आज सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ ।
गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको छ: मन्त्री शर्मा
गणतन्त्रका कारण जनताको सर्वोच्चता प्राप्त भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताउनुभयो । गणतन्त्र दिवस, २०८० को अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले प्राप्त अधिकारको संरक्षण गर्न गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको र अधिकार जनतासम्म पुर्याउँदै राज्यलाई समुन्नत बनाउन सबैको सहकार्य जरुरी भएको बताउनुभएको हो ।
परिवर्तन प्रतिको तीव्र आकांक्षाको यथोचित सम्बोधन गर्नुपर्छ– अध्यक्ष तिमिल्सिना
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको परिवर्तन प्रतिको तीव्र आकाक्षाकाे यथोचित सम्बोधन गर्न आग्रह गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट गणतन्त्र शुभकामना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उपराष्ट्रपति यादवबाट गणतन्त्र दिवस शुभकामना सन्देश
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवनको आहुति दिने अमर सहिदहरूप्रति हार्दिक भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ ।
लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भवः प्रधानमन्त्री दाहाल
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताउनुभएको छ ।
गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताउनुभएको छ ।
ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गनुपर्छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार र आम नागरिकलाई अपिल गर्दछुः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गर्नुभएको छ ।
नेपाली चलचित्रले जगाएको आशा
नेपाली चलचित्रको बजार बढिरहेको छ । नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले यसलाई उद्योगको रूपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ ।
अबको यात्रा सुशासन केन्द्रित हुनुपर्छ : प्रदेश प्रमुख शर्मा
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले अबको हाम्रो यात्रा प्रादेशिक संरचनाहरूको सुदृढीकरणमार्फत सुशासनतर्फ केन्द्रित हुन आवश्यक भएको बताउनुभएको हो ।
मृत्युभएका व्यक्तिको २४ घण्टापछि पहिचान
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका –९ रजैयास्थित सडकखण्डमा बसमा सवार एक व्यक्तिले झ्यालबाट हात बाहिर निकालेको अवस्थामा मिनी ट्रकले हात चुँडाएपछि मृत्युभएको छ । उहाँको २४ घण्टापछि आइतबार पहिचान खुलेको छ ।
अन्तर्राष्ट्रिय महिला भलिबलमा नेपाल तेस्रो
नेपालले उज्बेकिस्तानलाई पराजित गर्दै एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।
२१ नेपालीलाई विद्यावारिधि गराउने कोरियाली प्राध्यापक सम्मानित
परराष्ट्र मन्त्री एनपी साउदले दक्षिण कोरियाको जनबुक नेसनल युनिर्भसिटीका प्राध्यापक ह्याक योङ किमलाई सम्मानित गर्नुभएको छ ।
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै
बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
निर्देशक घिसिङले गर्नुभयो थानाभर्याङ सब-स्टेसनको अनुगमन
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित थानाभर्याङमा निर्माणाधीन सब-स्टेसनको अनुगमन भ्रमण गर्नुभएको छ ।
बागमती प्रदेश खेलकुदमा काठमाडौं टिम च्याम्पियन
काठमाडौं दोस्रो बागमती प्रदेश खेलकुदमा शनिबार टिम च्याम्पियन बनेको छ । पहिलो संस्करणमा भने काठमाडौं दोस्रो भएको थियो ।
मन्त्रिपरिषद् बैठक सुरु
मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो ।
लगानी बोर्डको बैठक सुरु
लगानी बोर्डको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा सुरु भएको छ । सिंहदरबारमा सुरु भएको बैठकले बजेट तथा अन्य लगानीसँग सम्बन्धित विषयमा निर्णय गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
माछा आयात न्यूनीकरण गर्न माग
मत्स्यपालन व्यवसायीले दानाको मूल्य घटाउनका लागि नीतिगत सुधार गर्नुपर्ने माग गरेका छन् । मत्स्यपालन क्षेत्रको उत्पादकत्व वृद्धि गर्नका लागि किसानलाई यान्त्रिकीकरणमार्फत दाना उपयोग गर्नका लागि सचेतनामूलक कार्यक्रमका साथै दानाको मूल्य घटाउनका लागि नीतिगत सुधार गर्नुपर्ने बताइएको छ ।
माउन्टेन बाइकिङ रिले दौड (सिजन एक) सञ्चालन
दोलखाको भीमेश्वर नगरपालिकाको सहकार्यमा यती ओरिजिन्स काठमाडौँले फ्रिडम प्रोजेक्टमार्फत माउन्टेन बाइकिङ रिले दौड ( सिजन एक ) सञ्चालन गर्न लागेको छ ।
विपत् न्यूनीकरणका लागि पूर्वतयारी सुरु
प्राकृतिक विपत्को ‘हटस्पट’ का रूपमा रहेको सिन्धुपाल्चोक जिल्लामा मनसुन सुरु हुनुपूर्व विपत् न्यूनीकरण र विपत् प्रतिकार्यका काम थालिएका छन्। जिल्ला र स्थानीय विपत् व्यवस्थापन समितिले विपत् न्यूनीकरण र प्रतिकार्यका लागि नीति योजना निर्माण गर्दै व्यवस्थापन र उद्धारको पूर्वाभ्यास, जोखिमयुक्त स्थानको भौगर्भिक अध्ययन, विपत् पूर्वसूचना प्रणाली, समुदाय स्तरमा खोज तथा उद्धार, प्राथमिक उपचारलगायतका पूर्वतयारीका काम भएको जिल्ला विपत् व्यवस्थापन समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रमेश न्यौपानेले जानकारी दिनुभयो।
भगवती मन्दिर परिसरलाई प्रदूषण मुक्त बनाइँदै
बागमती प्रदेश सरकारको सहयोगमा डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले बनेपा नगरपालिका–५ को चण्डेश्वरी र पाँचखाल–९ को पलाञ्चोक भगवती मन्दिर परिसरलाई प्रदूषण मुक्त क्षेत्र घोषणा गर्ने गरी काम सुरु गरेको छ। डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत न्हुच्छे श्रेष्ठले प्रदेश सरकारको धार्मिक/ऐतिहासिक/पर्यटकीय/पुरातात्त्विक महत्वका स्थानलाई प्रदूषण मुक्त बनाउने वार्षिक कार्यक्रम अन्तर्गत मन्दिर परिसरलाई प्रदूषण मुक्त क्षेत्र घोषणा गर्ने काम सुरु गरिएको बताउनुभयो।
भक्तपुर र मकवानपुरलाई रग्बी उपाधि
भक्तपुर र मकवानपुरले दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि शनिबार जितेका छन् । भक्तपुर पुरुष तथा मकवानपुर महिलामा च्याम्पियन बनेका हुन् ।