• ११ मंसिर २०८१, मङ्गलबार

गायक आयुषको 'माया पनि बसेकै थियो' (भिडियो)

blog

काठमाडौं, जेठ ७ गते । गायक आयुष मगरले आफ्नो डेब्यु गीत ’माया पनि बसेकै थियो’ सार्वजनिक गर्नुभएको छ । गीतमा आयुषकै स्वर, शब्द र सङ्गीत छ ।  

गीतलाई उदय राज पौडेलले सङ्गीत संयोजन गर्नुभएको हो भने युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स विश्वकर्मा र प्रशम्षा रायमाझीलाई देख्न सकिन्छ ।

शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाङ्कन गर्नुभएको यस भिडियोमा विजेश पौडेल बिजेश र राजनको सम्पादन छ। भिडियो गायक मगरको युट्युब च्यानल ’आयुष मगर’मार्फत सार्वजनिक गरिएको हो ।