• १४ वैशाख २०८१, शुक्रबार

सहज हुँदै रोग पहिचान

blog

वसन्त पराजुली

भरतपुर, जेठ १२ गते । अत्याधुनिक उपकरण प्रयोग गरी बिरामीको परीक्षण हुन थालेसँगै रोगको सही पहिचान हुन थालेको छ। उपकरण अभावमा अनुमानका भरमा उपचार गराउन बाध्य भएका चिकित्सक अहिले भित्रिएका अत्याधुनिक उपकरणको प्रयोगबाट उपचार सेवामा सहज भएको बताउँछन्। 

पैँतिस वर्षदेखि भरतपुरमा स्वास्थ्य सेवामा संलग्न फिजिसियन डा शशिजङ्ग पाण्डेले आफूहरूले पहिला अनुमानका भरमा उपचार गर्दा गलत हुने गरेको बताउनुभयो। 

“आलस्य बढी भएको बिरामी आयो भने हामी सहजै ‘एनोजाइटिस’ (तनावको रोग) भनेर उपचार गथ्र्यौं। अहिले चार पाँच वर्षयता प्रविधिको विकाससँगै यस्ता प्रकृतिका बिरामीको परीक्षण गर्दा थाइराइड रहेछ भन्ने पत्ता लाग्न थाल्यो,” भरतपुर अस्पतालमा लामो समय कार्यरत रही हाल निवृत्त डा पाण्डेले भन्नुभयो। देशमा केही वर्षयता भित्रिएका सिटी स्क्यान, एमआरआई जस्ता उपकरणले नसा तथा हाडका रोग तथा क्यान्सर रोग पहिचानमा सहयोग पुगेको उहाँले बताउनुभयो।

क्यान्सरका लागि अत्याधुनिक मेसिन पेट स्क्यान पनि नेपालमा भित्रिसकेको छ। पेट स्क्यान सेवा अहिले बिर्तामोड र काठमाडौँमा मात्रै उपलब्ध छ। सिटी स्क्यान, एमआरआई जस्ता उपकरण देशैभरिका प्रमुख अस्पतालमा छन्। शरीरमा आउने विभिन्न खाले ट्युमर क्यान्सर हो वा हैन भन्ने पहिचान गर्ने बायोप्सी सेवा पनि देशैभरिका अस्पतालले दिँदै आएका छन्। साथै अस्पतालले बिरामीको रोग पहिचानका लागि ल्याब, एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यान जस्ता उपकरण प्रयोगमा ल्याएका छन्।

फिजिसियन डा पाण्डेले आफ्नो दोस्रो अनुभव पनि यसरी सुनाउनुभयो, “चितवन ज्वरोका लागि उद्गम थलो हो। यहाँ मलेरिया उन्मूलन गरेरै बस्ती बसाइएको हो। पहिला ज्वरो आउँदा सामान्य रूपमा हेरिन्थ्यो, अहिले प्रविधिको विकाससँगै ज्वरो भनेको मलेरिया मात्रै नभई टाइफाइड, स्व्रmबटाइपस, डेङ्गु, भाइरल फ्लुलगायतका  कारणले पनि हुन्छ भन्ने ज्ञान हुँदै गयो।” 

डेङ्गु नेपालमै पहिलो पटक चितवनमै पहिचान भएको रोग हो। शरीरभित्र क्यान्सर, क्षयरोगलगायतको सङ्व्रmमणका कारण पनि ज्वरो आउने गर्छ। ज्वरो जस्तै अन्य रोगको पहिचान परीक्षणबाटै गर्न सकिन्छ र यसका लागि अत्याधुनिक उपकरण आवश्यक हुन्छ। भरतपुर अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा केशव पौडेल समयसापेक्ष उपचारका लागि अस्पतालले एमआरआई मेसिन खरिद प्रव्रिmया सुरु गरेको  बताउनुभयो। 

