन प्रतिशतभन्दा बढी प्रगति आउने गरी काम भइरहेको हो ।
तातोपानी नाकामा व्यवसायीका दुःख : दुर्घटनाको जोखिम मोलेरै सामान ढुवानी
नेपाल र चीनबीचको व्यापारिक नाका तातोपानी सञ्चालनमा आएपनि सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढाएको छ ।