“बिरामीको बढ्दो चापलाई दृष्टिगत गरी अस्पतालले ३० करोड रुपियाँको लागतमा एमआरआईको थ्री टोस्ला मेसिन खरिद प्रव्रिmया सुरु गरिसकेको छ। अन्य ठुल्ठुला अस्पताल तथा मेडिकल कलेजसँग प्रतिस्पर्धा गर्न पनि सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पतालले अत्याधुनिक सेवा दिनुपर्ने आवश्यकता महसुस भयो,” उहाँले भन्नुभयो। सिटी स्क्यान, एमआरआईलगायतका सेवा सञ्चालन गरिरहेको भरतपुरको मेट्रो इमेजिङ सेन्टरका रेडियोलोजिस्ट डा सुभाष बस्नेतले चिकित्सकमा  विषयविज्ञता बढ्दै जाँदा यसले रोग पहिचानमा सहजतासँगै नयाँ नयाँ प्रविधि भित्रिने व्रmम बढ्दै गएको बताउनुभयो। 

“२०६५/६६ सालतिर काठमाडौँमा मात्रै एक दुई ठाउँमा सिटी स्क्यान र एमआरआई सेवा भेटिन्थ्यो, अहिले देशैभरका अस्पतालले यो सेवा सहजै दिइरहेका पाइन्छ,” डा. बस्नेतले भन्नुभयो, “अहिले नयाँ नयाँ प्रविधिमा  भित्रिरहेका छन्। यसले रोग पहिचानमा सहज भएको छ।”

आधुनिक उपकरणको नकारात्मक प्रभाव

उपचार सेवामा प्रभावकारी बनाउन प्रयोग गरिने स्वास्थ्य उपकरणले कहीँ कतै नकारात्मक प्रभाव पार्ने गरेको पनि पाइन्छ। यसको बढी प्रयोगले पनि मानिसको स्वास्थ्यमा गम्भीर प्रभाव पर्ने गरेको देखिन्छ। स्वास्थ्य संस्थाले सेवाका नाममा अनावश्यक रूपमा एमआरआई, सिटी स्क्यानलगायतका उपकरण प्रयोगमा ल्याउँदा बिरामीलाई आर्थिक व्ययभारसमेत थपिने गरेको छ। 

“एक्सरे, सिटी स्क्यान, एमआरआईलगायतका उपकरण प्रयोगमा असावधानी अपनाइए त्यसले बिरामीको स्वास्थ्यमा थप गम्भीर प्रभाव पार्छ,” डा पाण्डेले भन्नुभयो। स्वास्थ्य उपकरण राख्दा र प्रयोग गर्दा दक्ष जनशक्तिबाट हुनुपर्ने भरतपुर अस्पतालका रेडियोलोजी विभागका प्रमुख पौडेलको सुझाव छ। “सामान्य नकारात्मक प्रभाव त हुन्छ नै तर उपचार सेवामा यस्ता अत्याधुनिक उपकरणले नकारात्मकभन्दा सकारात्मक प्रभाव बढी नै पार्छ,” उहाँले भन्नुभयो। 

बागमतीमा दुई हजार आठ सय स्वास्थ्य संस्था 

बागमती प्रदेशमा करिब दुई हजार आठ सय अस्पताल तथा स्वास्थ्य संस्था छन्। यी स्वास्थ्य संस्थामा बिरामीको रोग पहिचानका लागि प्रयोगशाला तथा उपकरण रहेका छन्। 

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले प्रदेशभित्र रहेका १७२ अस्पताल, ४० विशेषज्ञ अस्पताल, १४ वटा शिक्षण अस्पताल, ११४ डाइग्नोसिस सेन्टर र ७१ स्वास्थ्य केन्द्र, १७२ प्राथमिक स्वास्थ्य केन्द्र, ६४३ हेल्थपोस्टलगायतले स्वास्थ सेवा दिँदै आएका र यिनमा कुनै न कुनै रूपमा सानाठूला उपकरणमार्फत स्वास्थ्य जाँच भइरहेको जानकारी दिनुभयो।  

चापागाईंले भन्नुभयो, “स्वास्थ्य संस्थाहरूले अत्याधुनिक उपकरणले स्वास्थ्य जाँच गरिरहेका छन् र बिरामीको रोग समयमा पहिचान भई निदानसमेत हुँदै आएको छ।”